गजल
सङ्गीत आयाम, (चितवन, भरतपुर)
पानी झमझम परिरह्यो रुझ्दै थियौं हामी
वर्षाद त खेलमा निमग्न रुझ्दै थियौं हामी ॥
उनी लजाइन् मुस्कुराइन् ओठ फर्फरायो
भिजेको बैंश चलमलायो रुझ्दै थियौं हामी ॥
कदम कदम साथ थियो केही अपुगजस्तो
तप्त जीवन रस बग्यो रुझ्दै थियौं हामी ॥
मौसम प्रतिकूल तर मन अनुकूल हुँदै गयो
रंगीन स्पर्शले स्पर्शित रुझ्दै थियौं हामी ॥
सरगमको सुरभित्र मन मद्होश थियो
सङ्गीतको नसा लिप्त रुझ्दै थियौं हामी ॥