हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

फरक आँखा र आँशुहरु

सन्तोष थपलिया, (न्युयोर्क)

 


केही आँखाहरु धीत मारेर रोए
 उनीहरुको बास र कपास खोसियो
 अर्काथरि केही आँखाहरु खुशीले बगे
 उनीहरुले कसैको बास र कपास खोसे
 तर तिनै आँशुहरु
 कसैको बेदना भएर तप्किए
 कसैको खुशी बनेर तप्किए
 बगाई उस्तै E0िए, तर पनि
 दुवै आँशुहरु,
 बेग्ला बेग्लै मुल्यमा खसे
 बेग्ला बेग्लै अनुरागमा बिलाए !!!
  
 आँखाहरु कोमल र सुन्दर हुन्छन
 तर कसैका आँशुहरु
 वर्षादको खहरे जस्तै
 यताउति काट्दै धमिलो बग्छन
 कसैका आँशुहरु
 अरुलाई दुख्दा बग्छन
 गोहीका आँशु र बुद्धका आँशु
 श िदका आँशु र जल्लादका आँशु
 नाममा दुवै आँशु भएपनि
 मुल्यमा फरक आँशुहरु हुन्
 दृष्टि फरक भएका आँखाहरु हुन् !!!
  
 आँखा तिनै हुन्, सपना भने फरक
 केही आँखाहरु अन्यायका सपना बुन्छन
 केही आँखाहरु न्यायका सपनाहरु देख्छन
 एउटा गोली बनेर कसैको छाति छेद्छ
 अर्क मलम बनेर घाउ सेक्छ
 देख्दा जति सुन्दर लागे पनि
 कुनै आँखा
 कपडाभित्रको नाङ्गो देख्छन
 कुनै आँखा
 नाङ्गामाथि कपडा सजाउछन !!!
  
 तिनै आँखाहरु फरक फरक
 तिनै आँशुहरु फरक फरक
 तर,
 विचार बोकेका आँखाहरु
 अन्धा भएपनि
 बिचार बेचेका आँखाहरु भन्दा
 उज्यालो बाच्=E 0न
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |