हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दशैं तिहार नेपालीहरुको पारस्पारिकता

दीर्घराज प्रसाई, (काठमाण्डौं)

 
 
२०६६ सालको दशैं नेपालीहरुको घर-आगनमा आउँदैछ । घटस्थापनादेखि नवरात्रसम्म गरिने नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । देवीपुराणमा-"रामले आश्विन शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयदशमीको साइतमा लंकामा रामणको बिरुद्ध युद्ध गर्न प्रस्तान गरेको" कुरा उल्लेखछ । पद्मपुराणमा उल्लेखछ- "चैत्रशुक्ल चतुर्दशीका दिन रामले रामणलाई मारेका थिए ।" रामले रामणलाई विजय दशमीमा मारेको भन्ने कुरा कुनै पनि पौराणिक ग्रन्थहरुमा भेटिदैन । अनादिकालदेखि शक्तिको प्रतीकको रुपमा ुदशैंुलाई नेपालका सम्पूर्ण जातिहरुले साझा चाडकोरुपमा मानीआएकाले दशैं नेपालीहरुको लागि सांस्कृतिक एकताको परिचायक बनेकोछ । दशै तिहार छडपर्व कार्तिक नाच चण्डिनाच बिवाह पाचमी शिवरात्री बुद्धपूर्णिया तीज स्वस्थानी ब्रत फागु पूर्णिमागुरु पूर्णिमा ऋषि पाचमी नागपाचमी कुसै औंसी कृष्ण अष्ठमी रामनवमी जनै पूर्णिमा गाईजात्रा इन्द्र जात्रा विभिन्न जातजातिले मनाउँदै आएका आदि चाडपर्वहरु ध्वस्त बनाउन कसैको नसोचे हुन्छ । राष्ट्रका सांस्कतिक मान्यताहरु तोडन खोजियो भने देशको पहिचान पनि समाप्त हुनजान्छ । युगौयुगदेखि प्रचलीत मान्यताहरु तोड्नु भनेको आतंकवादलाई निम्त्याउनु हो । हाम्रो धम्र संस्कति र परम्परामा कुनै त्यस्ता बिकृति छन् भने सबैको सल्लाहमा सुधारगर्न सकिन्छ तर भत्काउन होइन । 
 
अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्तहुन दुर्गा भवानीले आराधना गरी महिषासुर राक्षस मारेर खुसीयाली मनाएको दिनदेखि विजय दशमीलाई शुभदिनकोरुपमा मानिँदै आइएको छ । असत्य माथि सत्यको विजयको पतीकको रुपमा दशैंलाई सबैको साझ चाडकोरुपमा मानिन्छ । तर केही किस्चियन् प्रभावमा परेका जनजातिका अगुवाहरुले नेपालका आदिवासी जनजातिहरुलाई उचालेर अनेकौं काल्पनिक झुठा िकंवदन्तीका तर्कहरु अगाडि सारेर 'दशैं बहिस्कार गरौं यो जनजातिको मौलिक चाड होइन' भनेर भडकाउने काम गरेकाले र केही किस्चियन् परचक्रीहरु पनि दशैंको बिरोधमा मनोवैज्ञानिकरुपमा बितृष्णा ल्याउन लागिपरेकाले आदिवासी जनजातिहरु मध्येका कतिपय लिम्बु,राई,मगर,गुरुङ,तामाङ,थारु र अन्य कमजोर मनस्थिति भएका जनजातिहरु दशैं बहिस्काको चपेटामा परेकाछन् । नेपालमा भइरहेका यस्ता विखण्डनकारी कुरा र बिपत्तिहरु देखेर सिलाङका प्रो. गोपीनारायण प्रधानले लेखेका थिए -"माओवादीले आफ्नो विद्रोहलाई सफल पार्न जातीयराज्यको अवधारणारुपी बीउले विद्वेष बढाउनसक्ने डरलाग्दा संकेतहरु छन् । दशैं तिहारलाई हाम्रोचाड होइन भन्दै आफूहरुलाई पृथक जाति देखाउने होडबाजी शुरु भएकोछ । बृहत्तर नेपाली पहिचानलाई जातीय पहिचानतिर खुम्च्याउने प्रयास हुनथालेको छ । प्रवासका नेपालीहरु यस्ता कुरा सुन्दा झस्कन्छौं ।" नेपालका सांस्कृतिक मान्यताहरु माथि राजनीतिक रंग मिसाएर आक्रमक बन्नु कसैको पनि हितमा छैन । आफ्नो घरमा आगो लगाएर बिदेशीहरुको गुलाम बन्नखोज्नेहरु राष्ट्रका कलंक हुन् । 
 
हिमवतखण्ड नेपालभित्र र विश्वमा छरिएर बसेका नेपालीहरु तथा भारत, बर्मा, श्रीलंका, इण्डोनेशिया लगायत विश्वका अनेकौं देशहरुका हिन्दु बासिन्दाहरुले आआफ्नै प्रकारले दशैंलाई ठूलो मान्यताकासाथ मनाउँदछन् । दशै धनी र गरीब सबैको साझा चाड हो । निधारभरी टिका लाउने चलन दक्षिणबाट यहाँ आएको होइन । लिम्बुराईमगरगुरुङतामाङ थारु ज्ातिले वारपार निधारभरी दहीसँग मुछेर सेतो अक्षताको टिका लाएर विजयदशमीदेखि पूर्णिमाको दिनसम्म बडो हर्षाेल्लासपूर्वक आफूभन्दा ठूला आम बाबु ससुरा सासु गुरु र अन्य मान्यजनसमक्ष टिका थापेर आसिरवाद ग्रहणगर्ने गर्छन् । निधारभरी दहीसँग मुछेर सेतो अक्षताको टिका लगाउने चलन जनजातिहरुबाटै भएकाले आजभोलि पनि जनजातिहरु चाड-पर्व अथवा शुभसाहितहरुमा सेतै चामलका टिका लाउने गर्दछन् । काठमाण्डौं उपत्यकामा अबिर मिसाएर राता टिका लाउने चलन कहिलेदेखि चलेको हो एकीन गर्न सकिएको छैन । तर उपत्यका बाहिर १५।२०बर्ष अगाडिसम्म बाहुन क्षेत्रीहरुले पनि सेतै टिका लाउने गर्थे तर आजभोलि अबिरको रातो टिका लाउने चलन बढेकोछ । उता भारतमा टिका नलगाएर पनि दशैको उत्सव मनाउँछन् । नेपालका केही आदिवासी जनजातिका केही कि्रस्चियन समर्थकहरुले दसै मान्ने र नमान्ने विषयमा विवाद उठाउ खोज्नु निरर्थक छ । 
 
पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाण्डौं उपत्यका विजयपछि कुमारीको टीका ग्रहण गरेर दशैमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट काठमाण्डौमा ल्याउने चलन चलाए । गोर्खाबाट फूलपाती भित्रयाउँदा मगर जातिको पूजारीले मात्र भित्रयाउने चलन छ । विशेष गरेर काठमाण्डौ उपत्यकामा दशैंलाई ठूलो उत्सवको रुपमा मनाइन्छ । दशैको उपलक्षमा हरेकसाल हामी नेपालीहरु नेपालअधिराज्य भरी धनीगरिब जो जहाँ भएपनि आआफ्नो घरमा भेला हुन्छौं । विदेशमा भएकाहरु पनि आआफ्ना ठूलाबडाको आसिरवाद थाप्न दशैंको निहूमा घर आउने गर्छन् । आपसमा झगडा गरेर बोलचाल बन्दभएका नातागोता दशैंको निहुँमा टिकाथापेर बोलचाल फुकाउने साइँनो बन्नेगर्छ । बर्षदिनको यो चाडको लागि गच्छे अनुसार साँचेर भएपनि राम्रो लाउने राम्रो खाने र खुसी मनाउने गर्दछन् । केही पार्टीका दलाल नेताहरुले नेपालको राष्ट्रियता राष्ट्रका स्थापित मूल्य-मान्यता तथा पहिचान समाप्त पार्न धर्मनिरपेक्ष गणतन्त्र र संघीयता बोकेर बिदेशीलाई खुसी पारिरहेका छन् । बितेका ३ बर्षमा राजसंस्था पाखा लागेको भनिएको बेलादेखि नेपालको धर्म संस्कृति परम्परामा विकराल अवस्था आएको कुरा सबैले बुझिसकेका छन् । हामी नेपालीहरुले हाम्रा चाडपर्व परम्परा हिन्दु तथा बौद्ध अधिराज्यको निरन्तरता र सुदृढीकरणको लागि २०६६को विजय दशमीले देशभक्तहरुलाई शक्ति प्रदान गर्नेछ भन्ने विश्वास छ ।
 
पाचजन्य हिन्दी साप्ताहिकमा सन् १९९२ नोभेम्वर २२को एक अन्तरवार्तामा दलाई लामाले भनेका थिए -"म हिन्दु र बौद्धलाई दाजुभाइ मान्दछु । यी दुबै धर्मका वीच समाधि योग तन्त्रजस्ता कुराहरुमा समानता छ जुन बौद्धहरुले हिन्दुधर्मबाट लिएका हुन् ।" त्यस्तै भूटानका राजा जिग्मे वाङचुक दशैंबारे भन्छन् -" म सकियताकासाथ दशैंपर्वमा भाग लिन्छु । हाम्रो इष्टदेवता महालक्ष्मी हुन् र हामी शिव र बिष्णुको पनि पुजा गछौं ।" उक्त कुरा सन् १९९३ जनवरी ७ मा 'द टाइम्स अफ इण्डिया' को एक अन्तरवार्तामा प्रकाशित भएको थियो । नेपालका राजाहरुले शिव र बौद्धलाई बराबरी मान्यता गरेर पूजाआजामा सहभागी हुनेगर्छन् । यही परम्पराले बौद्धहरु राजालाई बोधिसत्वको रुपमा पूज्ने गर्दछन् । नेपालमा हिन्दु र बौद्धको वीचमा कहिले पनि तनाव मच्चिएन । हिन्दु र बौद्ध वीचको सामाजस्यताको कारण हो पशुपतिनाथ र स्वयम्भूनाथ वीचको पारस्पारिकता । यस्तो धार्मिक सम्मिश्रण भएको समाजमा कुन जातिले कुन धर्म नमान्ने भन्ने प्रश्न उठ्नसक्छ र दशै तिहार तीज बुद्धजयन्ती शिवरात्री इन्द्रजात्रा आदिजस्ता चाडपर्वहरु हिन्दु र बौद्धका जीवनपद्धति बनेकाछन् । दशैको यस महानचाडमा असंख्यौं इज्छुक हिन्दु बौद्ध र कतिपय मुसलमानहरु समेत राजाको हातको आसिरवाद स्वरुप विजयदशमीको दिनमा टिका थाप्न राजदरबार जानेगर्छन् । कुनै धर्मको कारणले दशै तिहार जस्ता जीवनपद्धति बनिसकेका चाडपर्वहरुलाई छेकथुन गर्नु अभिशाप हो ।
 
अमेरिका,बेलायत,अष्ट्रेलिया, केनाडा, जापान   वा विश्वका कुनैपनि राष्ट्रमा रहेका नेपालीहरु बाहुनक्षेत्री गरुङ तामाङ मगरलिम्बु राई थारु जो हुन् उनीहरु दशैं र तिहारलाई बडो हसो्रल्लासपूर्वक मनाएर आफ्नो देशप्रतिको आत्मियता जगाउँछन् । स्वामी प्रपन्नाचार्य भन्नुहुन्छ -"दुर्गा चण्डी र सुम्निमा तथा युसाहाम एउटै देबीको नाम हो । इष्टदेव महादेव पार्बतीलाई पारुहाङ तथा सम्निमाको रुपमा मान्ने गरिएकोछ । लिम्बुहरु धाृवासामयुमासाम भनेर महादेव र पार्बतीलाई इष्ट देवदेवीको रुपमा मान्दछन् । नवदुर्गाको पुजा नवरात्रमा गर्ने अति प्राचीन परम्परा हो । दशमीको दिन विजयदशमी भनेर दही अक्षता मिसाएर शुभघडि हेरेर बाजे बराजु आमा बाबु अथवा आफूभन्दा बुढापाका गुरुहरुबाट टिका लाउने प्राचीन संस्कृतिलाई दुषित पार्नु बुद्धिमत्ता होइन ।" अतः आफ्ना मौलिक सांस्कृतिक मान्यताहरुलाई भत्काउन नेपालीहरु वीचको पारस्पारिक सांस्कृतिक एकतालाई नेपाली भएर भत्काउने आत्मघाती खेलमा नलागौं । २०६६ सालको विजय दशमीको उपलक्षमा नवदुर्गा भगवतीले स्वदेश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सुख समृद्धीको कामना गर्दछु ।
 
Email:dirgharajprasai@gmail.com    
 
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |