हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

आशा र बन्द ढोका

विद्या सापकोटा, (कल्याणपुर ७ नुवाकोट हाल: शंकरदेव कलेज काठमाडौं ।)

कति कालो रात
पटक्क निद्रा परेन
घरक्क झ्याल खोलें
पवनको कति मिठो स्पर्श ॥

मायालु चुम्वनका साथ
कोही भित्रियो मेरो कोठामा
झ्यालको बाटो भएर
ढोका त बन्दै थियो ।

पाहुना वनेर आएको त्यो
मेरो आशा थियो
तत्काल यत्रतत्र दैडन थाल्यो
विना अनुमती
विना हिचकिचाहट ॥

मैले रोक्न सकिन
सायद चाहिन पनि
रात टरेकै होइन
अन्धकार अझ  ब्याप्त थियो
तर त्यो आशा
मनभरी दिप भएर पो बल्न थाल्यो ॥

मेरा अनिँदित आखावीच
त्यो घुमिरह्यो डुलिरह्यो साम्राज्य
जमाउदै मेरै वरिपरी
गुन्गुनाउदै चुम्न थाल्यो
यताउता अधर भरीभरी ॥

विस्तारै त्यो आशा
विश्वासमा रुपान्तरित हुदै थियो
त्यो अस्पष्ट छाया
सुन्दर आकृति बन्दै थियो ॥

अनुग्रहित हुदै थिए म
सधैको लागी साचियोस् भिन्न अनुभुती
लोभी बन्दै गए म
कसैको आखा नलागोस अनायासै भित्रिएको खुसीमाथी
एक्कासी
अनौठो लाज र संकोचले एकसाथ खुम्चिएँ म
अनी हत्तपत्त झ्याल बन्द गरे ॥

अब पर्खाल पुरै बन्द भयो
म मस्किएँ, कुत्कुतिएँ, उन्मत्तिएँ
आफ्नो बाहु भरिएको कल्पेर
तर………तर
बाँकी थियो त्यही शुन्यता
त्यही एकांकी त्यही निस्सारता ॥

खै थाहै भएन
मेरो आशा मेरो विश्वास कहाँ हरायो
देखिरहे ढोका त अझै बन्दै थियो ॥

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |