हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बजार

शेखर ढुङ्गेल, (युएसए)

यो संसार
एउटा बजार
अनगिन्ती छन् बस्तु
त्यति नै गन्तीका जार

हो यो संसार जार हरुको
सौहार्दतामा 'वस्तु'
साटासाट गर्ने
कतै सानो कतै ठूलो
हाटबजारको भीड हो ।

हो यो संसार
नैतिकता अनैतिकताका
सीमा छिचोल्दै
इमान लेनदेन गर्ने
'जार' हरुको एउटा बजार हो ।

हो यो संसार
'जार' हरुको मान्यता भत्काउँदै
मर्दको मात्र आधिपत्य छोडी
महिला पनि समावेशी भएकी छन्
'नयाँ' पुरानो 'वस्तु' जार गर्ने हाटमा

आजको यो संसार
'जार' हरुको हाटमा
'सन्धि' साटासाट हुन्छन्
'ठेक्कापट्टा' बोल-कबोल हुन्छ
'पर्दा' अगाडि र पछाडि जार हरुको खेलमा ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |