हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नेपाल-चीनबिच दिगो सम्वन्ध

दीर्घराज प्रसाई, (काठमाण्डौ)





दुई ठूला देश चीन र भारतको वीचमा नेपाल अवस्थित हुनु अभिशाप नैं बनेको छ । भौगोलिक र सांस्कृतिक हिसाबले भारतसँग नेपालको धेरै नजिकको नाता भएता पनि भारतीय व्यवहारबाट नेपाल सँधै पीडित छ । यसको लागि चीन नैं नेपालीहरुले आफ्नो विश्वासिलो मित्र ठान्छन् । अव चीनसँग नेपालले बाणिज्य र पारवहन मामिलामा हात बढाउनु पर्ने अत्यावश्यक भएको छ । वारवहनको हिसाबले नेपालले पनि सँधै भारतकै मात्र भर पर्नुपर्ने भएकाले आर्थिक हिसावमा साहै पीडा भोग्नु परेको हो । भौगोलिक अवस्थाले चीनको भूमि मार्फत नेपालले पारवहन सुविधा उपभोग गर्न सकिरहेको छैन । नेपाल भारतीय दवाव र हस्तक्षेपबाट मुक्त हुन चाहन्छ । चीनसँग बाणिज्य र पारवहनको कारोवार हुनथालेपछि नेपालको लागि वरदान हुनसक्छ । चीन पनि यस मामिलामा सकारात्मक छ ।

नेपालमा पहिला र अहिले जे जस्ता विकराल परिस्थिति सिर्जना भए त्यसको कारक भारत नैं हो । भारतीय हैकमवादकै। कारण नेपालको राजनीतिक आर्थिक व्यवस्थाले राम्ररी खुट्टा टेक्न सकिरहेको छैन । भारतको अधिकांश क्षेत्रहरुको भ्रमण गर्दा भारतीय जनताबाट नेपालप्रति जुन आस्था र सद्भावना छ, त्यो प्रशँसनीय छ । तर त्यस्को वदला कांग्रेस आई का नेताहरुबाट नेपाललाई अपमान मात्र गर्ने गरेकाले भारतको प्रजातान्त्रिक स्वरुपकै उपहास हुन गइरहेको छ । २०३५ सालमा राजीव गाँधीको सरकारले बिना कारण अन्यायपूर्वक नेपाल माथि नाकावन्दी लगायो । राजाबाट पद नपाएर भाँडिएर हिडेका कांग्रेस एमालेका केही कुपुत नेताहरुलाई २०६२ सालपछि उचालेर आफूले आतंककारी घोषित गरेको माओवादी बिद्रोही समेतलाई सुबिधा-साधन जुटाएर कथित लोकतन्त्रको नाममा नेपालको अस्मिता ध्वस्त गराउन धर्मनिरपेक्षता गणतन्त्र जातीय स्वयत्तताको आधारित संघीय राज्य लगायत तराईमा यतैका र केही उतैबाट आएका केही मदेसीहरुलाई बोकेर नेपालको रक्षा र विदेश नीति आफ्नो कब्जामा पार्न जुन षडयन्त्र गरिरहेको छ जसको कारणले हामी नेपालीहरु भारतीय विस्तारवादी नीतिको डटेर मुकाबिला गर्ने वाध्यतामा परेका छौं । नेपालको पहिचान ध्वस्त गराउन लागिपरेका कांग्रेस र एमालेका गिरिजा र माधव नेपालहरु जस्ता राष्ट्रघाती चोट्टा एवं माओवादीका केही नेताहरु भारतकै इशारामा हिडेर राष्ट्रको अधोगति गर्नमा सशक्त भएको कुरा सबैको अगाडि छलङ्ग भइसकेको छ । यस्ता चोट्टाहरुका कालो कर्तुत्को बिरद्धमा सारा पार्टीका देशभक्तहरु र नेपाली जनता राष्ट्रघातको बिरद्धमा संगठित हुनु अपरिहार्य भइसकेको छ । राष्ट्रियताको सवालमा नेपाली मर्छन् कोहीसँग झूक्दैनन् ।

बाणिज्य र पारवहन व्यवस्थालाई संस्थागत गर्न चीनमा विस्तार भइरहेको रेलमागलाई सदुपयोग गर्नु नैं हो । बेइजिङदेखि लासासम्मको रेल्वेमार्ग संचालन भई सन् २००७ देखि यात्री तथा कार्गो सेवा संचालन हुन थालेको छ । रेल्वे मार्गबाट चीनले आफ्नो ब्यापार वृद्धि र अस्तित्व देखाउनको लागि पनि ब्यापक सोच राख्न सक्नुपर्दछ । यसको लागि चीनले नेपाल लगायत दक्षिण एशियाका राष्ट्र तथा यूरोपका देशहरुमा रेल्वे मार्ग विस्तार गरेर विस्तारवादी तथा सम्राज्यवादी राष्ट्रहरुलाई सवक दिएर नेपाल जस्ता शान्तिपि्रय राष्ट्रहरुको अगाडि असल मित्र बन्न खोज्नुपर्दछ । चीनको यो महान कार्यबाट नेपाल लगायत दक्षिण एशियाका साना देशहरुलाई यूरोपमा सम्पर्क बढाउन ठूलो माध्यम् बन्नसक्छ । यसअवस्थामा नेपाले पनि आन्तरिक र वाह्य सहयोगमा योजनावद्धरुपमा ताप्लेजुङ्गदेखि दार्चुलासम्म पहाडी राजमार्ग निर्माण गर्नमा सशक्त भएर लाग्नु पर्दछ । अनि नेपाल सुन्दर शान्त विशालमा परिणत हुनेछ ।

तर अहिले चीन किन नेपाल माथि सम्राज्यवादी र विस्तारवादीहरुको नाङ्गो हस्तक्षेपको रमिते भएर बसिरहेको छ नेपाल माथि सम्राज्यवादी र विस्तारवादीहरुको हस्तक्षेप भनेको अखण्ड-चीनलाइृ्र विखण्डन गर्ने षडयन्त्र हो भन्ने कुरा चीनले बुभुन सक्नुपर्दछ । नेपाललाई अहिले स्वदेशी र विदेशी हुँडार र भष्मासुरहरुले नेपालका सार्वभौम स्रोत लगायत प्राकृतिक सांस्कृतिक संरचनाहरु ध्वस्त गर्न लागेको अवस्थामा पनि चीन चुप लागेर बस्न हुन्न । संयुक्त राष्ट्र संघको आडमा अमेरिकाले नेपाललाई आधार इलाका बनाएर कथित मानव अधिकारको नाराबाट पि्रु तिब्बतको नाममा अखण्ड-चीनलाई ध्वस्त बनाउने षडयन्त्रमा छ । नेपालमा राजाले अखण्ड-चीनको सम्मानगर्दै दलाई लामाको कार्यालय बन्द गराएकोमा राजासँग असंतुष्ट भएर अमेरिकाले गणतन्त्रको बाटो लिएको हो । यता अमेरिका र संयुक्त राष्ट्र संघको सहमति जुटाएर नेपालमा धर्मनिरपेक्ष कथित संघीय-गणतन्त्र स्थापना गराएर आफ्नो पूर्ण चलखेल बढाउनमा भारत लागेको छ । नेपालको राजसंस्था नेपाल र चीनको सुरक्षाको ग्यारेन्टी हो भन्ने कुरा चीनले बिस्रन खोज्दा चीनलाई अप्ठयारो पर्न गएको कुरा ताजै छ । अवको दिनमा नेपाल र चीन बिचमा शान्ति र स्थायित्वको लागि राजसंस्थाको पुनस्रथापना गर्ने कुरामा सहमति जनाउँदै चीनले नेपाली जनतालाई सहयोग पुर् याउन सक्नुपर्दछ । नेपाली जनता चीनसँग जति विश्वस्त छन् त्यत्ति नैं चीनले पनि नेपालमाथि भारतको नाङ्गो हस्तक्षेपको बिरोधमा उत्रिन सक्नुपर्दछ । यसले चीनको पनि हित गर्दछ । नेपालले चीनको खुलेर समर्थन गरिरहेको अवसथामा चीनले पनि भारतीय हस्तक्षेपको बिरद्ध खुलेर व्यवहारमा उत्रिन सक्नुपर्दछ ।

भारतीय हस्तक्षेपबाट मुक्त हुन चीनले यातायात र रेल्वे मार्गको निर्माणमा सहयोग गरेर नेपाल-चीन मैत्री विकसित गर्न सकिन्छ । यसैबाट बाणिज्य र पारवहनको व्यवस्था कार्यरुपमा परिणत हुनसक्छ । यसको लागि रेलमार्ग निर्माण गर्दामा लासाबाट खासा हुँदै काठमाण्डौंसम्म रेल्वेमार्ग संचालन भएपछि लासादेखि केरुङसम्म रेल्वे मार्ग निर्माण गरिनु पर्ने अत्यावश्यक हुन्छ । लासाबाट केरु केरुङसम्म ब्रम्हपुत्र नदीको किनारै किनार एकहजार किलोमिटर पर्दछ । चीनको केरुङबाट नेपालको रसुवा २०-२२ किलोमिटर मात्र पर्दछ । लासाबाट केरुङसम्म आउने लाइनबाटै तिब्बतको लाज्यबाट संखुवासभाको किमाथांका आउन करीव सय-डेडसय किलोमिटर पर्छ । त्यस्तै सोही लाइनबाट खासा आइपुग्न करीव ५० देखि ७५ किलोमिटर पर्छ । खासाबाट नेपालको तातोपानी हुँदै काठमाण्डौं आउन १२०-३० किलोमिटर पर्ला । उता केरुङ रसुवागढी हुँदै त्रिशुली नदीको किनारै किनार रेल्वे मार्ग निर्माण गरेर धादिङ हुँदै भरतपुर गैडाकोट पुग्न करीब ३०० किलोमिटर पर्ला । यसरी केरुङ रसुवा खासा तातोपानी र चीनको लाज्यबाट किमाथांका रेल्वे लाइन निर्माण भएपछि यो क्षेत्र स्वर्णभूमिमा परिणत हुनसक्छ । फलतः पारवहनको लागि चीनसँग रेल्वे मार्ग निर्माणको लागि छुट्टै प्याकेज बनाएर नेपाल-चीन वीचमा उच्चस्तरीय रेल्वे मार्ग निर्माण समिति गठन गर्नुपर्ने अत्यावश्यक छ ।

तिब्बतको केरुङसम्म रेलमार्ग जोडिएपछि सोही रेलमार्गबाट काजिकिस्तान तथा रुसबाट पेट्रोलियम पदार्थ तथा उज्वेगिस्तानबाट ग्यास ल्याउने र नेपालमा उत्पादित चीजहरु चीन तथा यूरोपियन देशहरुमा पुर् याउने र रुस तथा यूरोपियन देशहरुबाट असंख्यौ। पर्यटकहरु नेपालमा आउन अत्यन्तै सुगम हुनजाने हुन्छ । यी सबै विषयहरुमा विशेषक्षहरुले सही मार्गदर्शन गर्ने कुरा छदैछ । नेपालको पीडा भनेकैं भूपरिवेष्टित अवस्था हो । भारतबाट पारवहनको सुविधा नेपालले उपभोग गर्दै आएतापनि भारतको विस्तारवादी व्यवहारले नेपालीहरु सँधै मारमा पर्दै आएकाछन् । २०३५ सालमा अर्थात सन् १९८९ नोवेम्वरमा भारतले बिनाकारण ब्यापार तथा पारवहन संधिमा सहमति नजनाएर नाकावन्दी गरेको कुरालाई बिस्रन सकिदैन । विश्वका सबैजसो मित्र राष्ट्रहरु लगायत चिनियाहरुले भारतले नाकावन्धी गरेकोमा दुःख मनाएका थिए । युगौंदेखि स्वतन्त्र र सावैभौमसत्तासम्पन्न राष्ट्र नेपाल कसैको शरणमा परेर अन्तराष्ट्रिय परम्परा र नियमको बिपरित सँधै भारतसँग खुम्चेर बस्न सक्तैन ।

रेलमार्ग निर्माणको क्रममा नेपालको पूर्व-पश्चिम राजमार्ग हुँदै संचालन हुन थालेपछि नेपाल खुल्ल्ला भएर हिडनसक्छ । नेपाल जस्ता प्रत्येक भूपरिवेष्ठित मुलुकहरुले आफ्नो बाणिज्य र पारवहन सुबिधा कहाँबाट र कसरी गर्ने भन्ने आफ्नो चासोको विषय हो । अफगानिस्तानको पारवहन संझौता इरान पाकिस्तान र रुससँग छ । लाओसको कम्वोडिया, थाइल्याण्ड र भियतनामसँग छ । नेपालको ब्यापार र पारवहन संधि यातायातको कारणले भारतसँग बढी मात्रामा भरपर्नु परेता पनि चीनको रेलमार्ग तथा त्यस्का सहायक मार्गहरु विस्तार भएपछि पाकिस्तान र बंगलादेश हुँदै विश्वका सबै राष्ट्रहरुसँग सम्पर्क बढ्नजान्छ र नेपाल भारतीय हैकमवादको पीडाबाट मुक्त हुन्छ । स्मरणरहोस्- त्रिभूवन राजपथको निर्माण हुनुभन्दा अगाडि काठमाण्डौ। लगायत नेपालको ७५ प्रतिशत जनताको कारोवार बन्द ब्यापार तिब्बत-चीनसँगै थियो । त्रिभूवन राजपथको निर्माण पछिमात्र नेपालको आवातजावत बन्द-ब्यापार भारतसँग बढ्न गएको र उत्तरतर्फ घट्न पुगेको मात्र हो । भोलि चीनको तिब्बतमा रेलमार्ग बिस्तार भएपछि नेपालमा बाणिज्य र पारवहनको लागि यो नैं सुगम र उपयोगी हुनसक्छ । यसको लागि नेपालले सम्पूर्ण शक्ति यसैमा केन्द्रीत गर्दै्र चीनसँग प्रस्ताव अगाडि बढाउनु पर्ने अत्यावश्यक छ ।
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |