हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

गजल

आशा गुरुङ, (इजराएल)




तीज आयो भन्दै सबै फुरफुर भा'छ बरी लै
सिन्दुर्,पोते,चुरा र रातो साडी ला'छ बरी लै

दिदीबहिनी,साथीसँग दर खाई आमाको काखमा
माइतीको आँगनमा छमछम नाची गा'छ बरी लै

छैन माइती लिन आउनलाई न त स्वामी ज्यु नै
मै दुखी कहाँ जाउँ, पिडाले मन खा'छ बरी लै

सारा खोसीए सौभाग्य मेरो,उजाड बनाइदिए मलाई
मनको बह आँसु सगैँ एकान्तले धुई रा'छ बरी लै

वाध्यतामा बाँच्नुपर्ने कस्तो चलन हो यो हाम्रो ?
परिवर्तनको साथ हैन,खोक्रो सान्तवना पा'छ बरी लै

मनै त हो विधवाको पनि के ले छेक्न सक्छ र ?
कसले बुझ्ने विवशता यो, सोध्न आ'छ बरी लै


(विधवा दिदीबहिनीहरु जो बिभिन्न कारणहरुले गर्दा आफ्ना माइती र श्रीमानहरु गुमाउनु भएको छ, उहाँहरुकै अन्तरमनका भावनाहरुलाई प्रतिनिधित्व गर्दै यो गजलको प्रयास उहाँहरुमा समर्पित गरेकी छु। कसैको भावना प्रति ठेस पुग्न गएमा माफी चाहन्छु ।)


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |