हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

भूपेन्द्र महत,, (कोलोराडो)

तिम्रो दिलमा उसले आज झन्डा फरफरायो
बिना युध्द हार भो मेरो छाती चराचरायो

रुप उही रंग उही ढंग फेरियो कि कतै
धेरै पछि भेटदा तिम्रो ओठ थरथरायो

तिम्रो प्रेम माग हो कि अनुरागको दाग
काँडा रैछ तिम्रो मनमा मुटु दरफरायो

नजर नजरमै नजर बोली मन घोल्थ्यौ
खाटा बसेको घाऊ बल्झी फेरी परपरायो

फूल जस्तो सुकोमल मृगको जस्तो नयन
त्यो नयनमा किन आज आगो भरभरायो

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |