हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

२०६५ को शुभागमन!

प्राध्यापक तारानाथ शर्मा, (मिशिगन राज्य विश्वविद्यालय पूर्व ल्यान्सिङ, सम्युक्त राज्य अमेरिका)

(१)

थोत्रो बूढो बितेको असफल ननिको वर्षले राष्ट्र भाँड्यो

मैला च्याङ्ला पुराना रिसघिनफुटका रोग सर्वत्र बाँड्यो

 

देशै टुक्र्याउने जो सरल जनमा सर्पको खेल चम्क्यो

पृथ्वी नै छट्पटायो र समयसँग मिली लौ नयाँ साल झुल्क्यो

नेपाली एकताको हृदय दह्रिलो पार्न यो साल पाओस्

सारा पाखण्ड फाँड्दै अब त मुलुकमा दिव्यदृष्टि उदाओस्

 

पैँसट्ठी साल राम्रो अतिशय रसिलो आशको ज्योति छर्छ

सारा हाम्रा गलेका तन र मनमा प्राणसञ्चार गर्छ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |