हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कफि-कविता

लारा राई, (हँगकँग)

१) तिमीले भन्यौ-
    "हार्यौ नि ! तिमी सजिलै मसँग ।"
    त्यतिबेला
    देखेनौ आँखामा तैरिएको
    तिम्रो खुशीभित्र
    कि !
    दोब्बर खुशी त म पो थिएँ
    वास्तवमा
    हारेर पनि जित्नुको संतुष्टि
    के तिमीले कहिले अनुभव गरेका छौ ?

२) विल्कुलै थाहा थिएन
     एउटा संयोग तिम्रो अनुरोधको-
    "के हामी कुनै दिनसँगै कफि पिउन सक्छौं ?"
    त्यो क्षण-
    वातावरणजस्तै न्याना पलहरु र
    उड्दै गरेका कफिका वाष्पहरु
    काशः के संभव होला यसरी नै
    उड्नलाई हाम्रा आंकाक्षा र सपनाहरु
    अपसोच !
    कालो कफिको तीतो स्वादसँगै
    मान्छेका मीठा सपनाहरु
    उडिरहन्छन् अनिश्चित………………।

३) यद्यपि
    त्यो उमेर रहेन अव
    बेनाम चौकका चिया पसलहरुका
    कट्मेरो दाउराका धुँवामा रुमलिँदै
    बाक्ला शिसाका ग्लासहरुमा
    निर्धक्क चिया पिउँदै विताएका
    अल्लारे बैंशहरु………………॥

४) नोष्टालजिक ती क्षणहरु !
    त्यो बेनाम चौक अनि
    चियाका गुलिया चुस्कीहरु
    हिजोआज
    कता कता खल्लो !
    कता कता तीतो !
    कफिका स्वादजस्तै
    जीन्दगीका स्वादहरु पनि ॥




 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |