स्वदेश नै फर्कन मन लाग्यो
बिनोद खड्का, (हाल: दोहा, कतार)
बन्दुक बोकेर
रगतको होली खेल्ने हातहरुमा
शान्तिका दूत
सुन्दर परेवाहरु देख्दा
दूई शव्द कोर्न मन लाग्यो ।
बलेका टाएरले
क्षत विक्षत भएका सडकहरुमा
गणतन्त्रको नारासंगै
शहर र सडक रमाएको देख्दा
प्रवासमै भए पनि नाच्न मन लाग्यो ।
मेरो प्यारो देशले
सुन्दर प्रभातको लालीहरुमा
नयाँ भविष्यको
विगुल फुकेको जस्तो लाग्दा
स्वदेश नै फर्कन मन लाग्यो ।