हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

बिनोद खड्का, (हाल - दोहा कतार)



बिर्सियर नै गएपछि फर्की फेरी हेर्नु किन
विपनीमा नआउनेले अंगालोमा बेर्नु किन ।

निष्ठूरी व्याधाले झै घायल पारी गएपछि
यादका तरंगमा नै बार लगाई घेर्नु किन ।

अरुले माया सा्टन खोज्दा हस्तक्षेप गर्नेले
कल्पनाको संसारमा आई मलाई केर्नु किन ।

बफादार नभई जब तिनी आफै गएपछि
उनको अद्धष्य हैकम मैले मात्र टेर्नु किन ।

मायाको परिभाषा निस्वार्थ बन्धन हो भन्नेले
फक्रदो फुलसरी यो मायाको घाँटी सेर्नु किन ।

 

३ सेप्टेम्बर २००९ बिहिबार

Khadkabinod02@yahoo.com

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |