हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आधुनिक मानव

ज्ञानेन्द्र गदाल, (अरोरा, कोलोराडो ।)

 

  
 जति सक्तो लिने मात्रै दिने कुनै नामै छैन
 आफ्नो भुडी भरे पुग्यो अरुलाई ठामै छैन ।
 
 समाजसेवा राष्ट्रसेवा अरु धेरै धेरै सेवा
 मुकुटधारि छट्टुहरु यिनकै ज्यादा हुल छ
 पाखण्डीको जालमा परि पछि पछि लाग्ने
 सिधा सादा कोही भए तिनको पनि भुल छ ।
 
 भेटेजति लिएका छन् सकेजति पिएका छन्
 भ्रमको खेती रोपी रोपी आफुमात्रै जिएका छन्
 
 आपुनो स्वार्थ पुरा गर्न मरिमेटी लागेकाछन्
 जति खाए पिएपनि चुपनलाग्ने भोकाहरु
 उठेकाछन् जुटेका छन् खोजिखोजि लुटेका छन्
 पराइको रगत चुस्ने आततायी जुकाहरु ।
 
 आजभोलि मानवतामा लाग्छ खिया परेजस्तो
 टहटह जून छेक्न वादल अघि सरेजस्तो ।
 

Comments

सुमनराज दियाली दार्जिलिङ भारत

रचनाको यो अंक पढेर राम्रो लाग्यो।सम्पादक एव रचना साहित्यिक पत्रिकाका परिवारलाई बधाई टक्र्याउँदछु।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |