हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

दीपक जडित, (एङकरेज, अलास्का)



अकासिँदो, बजारमा प्याजको मूल्य ।
कति छ हँ मनुष्यको आजको मूल्य ?
 
को जोख्छ र यहाँ वजन विचारको ,
चिच्याउ बढ्छ अझै आवाजको मूल्य ।

भलाद्मी यो सडक हो कि बटुवा हो ,
नाङ्गिए भो , छैन कत्ती लाजको मूल्य ।

उड्दा टिपेर चल्ला निर्धा कुखुराको ,
झनै अकासिन्छ हेर बाजको मूल्य ।
 
कमजोर घरको चारैभित्ता हुँदा ,
हुन्न हुँदैन आफ्नै दराजको मूल्य ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |