हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

'चक्रव्यूह र युद्धपीडाहरु' भित्रको अन्तरकथा

सङ्गीत आयाम, (चितवन, भरतपुर)

अन्तरगर्भ




वर्तमानमा गद्य कवितालाई बुझेर र त्यसलाई आत्मसात गरेर कविताप्रति साँचो अर्थमा न्याय गर्ने स्रष्टाहरुको अभावजस्तै देखिन गएको छ । कवितालाई सही अर्थमा न्याय गर्न सिकंदैन भने अन्य विधातिर लागौं तर कविता मात्र लेख्नको लागि नलेखौं भन्ने सोच पनि धेरै पहिलादेखि नै रहिआएको हो । कविता मदिराको आनन्दले पेरित भएर कविता कोहीप्रति भक्तिभाव प्रदर्शन गर्नका लागि कवितालाई प्रेमका नाममा फकाउने वा मनाउने उपक्रममा सामेल गराएर कवितालाई उपयोग गर्दै रातारात चर्चामा आउनका लागि प्रयोग गर्ने अहिले विकसित हुँदै गैरहेको परम्पराले खासअर्थमा कविताको हत्या गरेको छ भन्ने लाग्छ । कविताले खोज्ने बलियो संरचना पक्ष मुलायम शिल्प पक्ष बेजोड प्रस्तुतिको आकर्षण लयमा मिठास र ओजपूर्ण शब्द संयोजनप्रतिको सचेतताले मात्र कुनै कवितालाई जीवन्त बनाउन सक्छ ।

साँच्चै कवि हुन आत्मामा कविता लेखिएकै हुनुपर्छ । जसको आत्मामा नै कविताले कहिल्यै बास गर्दैन उसले दर्जनौं कविता लेखे पनि कवितामय यात्रा तय गर्न सक्दैन यो सार्वभौमिक यथार्थ हो । न आजसम्म लेखिएका अनगिन्ती कविताहरुको सङ्ख्याले त्यसको इतिहासलाई निर्धारण गरेको छ न कविताको नाम बिक्री गरेर नै कोही कवि हुनसक्छ । जथाभाबी लेखेर लेखक भइटोपल्दा साहित्यमा अनावश्यक हस्तक्षेप त बढ्ला तर यस्ता हस्तक्षेपले गुणात्मकताको लामो यात्रा भने तय गर्न सक्दैन नै । वास्तवमा कविता लेखन साधनामात्र होइन समपर्णको पनि अर्को नाम हो । कविताजस्तो कविता लेख्न साँच्चै नै प्रतिभासम्पन्न कवि हुनुपर्छ अध्ययनशीलताको बलले मात्र कविता लेख्न सिकंदैन पनि ।

आज देशभर लेिखंदै गरेका कतिपय कविताहरु उल्लेख्य रहे पनि अधिकांश भने केवल औपचारिकता निर्वाह गर्ने भूमिकामा मात्र देखिएका छन् । अझ कार्यक्रममा सुनाउन भनी हतार हतारमा लेखिएका कविताले केही व्यक्तिलाई त निकै खुशी पार्ला तर खास कविताको मर्म र औचित्यतामाथि ठूलो प्रहार गर्छ भनेर बुझ्नुपर्दछ । लोकपि्रयताको खोजीमा खास कविताको अस्तित्वमाथि प्रहार भइरहेको यथार्थ छ । मौलिक कविताहरुलाई पाखा लगाउन नक्कले कविहरुको भीड यसरी बढ्दै छ कि मानौं कविता उनीहरुको पुख्र्योली सम्पत्ति हो । यस कुरामा अझ दुःख लाग्छ कि यसै भीडको पछि पछि लागेर आजका समालोचकहरुले पनि आफ्नो अस्तित्वको लागि लडाइँ लडिरहेछन् ।

केही दिनपहिला मेरो लामा कवितासंग्रह 'चक्रव्यूह र युद्धपीडाहरु' माथि चितवनमा अन्तकिर््रया भयो जसले मलाई नयाँ प्रकारको ऊर्जा दिने काम गर् यो । साहित्य बुझ्ने र लेख्ने विद्वान स्रष्टाहरुका माझमा पुस्तकको बारेमा केही घण्टा समर्पित हुनु वास्तवमा सानो कुरा पनि थिएन । अझ स्थानीय तथा केन्द्रीय साचारमाध्यमहरुले पनि त्यसप्रति विशेष चासो र उत्सुकता राखेको देख्दा साहित्य लेखनप्रति अझ गर्वबोध भएर आयो ।

'चक्रव्यूह र युद्धपीडाहरु' पुस्तकमाथि चितवनमा भएको यो अन्तकिर््रया भने दोस्रो थियो । यसअघि काठमाडौंमा नै यस पुस्तकले पहिलोपल्ट साहित्यकार तथा साचारकर्मी प्रकाश सायमीको विशेष अग्रसरतामा यस्तो अवसर प्राप्त गरिसकेको थियो । पुस्तकहरु त अनेकौं निस्कन्छन् तर सबै पुस्तकहरुको बारेमा विशेष कार्यक्रमहरु नभईरहेको अवस्थामा 'चक्रव्यूह र युद्धपीडाहरु' यसअर्थमा सफल रहेको मान्नु पर्दछ कि यसप्रति व्यापक चासो र उत्सुकता प्रकट भयो ।

वास्तवमा आजको युग विज्ञापनको युग हो जसबाट बचेर अघि बढ्नै नसकिने स्थितिको सिर्जना भएको छ । अवस्था कस्तो डरलाग्दो हुँदै गएको छ भने विज्ञापन प्रशस्तमात्रामा भएन भने राम्रो कुराको पनि कदर नहुने मापदण्ड विकसित भइरहेको देखिन्छ । लेखकले पुस्तक निकाल्दा नै कयौं महाभारतहरु भोगिसकेको हुन्छ अझ त्यसरी प्रकाशित भएको पुस्तक चर्चामा नआउने हो भने लेखकको सिर्जन क्षमतामा मात्र ह्रास आउँदैन स्रष्टा भोलिको आफ्नो लेखकीय भविष्यप्रति पनि चिन्तामग्न हुन पुग्छ ।

'चक्रव्यूह र युद्धपीडाहरु' कृति कसरी लेखिन पुग्यो त्यसका बारेमा केही कुरा भन्नु असान्दर्भिक हुँदैन । यसभित्र रहेको अन्तर्कथाले भन्छ यो कृति मूलतः माओवादीको जनयुद्धकालमा लेखिएका ६ लामा कविताहरुको सँगालो हो । बन्दुकको दोहोरो मारमा परेका सर्वसाधारण मान्छेहरु नै यस पुस्तकका विशिष्ट पात्रहरु हुन् । एकातिर राज्यपक्षबाट साचालन भइरहेको चक्रव्यूहबाट माओवादीलाई दबाउने क्रममा सामान्य जनताहरु त्यसको क्रूर प्रभावबाट गुजि्ररहेका थिए भने अर्कोतिर राज्यसत्ता कब्जा गर्ने उद्देश्य बोकी लडाइँमा होमिएका माओवादीका कारण तिनै जनता अर्को भीषण चक्रव्यूहमा परिरहेका थिए । दोहोरो चक्रव्यूहमा बाँच्न विवश ती नेपालीहरुलाई युद्ध राहत भएको थिएन मात्र पीडाको रुपमा विकसित भइरहेको अवस्था थियो । हुन पनि जित्नका लागि दुवै पक्षबाट साम दाम दण्ड भेद प्रयोग गरिएको अवस्थामा सबैभन्दा पीडित कोही थिए भने ती नेपाली जनता नै थिए । सर्वसाधारण नेपाली जनताले त्यस युद्धकालमा भोगेका पीडा र यातनाहरुको दस्तावेज हो ुचक्रव्यूह र युद्धपीडाहरु । कुनै पक्षको पक्षपोषण नगरिकन वास्तविकता प्रकटीकरण गर्नु निकै खतरापूर्ण काम थियो त्यस अर्थले हेर्दा पनि यस कृतिको फरक महत्व छ जस्तो लाग्छ ।

हुन त नेपालमा युद्धसाहित्यको जति चर्चा हुनुपर्ने हो त्यति भएकै छैन । विश्वसाहित्यमा युद्धसाहित्यको यति ठूलो भूमिका देखिन्छ कि जसले समग्र साहित्यलाई नै ठूलो हिस्सासहित प्रतिनिधित्व गर्दछ त्यसको तुलनामा नेपाली साहित्यमा युद्धसाहित्य कम लेखिएको र कम चर्चामा आएको विषय हो । माओवादीको दशवर्षे जनयुद्ध-काललाई लिएर जुन अनुपातमा साहित्य लेखिनु पर्दथ्यो त्यसलाई दृष्टिगत गर्दा ुचक्रव्यूह र युद्धपीडाहरु को महत्वलाई कम आँक्ने भूल गर्नु हुँदैन भन्ने लाग्छ । मैले यस कृतिको विषयवस्तुमाथि काम गर्दा आफूले प्रत्यक्ष देखेका तथा भोगेका घटनाहरुलाई नै साक्षी बनाएको हुँ ।

नेपाली जनता अढाई सय वषर्ं शासन गरेको राजतन्त्रले छोडेका चक्रव्यूहमा त परिनैरहेका थिए झन् आफूलाई प्रजातन्त्रका अगुवा भन्नेहरु जनताको नाममा राजनीति गरेको भन्दै देशव्यापीरुपमा प्रदूषण छरिरहेका थिए । त्यसमाथि अराजकता र अव्यवस्थाको विरुद्ध भनी लडाइँ सुरु गरेको माओवादीको युद्ध जनतालाई प्रताडनासिवाय केही भइरहेको पनि थिएन । चारैतिरबाट थापिएका चक्रव्यूहहरुमा परेका सर्वसाधारण नेपालीहरुको पीडालाई सम्बोधन गर्नुपर्ने आवश्यकता त्यत्तिकै थियो जसको परिणामस्वरुप नै चक्रव्यूह र युद्धपीडाहरु' को लेखन अगाडि आयो । साहित्य परिस्थितिजन्य पनि हुने हुँदा त्यस समयले बाँचेको समकालीन दस्तावेजको रुपमा अघि आउन समर्थ भएको थियो 'चक्रव्यूह र युद्धपीडाहरु' ।
 
मैले किन कविता लेख्छु भन्ने सन्दर्भ उठाउनु अहिले असान्दर्भिक हुँदैन पनि । म मात्र कविता लेख्नको लागि लेख्ने कवि भने होइन न मैले कहिल्यै नामको वा दामको आशामा नै कवितालेखन गरेको छु । वास्तवमा कवितालेखन मेरो वैचारिक लडाइँमात्र होइन म आफूलाई सार्वजनिकीकरण गर्ने मेरो सशक्त माध्यम पनि हो । म समाजप्रति रहेको आफ्नो उत्तरदायित्वको भूमिकालाई निभाउँदै बढी जिम्मेवार नागरिक हुन त कविता लेख्छु नै अझ जीवनलाई सर्वोपरिरुपमा आत्मसात गर्न पनि कवितालेखनमा दशकौंदेखि म सङ्लग्न रहँदै आएको छु । निश्चितरुपमा म आफूलाई जीवनवादी कवि भन्न रुचाउँछु जहाँ कवितामा कलामय यात्राले निर्बाधरुपमा फैलिने अवसर पाओस् । वैचारिकरुपमा मभित्रको एउटा सचेत कवि कविताका नाममा प्रदूषण भएर हुर्किरहेको आग्रह र पूर्वाग्रहभन्दा माथि उठ्न आफूलाई सधैं प्रेरित गरिरहेको पनि हुन्छ ।

हुन त कवितामा आग्रह र पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ भन्ने मेरो सोचका कारण मैले साहित्य लेखनका क्रममा जीवनमा धेरै दुःख पाएको छु तर यो दुःख मलाई स्वीकार्य पनि छ किनकि यस्तो कठोर यथार्थसँग साक्षात्कार गरेर नै मेरो पहिलो प्राथमिकताको क्षेत्र साहित्य लेखन रहँदै आएको छ । चेतना र शिक्षाको कारण नेपालजस्तो देशमा साहित्य लेखनप्रति नकारात्मक धारणा विकसित भैरहेको पाउँदा मलाई निकै दुःख लागे पनि एकदिन साहित्यको शक्तिले नै यो देशलाई विश्व मानचित्रमा प्रष्टरुपमा उभ्याउने छ भन्ने कुरामा भने म विश्वस्त पनि छु ।

कवितामा पनि मैले लामा कविता किन लेखें भन्ने प्रश्न उठ्नु अस्वाभाविक छैन । हुन त मेरा छोटा कविताहरु पनि दर्जनौंको सङ्ख्यामा प्रकाशित नभएका होइनन् तर लामा कवितालाई मैले एउटा मिसनको रुपमा नै अघि बढाएको हुँ । विश्वसाहित्यमा लामा कविताको इतिहास शताब्दीयौं रहे पनि नेपाली साहित्यमा भने केही दशकको मात्र छ । अझ चितवनको माटोमा त मैले लेख्नुभन्दा अगाडि लामा कविता लेखनको परम्परा नै थिएन । इतिहासप्रति साँचो अर्थमा सम्मान प्रकट गर्न र त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने शक्तिशाली सोचका कारण म यस अभियानमा सङ्लग्न रहेको हुँ । अर्को कुरा साहित्यमा सबै विधाको आफ्नो विशिष्ट पहिचान छ र मैले अरु विधाहरुमा पनि त्यत्तिकै कलम चलाउँछु तर लामा कविताले दिने कलात्मक आनन्द भने वर्णानातीत छ । एउटा कविको कलामय यात्रा वैचारिकरुपमा समेत सार्वजनिक बहसको मुद्दा बनिरहेकोमा म अत्यन्तै गर्वित पनि छु ।
कविता कवितामात्र होइन कविको धरातलीय यथार्थ पनि हो । कविले जीवनक्रममा भोगेका तीता मीठा अनुभवहरुको यात्रारत सन्दर्भ पनि हो । कवि कविताको सूत्रधारमात्र होइन कवि पात्रहरुको बेजोड संयोजन पनि हो । कवि लक्ष्यको अनुशरणमात्र होइन गन्तव्यको विराट पहिचान पनि हो ।

२०४५ सालमा साप्ताहिक विमर्शमा पहिलो कविता प्रकाशन भएयता दुई दशकभन्दा बढी समय गएको मलाई पत्तै भएन । स्कुलमा नै केही प्रतियोगिताहरुमा विजेताको स्वाद प्राप्त नभएको होइन तर प्रष्टरुपमा सम्झनयोग्य पुरस्कार भने १४ वर्षको उमेरमा मलाई प्राप्त भएको थियो वि।सं। २०४२ सालमा जिल्लास्तरीय कविता प्रतियोगिताबाट । २५ वर्षको कवितालेखनले मलाई कहाँ पुर् यायो म कहाँ पुग्नुपर्ने थियो नेपाली कविता लेखनमा मेरो स्थान के छ त्यो भने छुट्टै बहसको मुद्दा हुनसक्छ । यति लामो अवधिको लेखन क्रममा पाएका दुःख र खुशीहरु मेरा आफ्ना पुँजीहरु हुन् जुन आगामी दिनमा पनि मेरो साहित्य लेखनको साक्षी हुनेछन् । यो कुरा साहित्यप्रति रुचि तथा अनुराग राख्नेहरुलाई थाहा नै छ कि मैले आजसम्म साहित्य लेखनलाई नै जीवनको सर्वोपरिरुपमा ग्रहण गरें अब आउँदा दिनमा पनि त्यो क्रम भङ्ग हुने छैन भनी प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।

sangeetaayam@gmail.com

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |