हालसालैका लेखहरु : नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं )

निरर्थक उदारता

आचार्य प्रभा, (डेनभर, कोलोराडो)

उदार  भएर कसैलाई सहानुभूती

पोख्छौ भने पाउनुको अर्थमा मात्र

उदारताको अभिनय नगर

त्यो त केवल स्वार्थको रूप मात्र बन्न सक्छ

हो, तिमी कसैको पनि सहयोगि

बन्न सक्छौ मानवरूपी नाताले

तर सहयोगको बद्लामा

आँफैले आँफैलाई सहयोगिको उपमा दिएर

बिज्ञापन गर्दै हिड्छौ भने

त्यो पनि सस्तो हल्ला र निरर्थक

सहयोग मात्र बन्न सक्छ

बरु त्यसो हो भने,

तिमी मौन बस,

एक्लै बाँच,

सहानुभुती र सहयोगि भावना

मनभित्रै साँच

किन कि कोही त तिम्रो

सहयोग र दयाको भिखारी नबनोस

अनी कोही त तिम्रो

चर्चाको पात्र नबनोस

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |