हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

जीवन साथिको बियोगमा

राजु तुलाधर, (काठमाण्डौँ, नेपाल)

चुलिन चाहने इच्छाका लहरा बिचैमा चट्ट चुडिन गो

नियतिको बरा चलन छ यस्तै यसलाई बदल्न सक्छ र को ?

Cisco 700-039   2014 latest CISSP questions   pass4sure CISSP   Cisco 400-051   CISSP exam dumps   650-756  

 

हावा उस्तै छ, पानी उस्तै छउस्तै छ फुल्दै झर्ने फूल

मेरो फूल कठै, फक्रन  नपाई कोपिलामै झर्न गो

अब त उनी कता हो कता म भित्र मात्र सम्झना  भो !

 

बाटो उस्तै छ, यात्रा उस्तै छ, उस्तै निरंतर हिड़्दैछ्न यात्री

धेरै दूरको यात्रा हाम्रो हिंड्दा हिंड्दै अधुरो भो

गंतब्य पुग्ने जीवित धोको म भित्रमात्र सीमित भो !

 

सपना उस्तै छ, कल्पना उस्तै छ, उस्तै छ सारा तर्कनाहरू

घरि घरि झस्काउँछ यिनले को हूँ कहाँ छू बेपत्तै भो

मनै त हो नि निर्लज भिकारी थाङ्ग्नेको साथी आशै न भो !

 

(साथीले उमेरमै जीवन साथी गुमाउदाको चोट र बियोग प्रति मेरो हार्दिक समवेदना)

मार्च २०, २००८

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |