एकादेश
सुषमा मानन्घर, (ललितपुर)
ढाकिएको कालो आकाश
गजिर्दै मेघ
चिसो हावाको घचेटाईमा
टालिँदै फाट्दै गरेका बादल
एकनासे झरी
अनि रुझेर
निथ्रुक्क हिलाम्मे खेतहरु ।
सुनसान गाउँको गोरेटो
भिजेको बैंसको रुखमुनि
पानी छेक्दै
एकैछिन म ।
अगाडी झयालमा
आधा भित्र आधा बाहिर
उभिएका तिमी
पानीका छिटा
तिम्रा केशहरु भिजाउँदै
मेरो अन्तर मनमाथि
तपतप ।
नबोली बोल्ने
तिम्रो हेराई
सम्मोहनमा बाँधिएर
गाला भै बग्ने
पानीका ससाना धारहरुसँग
म बगिरहें
तिमी बगिरह्यौ ।
धेरै लामो बगें
बग्दै समयसँग सम्झन्छु
आँखामा टाँसेको
एक टुक्रा झझल्को
सानोमा मैले सुनेको
दन्त्यकथाको
मात्र कतै कुनै
एकादेश त थिएन