हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

हिन्दु धर्म र ज्योतिषशास्त्र

भुवनेश्वर भण्डारी, (हाल: अमेरिका)

ज्योतिषशास्त्रमा महत्वपूर्ण पाँचवटा अंग हुन्छन्, ती निम्न हुन् :-तिथि, बार, नक्षत्र, योग र कर्ण । विस्त्रित वर्णन यसप्रकार गरिएको छ ।

तिथि:
तिथिहरु दुई प्रकारकाछन् :- शुक्लपक्ष र कृष्णपक्ष, हरेक पक्षमा १५ वटा तिथिहरु हुन्छन् ।
१. परेवा
२. द्वितीया
३. तृतीया
४. चतुर्थी
५. पंचमी
६. षष्टी
७. सप्तमी
८. अष्टमी
९. नवमी
१०. दशमी
११. एकादसी
१२. द्वादसी
१३. त्रयोदसी
१४. चतुर्दसी
१५. पूर्णिमा ।

कृष्णपक्षमा पनि यस्तै चौधवटा तिथिहरु हुन्छन् र पन्धौं तिथिलाई औँसी भनिन्छ र रोलक्रममा औँसीलाई ३० लेखिन्छ ।

वार:
वारहरु सातवटा छन्
१. आइतवार
२. सोमवार
३. मंगलवार
४. बुधवार
५. बिहिवार
६. शुक्रवार
७. शनिवार

यी वारहरु ग्रहका प्रतीक हुन् । क्रमशः सूर्य, चन्द्रमा, मंगल (भौम), बुध, बृहस्पति, शुक्र र शनिश्चर हुन् ।

नक्षत्र:
नक्षत्रहरु खासगरेर सत्ताइसवटा प्रचलित छन् ।
१. अश्विनी (चु चे चो ला)
२. भरणी (ली लु ले लो)
३. कॄत्तिका (अ इ उ ए)
४. रोहिणी (व बा बि बु)
५. मृगशिरा (बे बो का कि)
६. आरद्रा (कु घ ङ छ)
७. पुनर्वसु (के को ह ही)
८. तिष्य (हु हे हो डा)
९. अश्लेषा (डि डु डे डो)
१०. मघा (मा मि मु मे)
११. पुर्वाफाल्गुनी (मो टा टि टु)
१२. उत्तराफाल्गुनी (टे टो प पी)
१३. हस्ता (पु ष ण ठ)
१४. चित्रा (पे पो र री)
१५. स्वाती (रु रे रो ता)
१६. विशाखा (ति तु ते तो)
१७. अनुराधा (ना नि नु ने)
१८. जेष्ठा (नो या य यु)
१९. मूल (य यो भ भि)
२०. पुर्वाषाढा (भु धा फा ढा)
२१. उत्तराषाढा (भे भो जा जि)
२२. श्रवण (खि खु खे खो)
२३. धनेष्ठा (गा गि गु गे)
२४. शतविशा (गो सा सि सु)
२५. पुर्वाभाद्र (से सो द दि)
२६. उत्तराभाद्र (दु थ झ ञ)
२७. रेबती (दे दो च चि)

योग
१. विक्ष्कुम्भ
२. प्रीति
३. आयुस्मान
४. सौभाग्य
५. शोभन
६. अतिगण्ड
७. सुन्दर
८. ध्रिति
९. शूल
१०. गण्ड
११. वृषभ
१२. ध्रुव
१३ व्याघ्र
१४. हर्षण
१५. वणिज
१६. सिद्धि
१७. व्यय
१८. बज्र
१९. परिघान
२०. शिव
२१. सिद्ध
२२. साधन
२३. शुभ
२४. शुक्ल
२५. ब्रह्म
२६. ऐंन्द्र
२७. वैश्य

कर्ण
१. वव
२. बालव
३. तैतिल
४. कौलव
५. बणिज
६. गर
७. भद्रा
८. चतुष्पद ।

राशी (राश)
ज्योतिषशास्त्रमा राशी को प्रमुख खेल भएको पाइन्छ । प्रत्येक प्राणिहरुको कृयाकलाप नामको आधारमा वताइएको हुन्छ । कुन नामबाट कुन राशी हुन्छ भन्ने जानकारी पाँउन होडा चक्रको ज्ञान हुनु अति आवश्यक हुन्छ । राशी को जानकारी लिन निम्न कुराहरुको अध्ययन गर्नु पर्दछ ।

१. मेष: मेष राशीमा अश्विनी, भरणी र कृत्तिका नक्षत्रको एकपाउ (चु चे चो ला लि लु ले लो अ) यी नौ वटा अक्षरबाट नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मेष राशीमा पर्दछन् । मेष राशीको स्वामी मंगल (भौम) ग्रह हो ।

२. बृषः बृष राशीमा कृत्तिकाको बाँकि तीन पाउ रोहिणी, मृगशिराको दुई पाउ (इ उ ए व बा बि बु बे बो) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै बृष राशीमा पर्दछन् । बृष राशीको स्वामी शुक्र ग्रह हो ।

३. मिथुन: मिथुन राशीमा बाँकि मृगशिराको दुई पाउ आरद्रा, पुनर्वसुको तीन पाउ (का कि कु घ ङ छ के को ह) यी नौ वटा उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मिथुन राशीमा पर्दछन् । मिथुन राशको स्वामी बुध ग्रह हो ।

४. कर्कट: कर्कट राशीमा पुनर्वसुको बाँकि एक पाउ तिष्य, अश्लेषा सवै (ही हु हे हो डा डि डु डे डो) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै कर्कट राशीमा पर्दछन् । कर्कट राशीका स्वामी चन्द्रमा हुन् ।

५. सिंह: सिंह राशीमा मघा, पुर्वाफाल्गुनी, उत्तराफाल्गुनीको एक पाउ (मा मि मु मे मो टा टि टु टे) नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै सिंह राशीमा पर्दछन् । सिंह राशीका स्वामी सुर्य ग्रह हुन् ।

६. कन्या: कन्या राशीमा उत्तराफाल्गुनीको बाँकि तीन पाउ हस्ता, चित्रा नक्षत्रको दुई पाउ (टो प पि पु ष ण ठ पे पो) यी नौ वटाको नाम उच्चारण हुने ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु सवै एकै कन्या राशी भित्र पर्दछन् । बुध ग्रह कन्न्या राशीका स्वामी हुन् ।

७. तुला: तुला राशीमा चित्रा नक्षत्रका बाँकि दुई पाउ स्वाती, विशाखाको तीन पाउ (र रि रु रे रो ता ति तु ते) नौ वटाको नाम उच्चारण हुने ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै तुला राशीमा पर्दछन् । तुला राशीका स्वामी शुक्र ग्रह हुन् ।

८. बिच्छा: बिच्छा राशीमा बाँकि बिशाखाको एक पाउ अनुराधा, जेष्ठा (तो ना नि नु ने नो या य यु ) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै बिच्छा राशी भित्र पर्दछन् । बिच्छा राशीका स्वामी मंगल (भौम) ग्रह हुन् ।

९. धन: धन राशीमा मूल, पुर्वाषाढा, उत्तराषाढाको एक पाउ (य यो भ भि भु धा फा ढा भे) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै धन राशीमा पर्दछन् । धन राशीका स्वामी बृहस्पति ग्रह हुन् ।

१०. मकर: मकर राशीमा उत्तराषाढाको बाँकि तीन पाउँ श्रवण, धनेष्ठाको दुई पाउ (भो जा जि खि खु खे खो गा गि) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मकर राशीमा पर्दछन् । मकर राशीको स्वामी शनिश्चर ग्रह हो ।

११. कुम्भ: कुम्भ राशीमा बाँकि धनेष्ठा नक्षत्रका दुई पाउ शतविशा, पुर्वाभाद्रका तीन पाउ (गु गे गो सा सि सु से सो द) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै कुम्भ राशी भित्र पर्दछन् । कुम्भ राशीका स्वामी पनि शनि ग्रह नै हो ।

१२. मीन: मीन राशीमा पुर्वाभाद्र नक्षत्रको बाँकि एक पाउ उत्तराभाद्र र रेवती (दि दु थ झ ञ दे दो च चि) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मीन राशीमा पर्दछन् । मीन राशीका स्वामी बृहष्पति ग्रह हुन् ।

उपर्युक्त २७ नक्षत्रहरु चन्द्रमाका पत्नीहरु हुन् । चान्द्रमासको गणना गर्दा एक महिनामा २९ दिन १२ घण्टाको समय मात्र हुन्छ । त्यस्तै ३५४ दिनको एक वर्ष हुन्छ । सौर्यवर्ष र चान्द्रवर्षमा फरक आउने दिनहरुको समय मिलाउन दुई वर्ष छ महिना वितेपछि एउटा चान्द्रमास थपिन्छ । थपिएको महिनालाई मलमास वा पुरुषोत्तम महिना भनिन्छ । यो अधिक (बढेको) महिनामा चाडपर्वहरु कुनै पनि पर्दैनन् । १२ वटा राशमा सूर्य क्रमशः सर्दैजाने हुँदा सूर्य एक राशबाट अर्को राशमा सर्नुलाई संक्रमण भनिन्छ र त्यसै दिनलाई संक्रान्ती पनि भनिन्छ । मेष राशमा सूर्य सर्दा बैशाख संक्रान्ती वा नववर्ष दिवस मानिन्छ । त्यस्तै बृषमा सूर्य सर्दा जेठको संक्रन्ती, मिथुनमा सूर्य सर्दा असार संक्रान्ती, कर्कटमा सूर्य सर्दा साउने संक्रान्ती, सिंहमा सूर्य सर्दा भाद्र संक्रान्ती, कन्यामा सूर्य सर्दा असौज संक्रान्ती, तुलामा सूर्य सर्दा कार्तिक संक्रान्ती, विच्छामा सूर्य सर्दा पौषे संक्रान्ती, मकरमा सूर्य सर्दा माघे संक्रान्ती, कुम्भमा सूर्य सर्दा फागुन संक्रान्ती, तथा मीनमा सूर्य सर्दा चैते संक्रान्ती मानिन्छ । सनातन धर्म अन्तरगत मनाइने वार्षिक पर्वहरु चान्द्रमास (तिथि) अनुसार मनाइने हुँदा प्रत्येक चाडपर्वहरु प्रत्येक वर्षको फरक फरक गतेमा पर्दछन् । संक्रान्ती पर्व बाहेक सौर्यमासमा कुनैपनि जन्मोत्सव जस्ता पर्वहरु पर्दैनन् । पाश्चात्य मुलुकको सिको गरेर जन्मोत्सव आदि दिवसहरु विस्तार विस्तार सौर्यमासको गतेमा पर्व मान्ने चलन आएको छ । यस प्रकारको चलनलाई हिन्दु संस्कारमा सकारात्मक सुधार आएको मान्नु पर्दछ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |