हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तिमी र म

विद्या सापकोटा, (कल्याणपुर -७ नुवाकोट)

तिम्ले जित्न मात्र चाह्रौ
हारिदिए म मुटु जल्दा शितलता दिन भेटिएनौ तिमी
सुचिराखे पुरै जोवन खाली अंगालोमा समेटिएनौ तिमी ॥

साक्षि जुनतारा नै थे
धरापमा माया पुरिए म पटक्कै छेकिएनौं तिमी
जन्मिए हजार सवाल धकेलिए म थोरै चेपिएनौ तिमी ॥

ढुङ्गाको भर माटो भन्थे
लुलिएका मेरा पाइला साहारामा टेकिएनौ तिमी
प्रितको धारमा टुक्रनु टुक्रिए म थोरै रेटिएनौ तिमी ॥

इन्द्रणि रङ्ग प्रेमको
लुटिदै रित्तिए सपना स्रवेनदनामा कहिल्यै देखिएनौ तिमी
सम्हाल्दै पखाले मन हृदयबाट अझै फ्याकिएनौ तिमी ॥
……………………खाली अंगालोमा समेटिएनौ तिमी ॥

Comments

रमेश पौडेल

बासुजीले सेतो धरतीको खसखस दुनिया सामु मेटाउन खोज्नु भएकोमा आभार भन्छु । 
केही प्राविधिक कुरा :
यो अन्तर्वार्ता टेलिफोन वा Skype बाट लिनु भएको हुनु पर्छ । 
बासुजीको आवज जति स्पष्ट सुनिन्छ अमर भाइको आवाज त्यति बुझिदैन ।

भगवती बस्नेत

बासु श्रेष्ठ जीले जल्दोबल्दो उपन्यासकार अमर न्यौपाने जीसँग लिनु भएको वार्तालापमा मेरो पाठकिय मनमा उब्जिएका जिज्ञासाहरूको समेत समाधान भएका छन् । म जस्तै आम पाठकलाई यस भलाकुसारीले अमर न्यौपाने जीका साहित्यिक फाँटका धरै कुराहरू जान्न बुझ्न मद्दत हुनेछ ! बासु जी लगायत खसखस डट कम परिवारलाई हार्दिक धन्यवाद !

हरी घिमिरे

वासु जीले उपन्यासकार अमर न्यौपानेसंग लिनु भएको अन्तरबार्ता मलाई पनि सारै रोचक 
लाग्यो.यसबाट कतिपय महत्वपूर्ण कुराको उद्घाटन भएको छ.यसबारे मेरा मनमा उठेका केही प्रतिक्रिया म खस खस डट कम मा पठाउने प्रयासमा छु है वासु जी!!

Gopal Regmi

रेडियो नेपालमा रमेश पौडेल जीले न्यौपाने जीसंग कुराकानी गर्नु भएपछिका सेतो धरती बारेका चर्चा परिचर्चाहरु समेत समेटिएको प्रस्तुत खसखस अत्यन्त रोचक लाग्यो । न्यौपाने जी र बासु जी दुबैलाई सेतो धरतीको प्रेमले ओतप्रोत यो पाठकको तर्फबाट हार्दिक बधाई र धन्यवाद !

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |