हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ओबामाले रचे इतिहास

प्रमिला शर्मा, (डेनभर)

पुस्तौं पुस्तौं रणसंग्राम

सपना हेरे गोरे समान

आज ओबामाले पाए सम्मान

समय परिवर्तनको भयो पहिचान

 

जति जति उठ्न खोजे काले

विध्वंस अनिष्ट मात्र फेला पारे

विधवा अनि टुहुरा हुन थाले

घर जली जली खरानी हुन थाले

 

सपना छातिभित्र दबाई

बहिरो प्रजातन्त्रको कान बनाई

तन्नेरीलाई आश सिकाई

कैयौं पुस्ता हिंडे ज्यान गुमाई

 

तनमा चोट मनमा घाउ

सयवर्ष बाँच्ने आमाबाबु

बल्ल उनीहरूको सूर्य उदायो

सेतो घरमा काले राष्ट्रपति आयो

 

प्रेमको भाषा बोली बोली

भोट बटुले सोली सोली

श्रीगणेशको तक्मा उनले पाए

ओबामा ऐतिहासिक व्यक्ति कहलाए

 

नाम जात र रंगले के हुन्छ?

अम्रिकाको प्रजातन्त्रमा थपियो सुगन्ध

छरियो आशाको किरण संसारभरी

रातै नसुती विश्वले मनायो खुशी

 

संसारका सबै युवा बोले

ओबामाले ढोका खोले

साना ठूला सबै भए समान

ध्रुवतारा हुन् ओबामा सबैले जान

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |