अक्षरहरुको
Comments
बासु श्रेष्ठ
रमेशजी,
अनुवादक तथा साहित्यकार गुहनाथ पौडेलको अन्तर्वार्ता बारेको टिप्पणीकोलागी धन्यवाद | यहाँको \'खसखस डट कमले अनुवादकहरुसँग अन्तवार्ता लिई रहोस्\' भन्ने सुझाव हामीले मनन गर्यौं | तर साहित्यिक सर्जक तथा कलाकारहरुसंग भने हामीले अन्तर्वार्ता लिएर विगत ७ वर्षदेखि पस्कँदै आएका छौँ | ति अन्तर्वार्ताहरु यसै स्तम्भमा सुन्न सकिन्छ | कृपया सुनेर प्रतिक्रिया दिनुहोला |
Ramesh Dahal
“एउटी राम्री आइमाई
आफ्नो प्रेमीका लागि आनन्दको वस्तु हुन्छे
तपस्वीका लागि विध्न–बाधा र
ब्वाँसोका लागि स्वादिष्ट भोजन” ।
भिक्षु र दार्शनिक पुस्तक छापिएपछि सर्ररर पल्टाउदा १४१ पृष्ठमा रहेको उल्लिखित वाक्यहरुमा आँखा पुगे । त्यसपछि पढ्न सुरु गरेको यो पुस्तक मैले ४ दिनमा पढिसकेँ ।
सम्म फाँटमा सलल.. बगेको नदीजस्तो यस पुस्तक पढेपछि आफ्नो आनीबानीमा केही परिवर्तन भएको महसूस गरें । पुस्तक पढ्दा मैले अनुवादीत पुस्तक पढेको भन्ने कहीँ कतै भान भएन । यसका अनुवादक श्री गुहनाथ सर स्वयंले यो पुस्तक लेख्नुभएको हो कि ! भन्ने भान भयो ।
विश्वका तेइसौँ भाषामा अनुवाद भई प्रकाशन भइसकेको र सर्वाधिक बिक्री भएको यो अनुदित पुस्तक भिक्षु र दार्शनिकका बारेमा र यसका अनुवादक श्री गुहनाथ पौडेल सरसँग खसखस डट.कमले लिएको अन्तर्वाताका लागि हार्दिक धन्यवाद । अन्तर्वाता अत्यन्त रोचक लाग्यो । खसखस डटकमले विभिन्न साहित्यिक सर्जक, तथा अनुवादकहरुसँग यस्ता अन्तर्वार्ताहरु लिई प्रसारण गरिरहोस् ।
Diwakar
Prativa Paudel
Very nice and interesting interview... Enjoyed it a lot