लघु कथा- सहयोग
हरिहर दाहाल, (क्यालिफोर्निया)
टेलिफोनमा उसले रुन्चे स्वरमा मलाई आश्रएको लागि अनुरोध गर्यो।मैले सँझाउन कोशिस गर्दै भने-"साना तिना झगडा र मनमोटाबका कारण घर छोड्नु हुदैन।बिबाद,भनाभन,छेडछाड भनेका मायालाई अझ दर्हो बनाउने संयन्त्र हुन।गहिरो संबन्ध,माँया र आत्मियता भएका मान्छेसंग मात्र बढी दु:खमनाउ हुन्छ,मन कुँडिन्छ र झगडा गरिन्छ।
त्यस्ता प्रक्रितिका उतार- चढाबले संबन्धलाई अझ परिमार्जित गर्ने काम गर्छ। सतहि रुपमा संबन्ध भएका मान्छेसंग कहिल्यै पनि बिबाद हुदैन।औपचारिकता मात्र पुरा गरिन्छ,मन दुखे पनि भित्र भित्रै दबाईन्छ।"
यो माँया गाडींदै गएको संकेत हो त्यसैले मिलेर बस्ने कोशीस गर्नुस् ।
उसले कड्किएको स्वरमा गर्जिदै भन्यो-सहयोग गर्न सक्दिन भनेर सिदै भन्नुस् न, किन नाना थरीका भाषाण दिनु हुन्छ।
सहयोग माग्नेले थर्काए पछी मलाई पनि रिसको पारो छुट्ट्यो र कड्किदै भनी दिएँ-"घर भित्रका समस्यालाई मिलाउन नसक्ने घामटलाई मबाट सहयोग हुन सक्दैन।
उसले अनायसै फोन राखिदियो।
दुई चार दिन संपर्क भएन।
खै किन हो कोनी मैले उसलाई सँझी रहें । र टेलिफोन गर्ने निधोमा पुग्दै टेलिफोनको डाटा पल्टाएँ र फोन गरेँ। एउटी केटी मान्छेले फोन उठाईन र भनिन "तै घामट हैनस मेरो श्रीमानलाई दु:खको बेलामा सहयोग नगर्ने? अब हामी मिली सके पछी के को चेपारो घस्छस?
म संग उत्तर थिएन,चुपचाप फोन राखिदिएँ।