हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

मन त मेरो नेपालमै फुलोस

सन्तोष थपलिया, (न्युयोर्क)




लाली गुँरास, बेली र चमेली भएर
मन त मेरो नेपालमै फुलोस
तराइ, पहाड र हिमाल हिमाल कुदेर
तन पनि मेरो नेपालमै हाँसोस
सिमंकित आँगनहरुका सिमाना मेट्दै
मेरा भावनाहरु पनि
मन र आँगन मिलाउदै कुदुन
म जतिनै टाढा बाँचे पनि
मेरा चाहना,
नेपालमै फुलुन, नेपालमै फलुन !!


शिरिषको फूल नबनोस मेरो मन
मन्द बतासले नि सेताम्मे झर्ने
दुबो बाँच्न सकोस मेरो मन
कसैको टेकाइमा नि नमर्ने
मेरा आँखाहरु,
हिमाल बाँचे नि भो, तराइ बाँचे नि भो
मेरा खुटाहरुले,
देउडा नाचे नि भो, चण्डी नाचे नि भो
जहाँ जता गए नि
तेरो र मेरो नभनी मेरो मन
जो संग हाँसे नि भो, जसरी नाचे नि भो !!


मन मेरो कहाँ परदेशी हो र ?
म पो परदेशी
बुकी फुलाएकै हुँ पसिनाले
बाला झुलाएकै हुँ कर्मले
तिमि थिचिइदा र मिचीइदा
कर्मठ हात उठाएकै हुँ निष्ठाले
भावना रोक्न नसकी
दुइथोपा आँशु रोकै हुँ हृदयले
मनमा मन मिसाएर तिमिसंगै
अब, अझ झन
कर्मवीर बाँच्न सकु म
आफ्नै खोलाखाल्सा र भीरहरुमा हाँस्न सकूँ म !!

माया, सदभाव र उल्लास बोकेर
शिर त मेरो नेपाली भएरै उठोस
सक्दै नसकु म परचक्री पाउ पुज्न
नमानोस मन पराधिन भै मर्न
मेरो स्वाभिमान
सगरमाथा भएर
नेपाल मै उठोस, नेपालीकै लागि जुटोस !!

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |