हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

पुष्प अधिकारी 'अन्जली', (गजलगृह, भरतपुर)



एक

अचेल दिन र रात उस्तै छ
लुटेराहरुको जमात उस्तै छ

दिउँसै अध्याँरो भएको छ देश
बलत्कार हत्याको उत्पात उस्तै छ

सल्किदैछ आगो यत्र तत्र फेरी
झनै घिऊ थप्ने बर्षात उस्तै छ

मिलेको कहाँ देखियो र दुई ध्रुव
यहाँ पनि घात-प्रतिघात उस्तै छ

कयौँ मरे देशका निम्ति मर्न त
शहीदको सुचीमा अज्ञात उस्तै छ

----------------------------
दुइ
 
उज्यालो दीप बाल्ने हजारौँ
तानेर खुट्टा ढाल्ने हजारौँ

लेखेरै बाँच्ने कोही होलान्
बाँचेरै लेख्दै फाल्ने हजारौँ

सगरमाथा चढाई फेरी
भुइमा नै खसाल्ने हजारौँ

इमानी बन्न सके दुनिया
हुदो रैछ मन पगाल्ने हजारौँ

भेटिन्छन् जहाँ तहीँ स्वार्थीहरु
पुष्पलाई उचाल्ने हजारौँ


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |