हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नागदेवी

शिव प्रकाश, (बोस्टन, अमेरिका)



“हो, मान्छेको सबैभन्दा ठूलो साथी पनि मान्छे नै हुदोरहेछ र सबैभन्दा ठूलो शत्रु पनि मान्छे नै !” अहिले मान्छेमान्छेबीच त्यही भइरहेछ ।
उसले छोटो समयामा धेरै पात्रहरु बनाई ज्ञात-अज्ञात ! अज्ञात पात्रहरु उसकलाई मात्र थाह छ ज्ञातपात्रहरुमा रुद्रराज, जावेद खान, मक्करध्वज, भमरलाल, माकुरमाणि, मुनिर मियाँ आदि । जति छिटो उसले ति पात्रहरु कमाई त्यति नै छिटो धेरैलाई गुमाई पनि !
मक्करध्वजसँग सबैभन्दा ठूलो दुष्मनी छ । जतिचाँडो उनीहरु नजिकिए त्योभन्दा चाँडो टाढा पनि । न मक्करध्वजले उसालाई देखेको थियो न उसले मक्करध्वजलाई ! देखेपछि- भेटेपछि न मक्करध्वजले सोचे जस्तो उ थिइ न उसले सोचे जस्तो मक्करध्वर ! केही दिनको सहबास पछि दुबैको उठिबास भयो । एकले अर्कालाई फूटेको आँखाले देख्न नसक्ने भए । मान्छेको शत्रु मान्छे नै भयो ।
मान्छेले मान्छेसँग नै आफूलाई सबैभन्दा सुरक्षित पनि ठान्छ र सबैभन्दा असुरक्षित पनि ! र, मान्छे मान्छेसँग नै सबैभन्दा निर्भय पनि हुन्छ र भयभीत पनि ! अहिले उनीहरुबीच त्यही हुन थाल्यो, उनीहरु आफूआफूबीच भयभीत र असूरक्षित हून थाले ।
मक्करध्वजले भन्थ्यो – ‘यसले हरेक लोग्ने मान्छेलाई मोहनी लाएर डस्छे यो कालीनाग हो ! लोग्नेमान्छे देख्नै हुदैन ।‘
उ भन्थी – ‘मैले यसलाई जे जस्तो सोचेको थिएँ यसमा त्यो पाइँन । यो मान्छे होइन !’
शब्दजालले जेलिएको उसको उत्तरभित्र आत्मियताको भन्दा पनि आत्मपरागको दूर्गन्ध वढी आउथ्यो । त्यहाँ मान्छे-मान्छेबीचको सम्वन्धभन्दा पनि नारी-पुरुषको सम्वन्धको हरक बढी चलेको आभाष हुन्थ्यो । मक्करध्वजले उसलाई गुपचुप ल्याउनुले पनि त्यसलाई पुष्टि गरिरेको थियो । आखिर त्यो छताछुल्ल भएर पोखिन थाल्यो र फैलिन थाल्यो रछानको दूर्गन्घ जस्तै ।
एक अपरिचित पुरुष मक्करध्वज र उ एउटी अन्जान नारी ! उ आउन तयार भइ र सँगै बस्न दुबै तयार भए ! यद्यपि उसले आफूलाई एक चर्चित र प्रतिष्ठित पुरुषकी श्रीमती बताउथी । उसको आफ्नो परिचयको उठान श्रीमान्को नाउँबाट हुन्थ्यो र विस्तारै श्रीमान्प्रति घृणा ओकल्न थाल्थी । अनि साहानुभूति बटुल्थी ति पात्रहरुको । नाटक मञ्चनको पहिलो भाग यहीबाट शुरु हुन्थ्यो । मक्करध्वजदेखि शुरु भएको यो कथा मुनिरसम्म आइपुगेको छ, टुंगिएको छैन ।
मक्करध्वज पलायन हुने भयो । उसले जावेदको साहार लिई । जावेद साहु हो । साहु, बाउ र राहु एकै हुन्- यीसँग सबै डराउँछन् । तर उ डराउँदिन । सपेराका वशमा नाग हैन नागका वशमा सपेराहरु छन् । जावेद पनि एउटा सपेरा हो - नागीनको इसारामा नाचिरहेछ ! जावेद हरेक दुइ दिनमा त्यहाँ पुगेको हुन्थ्यो । जसरी अहिले भमरलाल स्वास्नीका आँखामा छारो हल्दै सारा कामधन्दा छोडेर धाइरहेछ । उता मुनिर मियाँले आफ्नै ठानेर बसेको छ ! बुढो भमरलाल खुशी छ, भन्छ - प्रेमको अर्थ अहिले भरखर बुझेको छु । साठी वर्षको भमरलालले अहिले आएर आफ्नी श्रीमतीमा रछान र कालीमामा कानन बगैंचा देख्न थालेको छ । उसले आफूलाई इन्द्र र कालिमालाई उर्वशी देख्न थालेको छ ! अहिले संसामा उभन्दा सुन्दरी, जाती र असल मान्छे उसका लागि कोही छैन । पछिल्लो पात्र मुनिरका वारेमा उ अनभिज्ञ छ । जावेद पनि पन्छिइसेकेको छ । मक्करध्वज आफैं पन्छिएकोमा अझ खूशी छ उ ! भमरलालले पनि कालिमा र माकुरमणि बाहेक अरुको बनौट नै दोषि देख्छ- भमरलाल अघि जावेदले जस्तै ! विशुद्ध नीरकल्मष देख्छ कालीमालाई सधैं ! माकुरमणिले अरुलाई जस्तै भमरलाई पनि झूठको लेपनले पोतेर फूरफूर बनाइदिएको छ ।
खेल सुरु जावेद र मक्करध्वजबाट हुन्छ । बीचमा कागजस्तो माकुरमणि छ, कठियाजस्तो छ मक्करध्वज ! पराजित हतास र निरुपाय मक्करध्वज आफूले खनेको खाल्डोमा आफैं जाकिएको महशूस गर्छ । पलायन भन्दा उसँग अरु कुनै उपाय बाँकी छैन ।
जावेद र उ अर्थात कालिमा ! उनीहरु कहिले किनमेलमा, कहिले घुमफीरमा, कहिले डिनरमा ! कहिले कता, कहिले कता ! तर हरेक दिन उनीहरु बाहिर कतै जानु अघि कोठामा जान्छन् ! कालिमाको यो लिला-खेला निरिह कठियाकाँटे मक्करध्वज हेरिहन्छ । जावेदले किनिदिएको कोटको चर्चा शहरभरी छ ।
मक्करध्वज मुर्मुरिन्छ आफ्नै टाउकाँ’ धारे हाल बजार्छ – ‘यसलाई नल्याएको भए यो देख्नु पर्ने थिएन, के दिनमा ल्याएँछु !’ मक्कर ध्वजले सोच्छ - यो कामविषमा लठ्ठिएकी कालीनागसामू बस्नु भन्दा पलायन हुनु नै ठीक हुन्छ । उसले आफ्नो धरातल गुमाइसकेको छ । मक्करध्वजको पलायनले अब अझ स्वतन्त्र भए उनीहरु । स्वतन्त्रतामाथि स्वतन्त्रता थपियो । चरित चर्चा चल्न थाल्यो उनीहरुको चारैतिर ।
जावेद खान भन्दा अघिल्लो पात्र रुद्रराज हो । र यो कथाको मुख्य पात्र पनि रुद्रराज नै हो । रुद्रराज पनि अहिले कालिमाको आँखाको तारो बनेको छ । उसले भन्नु-नभन्नु कुरा काटी, रुद्रराजको खोइरो खनी माकुरमणिसँग ! तासको जोकरजस्तो माकुरमणि यो दुनियाँको अद्भूत् पात्र हो । मुख खोल्नु अघि नै झूठो बोल्न सुरु गर्ने कालिमा र मुख खोल्दादेखि नै झूठो बोल्न शुरु गर्ने माकुरमणि अनवरत झूठैझूठमा बाँचेका सृष्टिका दूइखुट्टे नवप्राणी हुन् ! दुबैले झूठको खेतीमा एकअर्कालाई साथ दिएका छन् ।
‘छुचुन्द्राको जस्तो अनुहार, कागको जस्तो व्यवहार, लाटोकोसेराका जस्ता आँखा ; मलाई त त्यो मान्छे र्हेर्दै डरलाग्छ, छेउमा आँउदै डराउँछु - उसले रुद्रराजसँग भनेकी थिइ । सर्पले सर्पको खुट्टा देख्छ । उसले मकुरमणिलाई सात दिन मै चिनिसकेकी थिइ रुद्रराजले सात वर्ष भयो चिन्न सकेको थिएन ।
चोरसँग चोरको, साधुसँग साधुको सँगत - अब माकुरमणिसँग उसको राम्रो सँगत शुरु भयो । साराका कुरा काट्ने, खोइरो खन्ने, दिन बिताउने- बिहान उठेदेखि बेलुकी सुतुन्जेल दैनिकी नै त्यही भो । अति घनिष्ठ भए एकअर्काका ! एकले अर्काको महिमागान गाउन शुरु भयो ।
मक्करध्वजसँगको विकर्षणसँगै रुद्रराजप्रति आकर्षणको जाल फिजाउन थालेकी थिइ । रुद्रराजको फोन पत्ता लगाइ । दिनमा दशौंपटक रुद्रराजलाई उसको फोन आउन थाल्यो । परदेशको ठाउँ- अन्ततः शिष्टाचारका लागि भए पनि रुद्रराज “रेस्पोन्स” गर्न वाध्य भयो । रात, बिहान, दिन कुनै यस्तो समय थिएन उसको फोन नआएको होस् । दोहोरा कुराकानी र वार्तालापहरु हुन थाले । “रातको निद्रा न दिनको भोक” उ लगातार-लगतार फोन गरिरहन्थी र अनके निहूँ, बहना र उपायले रुद्रराजलाई बोलाउन चाहन्थी । ईश्वरकोभन्दा बढी प्रशंषा रुद्रराजको गर्न थाली । आखिर प्रंशाषाको भोको को छैन ? अनि प्रशंषाबाट खुशी नहुने मान्छे नै को छ र ? अझ लोग्नेमान्छे न हो- स्त्रीका सामू बलेको मैन जस्तो भै नै हाल्छ ! अन्ततः उ सफल भइ - रुद्रराज उसले भनेको समय र स्थानमा पुग्यो जहाँ उ काम गरिरहेकी थिइ ।
कुरै कुरामा रुद्रराजले एकदिन भनेको थियो – ‘मेरो कलेस्ट्रोल “हाई” छ । “हाई” कलेस्टोलको सबैभन्दा राम्रो दबाइ “सेक्स”हो ।‘ - उसले ठाडै भनेकी थिइ ।
उसले उसँग पनि त्यही गरी- सायद अरुसँग जस्तै ! बहाना बनाएर रुद्रराजलाई पनि कोठामा लगि- केही सामान लिनु छ भनेर ! उसले ढोकाको चुक्कुल लगाई झ्यालको पर्दा खसाई ।
एकैछिनमा उसका कालाकाला गाला नीला भए बिष भरिए जस्ता । आँखाबाट धुवाँ निस्के जस्तो भएको थियो । श्वासप्रश्वास बढेको थियो । अलि भित्र गाडिएका आँखा ओरिपरीको चाउरीसकेको कालो छाला पनि सबै नीलमय हुदै थियो । उसको सम्पूर्ण अनुहारमा बिष चढको जस्तो भै सकेको थियो । अधवैशे वैंशमा पनि वैंशको जस्तो अन्धवेगात्मक रागोन्मत विष शरीरमा चढिरहेको थियो । बिषले शतचूर्ण नागले फणा फूलाएर अन्धाधुन्ध डस्न खोजे जस्तो झम्टिन खोजिरहेके थिई कालीनागले जस्तो- रुद्रराजमाथि उ ! रुद्रराजले पनि वैंशको विषले मदमत्त लठ्एिको कालीनागको रुप देख्यो कालिमामा ! कुनै प्राणहिन वस्तुका बोक्रा उधारे जस्तो अब उ उधार्नथाली प्राणमय आफ्नै शरीरका पत्रैपत्र परिधानहरु - आँखा चिम्लेर !
एकतमासले हेरिहेको छ रुद्रराज - त्यो अधवैशे वैशका उराठलाग्दा पटाक्षेपहरु शालिक जस्तो उभिएर फन्फानाएकी नागदेवी सामुन्ने । खरानी घसेजस्तो कालो फुस्रो शरीरकका चाम्रीसकेका अवयवहरु ! उ आइमाईको आदिम रुपमा अवतरित हुन लागि ! सपेराले नागलाई नचाउन बिन बजाउँदै विभिन्न मुद्रामा गर्ने विभिन्न अभिनयको प्रयोग उ रुद्रराजमाथि गर्न थालि । उसका हात मुख शरीर र लत्रिएका सिङ्-जुरा सबै रुद्रराज माथि खनिए ।
‘तिमीलाई मैले भेटेको दूइ मिनेट पनि भएको छैन त्यो पनि जीवनको पहिलो भेट ! तिमी अर्को दूइ मिनेटभित्रमा के सुरुवात र के समाप्त गर्न चाहिरहेकी छौ ?’ अलमल्ल रुद्रराजले अकस्मात अप्रत्यशित प्रतिरोधपूर्ण भाषा बोल्यो ! तिमी भन्थ्यौ – ‘मलाई सन्चो भएन एकछिन जसरी पनि आउनु । म आँए तर तिम्रो बिमारको उपचार सायद गर्न सक्दिन न तिमीमा चढेको यो विषको वेग नै उतार्न सक्छु - अरु कुनै डाक्टर वा धामी खोज ।‘
‘तपाइँ त पुरुष हो नि !’ उ सोच्दथी उसले भनेका हरेक कुरा हरेक मान्छेले पत्याउँछन् । उसका हरेक कृयाकलापलाई हरेक मान्छेले स्वीकार्छन । तर रुद्रराज……!
‘हो म पुरुष हो र पुरुष हुनुको अर्थ तिमीले चाहेको सबै गर्नु पनि त हैन नि । साँढे पनि पशु जातिको पुरुष हो तर म साँढे हैन, मान्छे हो । मान्छे र पशुमा फरक छ । त्यो फरक तिमीले पनि देखाउन सक्नु पर्छ । तिमीभित्र सहासा उठेको एउटा जैविक साहस मात्र हो- यो ! त्यसको सहज प्रयोगका लागि एक पुरुषलाई पशु बनाउन खोजिरेहकी छौ !’
‘तपाइँले मेरो प्रेम अझै बुझ्नु भएन !’
‘मेरो बुझाइमा प्रेम भनेको जैविक सम्वन्ध हैन । प्रेम भनेको कोठाभित्र शरीर नाङ्ग्याएर खेलिने खेल हैन । प्रेम भनेको शरीरवाट उत्पन्न रागात्मक उष्ण भाव हैन, मनको गहिराइबाट पल्लवित हुने मानसिक आभास हो । परिपक्वतामा परिणत भएपछि पाक्ने एउटा मीठो फलको चिचिलो जस्तै हो- प्रेम ! मष्तिष्कले गर्ने खेती हो शरीरले शरीर फाड्ने खेल होइन- प्रेम ! तिमीभित्र मडारिएको वासनाको भेल बगाउने नाली हैन- प्रेम ! प्रेम, प्रेम हो- प्रेमको बास मनामा हुन्छ, शरीरिक बासनामा हैन । शरीरिक रागभित्रबाट उत्पन्न हुने राप हैन दूई मनलाई डोर् याउने एउटा “राह” हो- प्रेम ! ’हरेक कुराको सीमा र समय हुन्छ । अनि हरेक कुराहरु सीमाभित्र आवद्ध र समय अनुरुप परिपक्क हुनु पर्छ । तिम्रो प्रेमले शरीरको लेनदेनको संकेत मात्र गरेको छ ।‘
‘भेट्नासाथ हठात तिम्रो शरीरले मेरो शरीर तौलन थाल्यो भने यी शरीरले अरु धेरै शरीहरु तौलन सक्छन् । म तिमीसँग शरीरको लेनदेन गर्न तयार हुन सक्दिन । प्रेमको मूल्य यो होइन, वासनाको शतरंजमा जीउँदो मासूको मोलमोलाई मात्र हो । जीवनलाई खेला बनाएर शरीरलाई खालको दाउमा राख्यो भने सयौ जुवाडेहरु खेलप्रेमी बनेर आउन सक्छन् । ति सबलाई तिमी प्रेमको परिभाषाभित्र आवद्ध गर्न चाहिरेकी छौं ! रछानमा भाँडा मस्काए जस्तो ओछ्यानमा रुक्ष शरीर मस्काएर प्रेमलाई परिभाषित गर्न सकिदैंन ।‘
उ ढोका खोलेर बाहिर निस्कियो । सोच्यो – ‘नारी के हो ?’
जीवनमा पहिलोपटक भेटेकी र भेट्नासाथ मदोन्मत नागदेवीको अवतारमा अवरतिर नारीको त्यो भयावह रुप देख्न वाध्य रुद्रराजले फेरी सोच्यो – ‘आखिर नारी के हो ?’
उत्तर पायो - नारी देवी हो ! नारी माता हो ! नारी दिदी हो ! नारी बहिनी हो ! नारी छोरी हो ! नारी पत्नी हो ! नारी प्रेमिका हो ! नारी शब्द स्वयंमा “आदर्श र आदर” हो । तर वेश्या पनि नारी नै हो !
नारीको बारेमा सोच्दै उ जहाँबाट फर्किरहेको थियो जावेद खानको गाडी उतै हुँइकिरहेको थियो !

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |