हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आजको दिन

दुर्गाबहादुर शाह 'बाबा', (पोखरा)

आजको दिन
रमाउनु छ
आर्तहरुको हात समाउनु छ
इश्वर प्रद्दत यो दिन
हसि मुखि विताउने छु
दुखलाई स्वीकार्ने छु
खुसि बाड्ने छु
प्रकृतिलाइ बुझ्ने छु
किनकी
आजको दिन
निर्धक्क हुनु छ
प्रीत सँग बाच्नु छ
भोलीको के भरोसा
मलाई के थाह
मृत्यु कहानेर छ
यसैले
एक दिन मात्रै किन नहोस्
दिल खोलेर हास्ने छु
जीवनमय बनाउने छु
डाली डाली घुम्ने छु
आजको दिन
प्रेम पूर्वक बाच्ने छु
नरम हुने छु
कर्तब्य निभाउने छु
आमा संझने छु
गुरु मान्ने छु
मलाइ भोलीको के थाह
मेरा लागी आउछ आउदैन
त्यसैले
आजको दिन मेरो दिन
दिल खोलेर हांस्ने छु हँसाउने छु
के थाह
भोलीको दिन मेरो हुन्छ हुदैन्
त्यसैले आजको दिन मेरो दिन


 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |