हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीत

शेखर ढुङेल, (सन फ्रांसिस्को, क्यालिफोर्निया)

रुनु न हाँस्नु भयो जीवन

मझदारमा अल्झेर

न अघि न पछि जान सकेँ

नियतीमा फसेर

रुनु न हाँस्नु
 

चियायो बिहानीले सधैं मलाई

नयाँ भाग्य ल्याएन

गिज्याइ रह्यो जून मलाई

यो मन मा सित्तल छरेन

रात भर सित्तल छरेन

रुनु न हाँस्नु
 

वारी पारी डुल्छन आँखा

किनारमा देखिन्न आशा

निरास, हतास भयो मन

मरुँ कि बाचुँ उपाय सुझेन

मेरो मनमा उपाय सुझेन

रुनु कि हासुँ भयो जीवन

मझदारमा अल्झेर

Comments

Ramesh Dahal

जहाँसम्म मलाई लाग्छ— सायदै नेपालको सबैभन्दा माहिलो साहित्यिक पत्रिका “रचना” जन्माउने वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई रचनाको को गर्भधारण गराउने हास्यव्यंग्यकार स्व. भैरव अर्याल हुनुहुँदो रहेछ भन्ने कुरा यस अन्तर्वार्ताबाट जानकारी पाएँ । 
म जन्मिँदा १६ वर्षे जवान भैसकेको रचना पत्रिका नेपाली साहित्यक पत्रिकाहरुमध्ये हालसम्म निरन्तर प्रकाशन भैरहेको पहिलो पत्रिका हो । नेपालमा कयौँ साहित्यिक पत्रिका जन्मिँदै अकालमै नव्यूँतिने गरी मर्ने गरेको यथार्थ हामी सबैलाई ज्ञात नै छ । तर श्री रोचक घिमिरेज्यूले रचनालाई कुनै कुनै बखत मर्न लाग्दासमेत आफ्नो बलबुताले अहिलेसम्म जीवित राखिरहनुभएको कुरा पनि यसै अन्तर्वार्ताबाट थाहा पाएँ । 
मैले थाहा पाएअनुसार धेरै साहित्यकारहरुलाई जन्मदिने  रचना पत्रिका सदैव दीर्घायु रहोस् । यसलाई दीर्घजीवन दिन सदैव लाग्नु हुने आदरणीय श्री रोचक घिमिरेज्यूसँग रचनाका विषयमा कुराकानी गरी यसका विषयमा धेरै अज्ञात रहस्यहरु प्रशारण गरी साहित्यका पारखीहरुलाई जानकारी गराइदिएकोमा खसखस डटकम तथा संचालक साहित्यकार आदरणीय वासु श्रेष्ठज्यूलाई हृदयदेखि धन्यवाद दिँदै नेपाली कला, साहित्य र संस्कृतिको जगेर्ना गर्ने कयौँ हातहरु विषयका जानकारी खसखस डटकमले यसरी नै पाठकसामु ल्याइरहोस् भन्ने शुभकामना दिन चाहन्छु । साथै साहित्य, कला, समाजसेवाका क्षेत्रमा लाग्नु हुने नवप्रतिभा तथा नवसमाजसेवीहरुका विषयमा पनि उनीहरुलाई उक्त क्षेत्रमा लाग्न अझ हौसला दिने खालका अन्तर्वार्ताहरु लिई प्रशारण गरोस् भन्ने अपेक्षा राख्दछु ।  

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |