हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

राक्षस

बिनोद खड्का, (हाल: दोहा कतार)

धर्मशास्त्रको एउटा पात्र
अन्याय र अत्याचारको
जीउँदो जाग्दो एउटा प्रतिबिम्ब
अतितका कथाहरुमा
देउताहरुलाई लखेट्ने गर्छ
कुटीहरुभित्र पसी लुटने गर्छ ।

श्रृजनाका बगैचाहरुमा पसी
दानवी नृत्य नाच्छ
सुन्दर नगरका शोभायमान
पुष्पवृक्षहरु तोडिदिन्छ ।

दया र करुणाको त सवाल नै छैन
शान्तीको शत्रु हो
तोड्नु र फोड्नु त्यसैमा रम्नु
उसको आफ्नै संस्कार हो ।

यी अतितका कथाहरु
लाग्छ वर्तमानका यथार्थ हुन
हामीले सुन्ने गरेका अतित
लाग्छ आजका भोगाईहरु हुन ।

त्यसैले मलाई
आजको कथा लेख्नु छैन
कतै यस्तै नियती
फेरी कसैलाई दिनु छैन ।

२४ नोभेम्बर २००८


 

Comments

Jaya Chhangchha

Hridaya chhune lekh. Atyantai marmik anubhutile otprot padhda aansu jharne pidadayak aalekh
 

ससांग लामा

शर्मिलाजी! भर्खर मात्र सुन्दर जोशीको कथा पढेर मैले आफुलाई तरुण अनुभुती गरेको थिएं| अवश्यम्भावी मृत्‍युको कल्पी कल्पी बयान भएको तपाईंको कथा पढेर सारा तरुणत्व झर्याम्म झुरुम्म फुट्यो|म्रित्युलाई जित्न सकिन्न भनेर जान्दा जान्दै पनि यो सित हामी लाप्पा खेल्छौँ र अजम्भरी हुने चाहना राख्छौँ| शायद यही चाहना नै जिन्दगी जिउने मेसो पो हो की ? तपाईंको दु:ख माथि दुखेसो थपेर तपाईं लाई थप दु:ख दिन चाहन्न| राजनीतिज्ञहरुले प्रयोग गर्ने एउटा भाषाको पो याद आयो: \"शोकलाई शक्तिमा बदलौँ\"| समय बलवान छ,समयले नै यस दु:खको उपचार गर्छ| यो नै शास्वत सत्य हो! तपाईंको साहित्यिक जिन्दगीलाई निरन्तरता दिइरहनु होला!!!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |