हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

भूपेन्द्र महत, (कोलोराडो)

झर्को फर्को तिम्रै ठुलो, अझै घुर्का ऊँ छौ तिमी
सानोतिनो कुरामा नि ,आशु तुर्काऊँछौ तिमी

मन सफा भए गंगा, लोटामा पनि अटछ
शंका पाली लंका खाने, कुरा हुर्काऊँछौ तिमी

औशी पूर्णे लाग्छ क्यारे ,खुशी हुँदा किन फेरी
उडाएर हाबा भरी,साह्रै फुर्काऊँछौ तिमी

टालटुले विश्वाशको, के भर हुदो रछ खै
अँठ्याएर  किल्किलो, डोरी सुर्काऊँछौ तिमी

अबोध चेहरा भित्र , कुटिल मन रछ त
राम राम भनी भिर तिर गुर्काऊँछौ तिमी

आत्मा साक्षी राखेर, कसम खाको भन्थौ त
अतित भुलेर आज, याद खुर्काऊँछौ तिमी
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |