हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मेरो कुमारी माया

आचार्य प्रभा, (कोलोराडो)



मेरो कुमारी माया सुम्पें तिमीलाई
कतै तिम्रो बाहुपासमा लुकेर
बैंशको अनुभूति पाउला भनी
हो....यो माया अन्जान छ,कोमल छ,
जसलाई तिमीले शिशु ठानेर
मायाको स्पर्शले चुम्नु पर्छ /
यो मायाले वयस्कले झै
तिम्रो मादक इशाराको भाषा नबुझ्न सक्छ ,
यसले यौवनाको आकर्षणले
तिमीलाई आकर्षित नपार्न सक्छ
किनकी .......यो माया आफ्नो कुमारित्वमा
मात्र लाडिन जानेको छ ,
त्यसैले सुम्पें तिमीलाई
यो कोमल,अन्जान ,कुमारीमायालाई
बैशको पानी उघाउन लगाउछौ भनी /
यो माया तिम्रो आलिंगनमा आत्तिन सक्छ
फेरी अन्जान बनेर तिम्रो प्यारमा
मात्तिन पनि सक्छ ,
तिम्रो बिश्वास र भरोशामा
मैले यसलाई छाडेको छु
अत्त्याउने छैनौ बैंशको मीठो अभिप्शामा
यसलाई तिमीले /
हो ......यो कलिलो छ ,
यसलाई नमत्याऊ बालशुलभ ठानेर
बस........यसलाई त तिमीले तरुणावस्थामा
परिभाषित गर्नुपर्छ,
यसको कुमारित्वको तागारोलाई पंछाएर
यौवनको बाटो देखाउनु पर्छ /

(अमेरिका रचना ०३/८/२००९ सांझ )

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |