हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अजन्मा छोरीको याचना

लालीगुराँश, (काठमाडौं)

आमा!

कति कोमल तिम्रो मायाँको स्पर्स
कति चोखो तिम्रो मातृवात्सल्य
तिम्रो दैवीय मातृत्वको कवचले
मलाई तिमी भित्रै छोपीदेऊ
मेरा हत्याराहरुलाई तिमीले बाटैमा रोकीदेऊ । ।१।

मलाई बचाई प्रकृतिको संसार देख्नदेऊ
खुला आकाश अनि तिम्रो मुहार हेर्नदेऊ
म छोरी हुँ त के भो? सन्तान त तिम्रै हुँ
बिन्ति छ तिम्रो गर्भभित्र हुर्कन देऊ
मेरा हत्याराहरुलाई तिमीले बाटैमा रोकीदेऊ । ।२।

तिम्रा पनि आफ्नै विवशता होलान्
मेरा पनि धेरै रहर र आकांक्षाहरु छन्
तिमी पनि त छोरी नै हौ नि त्यसैले
मलाई आफैं सम्झी विवशतालाई बिर्सीदेऊ
मेरा हत्याराहरुलाई तिमीले बाटैमा रोकीदेऊ । ।३।

म छोरी हुनुमा तिम्रो दोष नै के छ र!
तिमी त केवल माध्यम न हौ आमा
किन मरिहत्ते गर्छ्यौ छोराका लागि
यो छोरीलाई पनि एक मौका देऊ
मेरा हत्याराहरुलाई तिमीले बाटैमा रोकीदेऊ । ।४।

गर्भबाट जन्माई मलाई धर्तीमा टेकाऊ
ताते ताते गर्दै हिंड्न सिकाऊ
ठूली भई तिम्रो सपना फूलाउँछु
कृपया, मेरो प्राणको भिख मागीदेऊ
मेरा हत्याराहरुलाई तिमीले बाटैमा रोकीदेऊ । ।५।

आपतमा बरु सोच्न सिकाऊ आमा
दु:खमा पनि जुध्न सिकाऊ
सक्षम भई भोलि तिम्रै ढाल बन्नसक्छु
मलाई त्यस लायक बनाईदेऊ
मेरा हत्याराहरुलाई तिमीले बाटैमा रोकीदेऊ । ।६।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |