हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दुख्छ मुटु झन अहिले

श्रीजन अनिमेश, (एनान्डेल,भर्जिनिया)

माछी उनियो झिरैमा
मन उनियो पिरैमा
सम्हालनै नसकिने
सधैं सधैं वहकिने
यो मेरो चन्चले मन
दुख्न छोड्ला भन्दा वल्झिन्छ झन झन

सम्झी रमाइला क्षणहरु
बित्छन मेरा पलहरु
मैले गर्ने के हो र
आँखा भए आसुँ सागर
कसो गरौं भन मैले
दुख्छ मुटु झन अहिले

बुझाउन त खोज्छु मन
बल्झिदिन्छ झन झन
उड्दा सबै सपनाहरु
मर्दा सबै रहरहरु
कसो गरौ भन मैले
दुख्छ मुटु झन अहिले

साउनको झरी के हो
आँखालाई सोधी हेर
बैशाखको धुप के हो
ओठलाई छामी हेर
ज्वालामुखी कस्तो हुन्छ
मुटु भित्र पसी हेर

लाग्छ भने मैले बिर्स्या
मनभित्र पसी हेर
मायासागर देख्दा भित्र
रोलाउ फेरि सम्झिएर
कसो गरौँ भन मैले
दुख्छ मुटु झन अहिले

मन त थियो सयपत्री
थुङा टिपी शिरमा लाउन
साथीसङ्गी सबै मिली
रहरका गीत गाउन
तर कसो गरौं मैले
दुख्छ मुटु झन अहिले

नरुनु है कहिल्यै पनि
सम्झिसम्झी मलाई फेरि
अकालैमा मर्यो भनी
मन बुझाउ दौंतरी
अनी कसो गरौं मैले
दुख्छ मुटु झन अहिले

यसो गर्‍यो उसो गर्‍यो
सम्झना त तिम्रै हुन्छ
सम्झी ल्याउँदा विगतलाई
धक्क फुल्छ मुटु झन
कसो गरौं भन मैले
दुख्छ मुटु झन अहिले
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |