हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

बिनोद खड्का, (हाल - दोहा, कतार)


बनी प्रेमको प्याला मेरो जीवनमा आयौ मायालु
बोकाई प्यास प्रतीक्षाको मायाप्रीती लायौ मायालु ।

भुलुँ कसरी म लौ भुल्नै नसकिने ती क्षणहरु
बाचाको अर्थै थाहा नभई कसम खायौ मायालु ।

नयनका तीरले दिएका यौवनका निम्तोहरु
आफैले नबुझि लौ एकान्तमा किन धायौ मायालु ।

कच्चा प्रेमको छडी हानी घायल बनाई गएपछि
पीडा थपी सम्झनामा फेरी किन छायौ मायालु ।

लाग्थयो मायाको बर्षा भयो रहरका लहर चल्यॊ
केवल सबै मिथ्या थिए छायाँ बनी गयौ मायालु ।

३० अप्रिल २००९

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |