हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

कार्लोस, मेरो दर्पण छाँया

सुन्दर जोशी, (वेष्टपाम बीच, फ्लोरिडा)

बोएन्टन बिच इनलेटको पार्किङ्गलटमा छु म यतिबेला । घाम पनि उदाएको छैन त्यै पनि केही सौखिनहरु तीरको छेउमा उभिएर सागरमा बल्छी फाल्न थाली सकेका छन् । म भने गाडी भित्रैबाट पूर्वको क्षितिज तिर रक्तीम हुँदै गएको आकाश नियालेर बसि रहेछु । धरै पल्ट विल्कुल यहि ाँउमा आएर सागरमा देखिने सुर्योदयको स्वप्नील दृश्यहरुलाई मैले आफ्नो
भिडियो क्यामेराभित्र कैद गरी सकेको छु । यहाँ आएर म कहिल्यै थाक्दिन । कुनै कुनै ाँउ त्यस्तै हुन्छ- जस्तै थामे गुम्बा नजिकै उभिएर खानतेका र थामसेर्कु हिमालको प्रेमालाप हेरेर मेरा आँखाहरु कहिल्यै थाकेनन् । जोमसोमको नयाँ र पुरानो बजारलाई जोड्ने एउटा सानो साँघुमा उभिएर खोलाहरुको गीत सुन्दै धौलागिरीसंग मस्की रहने नीलगिरीको नखरा हेरेर म कहिल्यै थाकिन । यस्ता अनगिन्ती ाउँहरु छन् मेरो देशमा जहाँ पुगे पछि म प्रकृतिको एकदमै नजिक हुने गर्दथे ।

तर आज यति सबेरै यहाँ आउनुको कारण भने मेरो साथी कार्लोसको उर्दि टाल्न नसकेर नै हो । कार्लोस, मेरो साथी, ऊ संग मेरो मित्रताको सुरुवात नै गजबको झगडाबाट भएको थियो । म यसरी नै विल्कुल यहि ाँउमा गाडि भित्रै बसेर ट्राइपडमा राखेको क्यामेराबाट सुर्योदयको स्वप्नील दृश्यहरुलाई कैदी बनाउँदै थिए ऊ मेरो गाडिको झ्याल नजिकै आएर स्पेनीस भाषामा बोल्न सुरु गर्यो ।

"कोमोस्तास् अमिगो" बाहेक मरी जाऊँ मैले एक शब्द अरु बुझेको भए । तर ऊ एक नास बोली रह्यो र म हेरेको हेर्यै भइ बसे । कस्तो अचम्मको मानिस होला । जब उसले मबाट कुनै प्रतिउत्तर भेटेन अर्थात मैले न त शब्दमा न त भावमा नै केही प्रतिकृया देखाउन सकेँ अनि ऊ अनायास यति धेरै रिसायो कि झण्डै मेरो क्यामेरा नै तानेर भुईँमा पछारेन । अनि मलाई पनि जंग चल्यो र पक्का मतवाली झोक निकालेर जंगीए ।

"म तेरो भाषा बुझ्दै बुझ्दिन त भुत्रो जवाफ दिऊ तँलाई"

साच्चैनै तोङवा तन्काएर एकादशी बजारमा तरुनीको निउमा झगडा गर्न तम्सीएको जस्तो भाव  भँगिमा थियो मेरो र अब जिल पर्ने पालो उसको थियो । किनभने म पनि नेपाली मै जंगिएको थिए । एउटा अचम्मको निस्तब्धतासंगै हामीले एक अर्कालाई आ-आफ्ना क्रुद्ध आँखाहरुले घुरी मात्रै रह्यौ । अन्तत: ऊ हाँस्यो र हरुवा हाँसो अनुहारमा पोतेर अग्रेजीमा बम्कियो  ।

"व्हेर आर यु फ्रम ?"
"नेपाल" मेरो पारा अझै झरेको थिएन ।
"नेपल्स् ?"
"नेपाल...  नेपाल...  कन्ट्री अफ माउन्ट एभरेष्ट, दि टलेस्ट माउन्टेन इन दी वल्र्ड ।" मैले अलि ुलो ुलो स्वरमा हातले संकेत गर्दै भनें ।

कस्तो जीराहा होला, अलि परैबाट हावामै मेरो मुख लेप्राई दिएर भन्यो -

"पेरु, माइ कन्ट्री गाट त हाइएस्ट माउनेन्ट इन द वर्ल्ड ।"

मेरो कन्सीरी झन रन्कीयो र म गर्जिएँ - " जोग्राफी पढेको छस् ? हिस्ट्री, इनसाइक्लोपेडीया सबै झु सावित गर्न सक्छस् ?"
अनि ऊ खितीती हाँस्यो । कस्तो नियतिको मानिस होला ? यति मजाले हाँस्यो कि म न त हाँस्न सकें न त रिसाउननै । उसले जबर्जस्ती मसंग हात मिलाउँदै भन्यो "तिमीलाई हेर्दा ऐना हेरेझै लाग्यो, कस्तो गजबको समानता । अब भने मलाई पक्का विश्वास भयो मेरा पुर्खाहरु एसियाबाटै आएका थिए भन्ने कुरामा ।"

म मौन थिए,  वास्तवमा म अझै आफ्नो स्वभाविक अवस्थामा झर्ने क्रममै थिएँ, फेरी उसले नै भन्यो- "तिमी नरिसाऊ है मसंग ? पहिला त म झुक्कीएँ तिम्रो अनुहारमा । तिमीले मलाई अन्डरमाइन गरेर नबोलेको होकी भन्ने ाने । तर यो हिमालको कुरामा भने म तिम्रो रिस हेर्नलाई नै चिढ्याइ रहेको थिएँ । मैले फकल्याण्डको लडाईको बारेमा पढेको थिएँ । सगरमाथा त तिम्रै देशमा छ पेरुमा होइन ।" ऊ फेरी मी ो मुस्कुरायो अनि मैले पनि उसको हातलाई बलियो समातेर खित्का छोडेर हाँसी दिएँ । हामी दुवैसंग संगै मजाले हाँस्यौ ।

त्यो भेट देखि आज सम्म हामी बीच फेरी कहिल्यै त्यस्तो क्षण आएन जुन क्षणलाई जीवनमा समझिनु नपरे हुने थियो भने जस्तै होस् । हाम्रो मित्रता यति प्रगाढ हुदै गयो कि हाम्रो भेटघाट खालि त्यो सागरको किनारसम्म मात्रै सिमित रहन सकेन । ऊ त मलाई ऐनामा देखिने उसको आफ्नै प्रतिरुप ान्दथियो । अनि घरी घरी भनि रहन्थ्यो "तु एरेस मि रेफ्ले हो" अर्थात तिमी मेरो दर्पण छाँया हौ ।

"अनि मैले पनि उसलाई आज भोली दर्पण छाँया भन्ने गरेको छु । यस्तो किन भयो भने ऊ आफ्नो गुण र अवगुणहरुको बारेमा वर्णन गरेर जीवन जीउने उसको दर्शन र शैलीहरुको वर्णन गरेर यहाँ सम्मकी नितान्त गोप्य राख्नु पर्ने पारिवारिक समस्याहरु, भोगाईहरुको पनि वर्णन गरेर मेरा राय बुझ्न चाहन्थ्यो र म उसको सबै कुरा सुने पछि भन्न बाध्य हुन्थे ।

"कतै तिमी मेरो जीवनलाई छर्लङ्ग ऐनामा देखि रहेको त छैनौ ? म त तिम्रो सबै कुराहरुलाई आत्मासात गरेर आफैलाई भुल्ने गर्छु ।"

अनि उसले स्वभाव अनुसार एउटा जोडदार मुक्का मेरो अनुहार नै भत्काउने गरी मेरो चेहराको नजिकै ल्याएर रोक्यो ।

कार्लोस मेरो दर्पण छाँया- आफु हारेर अरुलाई जिताउने मानिस हो । सहयोगी र स्नेही हुनुको वदलामा थुप्रै घात प्रतिघातको चोटले विक्षिप्त भएको मुटु छातीमा बोकेर उ मेरो सामुन्ने पर्थ्यो र साच्चैनै ऐना हेरे जस्तै हेर्थ्यो मलाई । एउटा अर्थपुर्ण छोटो मुस्कान मात्रै पाउथ्यो प्रतिउत्तरमा उसले उसको दर्पण छाँयाबाट  । अनि ऊ खुसी भएर फेरी फर्किन्थ्यो ।

ऊ पेरु (उसको देश) लाई मैले मेरो देश नेपाललाई माया गरे जस्तै भुतुक्क गर्थ्यो । अनि एकदिन म ऊसंग उसको डुङ्गामा एक्लै भएको बेला सोधेको थिएँ-
"किन आयौ अमेरीका ?"  उसले मेरो आँखामा तिखो नियाल्यो तर मैले छोडिन । "तुपाक ?"

बल्ल बोल्यो - "त्यो पनि एउटा बहाना थियो तर वास्तवमा म भाग्न चाहन्थे । थुप्रै स्वार्थी मान्छेहरुको हुल भित्र बन्दी झै थिएँ म र नितान्त एक्लो एउटा व्यक्तिगत जिन्दगी बाच्ने रहरले भागेको थिएँ ।"

ऊ रोकियो शब्दहरु घाँटीमा अड्किए जस्तै उकुसमुकुस भएको भाव थियो उसको अनुहारमा । मैले सजिलै अनुभव गरें ऊ आफुले त्यागेर आएको जीवन सम्झेर विव्हल भएको छ । अमेरीका घाँटीमा अड्किएको गाँस भएको छ उसलाई यतिबेला ।

"मानिसहरुलाई चिन्न सारै गाह्रो छ सुन्दर  । जुन सपनाको जालो फालेर मेरा आफ्नै मानिसहरुले मलाई यहाँ ताने वास्तवमा म अर्को धरापमा फसेको मात्रै थिएँ । मेरो जिन्दगी त बन्धकीमा परिसकेको थियो र म अमेरीकामा पाइला राखेकै दिन ग्वाँ ग्वाँ रोएको थिएँ ।"

ऊ भावुक भै रहेको बेला मैले त्यो दिन सम्झिएँ । अमेरीका आइ पुगेको भोलि पल्टनै म आफ्नो आमाको स्वर सुन्न आतुर भएको थिए र फोनमा आमाले "बाबु त काँहा पुगिस् हामीलाई छोडेर ।" भन्नु हुँदा अनायास भक्कानिएर रोएको थिएँ । एउटा बालक जसलाई आमाको अंगालोबाट खोसिदै गर्दा जसरी कोहराम मचाउछ बिल्कुल त्यसरी नै रोएको थिएँ म पनि ।

दुवै जना मौन थियौ । सागरमा उ ेका ुला ुला छालहरुसंग जुझ्दै उसले चलाएको डुङ्गा एउटा अनिश्चित गन्तव्य तिर गई रहेको थियो । मैले फेरी सोधें - "सपनाहरु पनि बोकेर आएका थियौ होला "

अनायास डुङ्गाको गति तिव्र पार्दै उसले भन्यो - "सपनाहरु सबै फुटे । आज भोलि म सपना सबै रित्तिएको आँखाहरुले हेर्छु आफुलाई ।"
"ऐनामा ?" मैले जिस्क्याउँदै सोधें ।

प्रतिउत्तरमा उसले मलाई कसरी नियाल्नेछ भन्ने मलाई थाहा थियो । त्यसैले म उसको हेराइको सामना गर्नुपर्ला भनेर पहिले नै आँखाहरुलाई विपरीत क्षितिज तिर फालेर बसि सकेको थिएँ ।

उसको सपना अर्थात उसको आँखाको नानीहरुको बारेमा मलाई राम्रै जानकारी भै सकेको थियो । एकदिन उसले मलाई भनेको थियो "झण्डै रेट्यो छोराले चरेस खाने पैसा नदिएको रिसमा ।"

उसको एउटा छोरीसंगको साक्षात्कार भने वर्णन गर्दा पनि शब्दहरुले नै लाजमान्ने परिस्थितिमा भएको थियो । त्यो दिन हामीलाई बेकारमा साउथविच पुगे जस्तो भयो ।

"घरबाट कलेज जान भनेर निस्केकी केटी हो त्यो ।" उसले एउटी केटी जसलाई मैले झण्डै जेनिफर लोपेजनै ानेँ तिर संकेत गर्दै भनेको थियो । शरीरमा लुगाको नाममा मात्र  दुई त्यान्द्रो टाँसिएको एक हुल केटीहरु केटाहरुको वाइकको पछाडी थिए । संयोगले हामी बसिरहेको रेष्टुरेन्टको बाहिर रेडलाइटमा उनीहरु रोकिएको बेला आँखाले त्यो कष्ट भोग्नु परेको थियो । उसले नभने पनि मैले त्यो क्षणलाई उसको फुटेको सपनासंगको साक्षात्कारको रुपमा लिएँ ।

घडी हेरें सात बज्न लागि सकेछ । कार्लोस अझै आई पुगेको थिएन । फोन गरें फेरी पनि सिधै मेसेजमा गयो । शंका लागेर उसले मेरो फोनमा छोडेको मेसेज सुनी हेरें ।

"सुन्दर, तिमी यो आउने शनिवार बिहान सबेरै बोएन्टन इनलेटमा आउनु । म अब यो हात्ती पाल्न सक्दिन अर्थात म मेरो बोट बेच्दैछु । अन्तिम पटक मलाई तिमीसंग सागरमा जान मन लागेको छ । तिमी जसरी भए पनि आउनु नत्र तिम्रो र मेरो भेट कहिल्यै हुने छैन ।"

यस्तो धम्कीपुर्ण मेसेज छोडेर ऊ आफु चाँही किन नआएको होला ? मलाई अलि अलि रिस पनि उ ्यो ऊ संग । तर उ बचनको पक्का मानिस हो अवश्य आउने छ भनेर धैर्य धारण गरें ।

ऊ आउने छ । आज पनि सागरको छाती चिर्दै उसले मलाई सागरको निकै भित्रसम्म पुर्याउने छ । स्वभाविक प्रक्रियाहरु दोहोरिने छन् । हामीहरु एक अर्कालाई ऐनामा हेर्ने छौ । पीरहरु साट्ने छौ, सुस्केराहरु बाँड्ने छौ अनि लखतरान परेर थकित थकित भै फर्किने छौं ।

हिजो राति अवेला सुतेकोले होला आँखाका परेलाहरु बोझिल  बोझिल हुदैँ गई रहेका थिए । छोटो मि ो निन्द्राको मजा लिन म त्यसै पनि खप्पिस थिएँ । मैले चुपचाप आँखा चिम्लिएँ ।

आँखाका परेलाहरु बन्द छन् तर म महशुस गरी रहेको छु ऊ आइ पुगेको छ । उसको टाहोए एस. यु. भी. लाई बिस्तारै व्याक गर्दै बोट भएको भाग पानीमा लाँदैछ । सधै झै डोरीको ल ् ा म तिर फाल्दै छ तर म त निदाएको छु । सायद उसले म घुर्की लगाई रहेको छु भन्ने ान्यो । बोटलाई भाग्न नदिन डोरीलाई का को एउटा मुढामा बाँध्दै छ । ऊ उसको गाडिलाई पार्किङ्ग लटमा पुर्याएर आउन्जेल म उसको बोटमा बस्न पुगि सकेको छु । सधै झै बोटको एउटा विशाल यामाहा इन्जीनलाई पानीमा सुस्तरी खसालेर स्टार्ट गरी सकेको छ । म भने कुलर बक्समा कुन बिएर ल्यायो भनेर चियो गरिरहेछु । बिएरको निउमा विवाद हुन छाडी सकेको छ त्यै पनि । उसलाई मोडेलो नै चाहिने अनि मलाई कोरोना नै चाहिने । आज पनि उसले दुवैखाले बोकेर आएछ ।

बोट सागरको मध्य भाग तिर भागि रहेको बेला मैले आकाश नियाल्दै भने "आज मौसम राम्रो छैन ।" "केहि फरक पर्दैन ।" विरक्तीमा चुर्लुम्म डुवेको थियो उसको आवाज । अमेरीकाको आर्थिक मन्दीले डाँवाडोल भएको थियो उसको जिन्दगी पनि । जिन्दगीलाई फेरी शुन्यबाट उ ाउनु पर्ने मेरो जस्तै थुप्रै बाध्यताहरु बिच ऊ आक्रान्त छ भन्ने मैले बुझेको छु त्यसैले मैले अवेला आउनुको प्रसंग नै उ ाइन ।

ऊ सागरको छालहरुमा डुङ्गालाई सन्तुलित बनाउने प्रयास गरी रहेको थियो र म मनभित्रको ज्वारभाटा बिच सन्तुलित बन्ने प्रयास गरी रहेथे ।

"तिमीलाई डर त लागि रहेको छैन ?" अनायास उसले मलाई प्रश्न गर्यो ।
"के को डर ?" मैले प्रतिप्रश्न गरें ।
"बिकराल छालहरुको ।"
"तिमीलाई  नि ?" मैले डर लुकाउँदै सोधें ।
"यो भन्दा बिकराल छालहरु यो छातीमा उर्लि रहेको हुन्छ । म अभ्यस्त भै सकेको छु । "

म नाजवाफ भएँ ।

"तिमीलाई मृत्युसंग डर लाग्छ ?" उसले फेरी पनि मेरो अनुहार चियाउँदै प्रश्न गर्यो ।

"डराए पनि त्यसले छाड्ने होइन क्यारे, तिमीलाई नी ?" मैले फेरी पनि प्रतिप्रश्न फालें ।
"यी छालहरुले आज मेरो डुङ्गालाई निलेर मात्र शान्त होला जस्तो छ ।"
"हो र ?" मेरो संक्षिप्त जवाफसंगै डुङ्गालाई बिशाल छालले हिर्कायो तर उसले सम्हाल्यो ।

"आज यो बोटमा तिम्रो सट्टा मेरा सबै शत्रुहरु हुनु पर्ने ।" ऊ छालसंग निकै कुद्ध भएर बोटलाई सन्तुलनमा ल्याउने संर्घष गरी रहेको थियो । म उसको बिचित्रको कुराहरु बुझ्ने प्रयास गरी रहेको थिएँ । "मर्नै पर्ने भएपछि ती दुष्टहरुको भिडलाई पनि संगै डुवाउन पाए कमसे कम … ।"

"तिमी त्यस्तो ननसेन्स काम गर्न सक्दैनौ, नचाहिने कुरा नगर । डुङ्गा राम्रोसंग चलाउ " म झर्किएँ ।

"किन ? किन नसक्नु ?"

"याद छ त्यो दिन तिमी र म बनाना बोटमा लन्च खादै थियौ र हाम्रो सामुन्नेको टेलिभिजनमा समाचार आई रहेको थियो क्यालिफोर्नियामा एउटा अभियुक्तले डिभोर्स भई सकेको स्वास्नीको परिवार सबै भुटेर आफुलाई पनि समाप्त पारेको ?" तिमीलाई याद छ?"
"मतलब ?"
"तिमीले भनेको थियौ रगतसंग तिमीलाई सख्त घृणा छ । पत्तिले काटेको औँलामा देखिने थोरै रगत पनि तिमी हेर्न सक्दैनौ । तिमी कसरी अरुको संहारको कल्पना गर्न सक्छौ ?"

उसको जवाफ नआउँदै एउटा बिशाल छालले हाम्रो बोटलाई निल्न लागेको देखे मैले । लागेको थियो उसले सम्हाल्ने छ तर एक निमेषमै हामी माथिबाट तल सागरमा पल्टीएको बोटसंगै तैरी रहेको हाम्रो शरिरलाई देखि रहेको थियौं । अर्थात हाम्रो आत्मा हाम्रो शरिरबाट इजेक्ट भई सकेको थियो ।

" साँच्चै हामी खुस्केकै हो त ?" मैले उसलाई प्रश्न गरें  ।
"मृत्यु यति सहज होला जस्तो लागेको थिएन तिमीलाई कस्तो लागि रहेको छ?"
"म पनि यस्तै सोचि रहेको छु  ।"

यतिकैमा फोनको घन्टीले म झस्कीएर बिउझिएँ । के को खुस्कीनु ? म त अझै गाडी भित्रै थिएँ । कार्लोसको अत्तो पत्तो थिएन । फोन उ ाएँ ।

सिन्डी- कार्लोसकी घर्मपत्नी काँपी रहेको आवाजले मेरो कानले विश्वास गर्न नसक्ने दुखद खबर सुनाई रहेकी थिई ।

मेरो सबै रगतहरु जमे झै भयो का को मुढा जस्तै खंगग्रंग सुके र केही बोल्न नै सकिन । सिन्डी अझै भनि रहेकी थिई -"मलाई थाहा छ तिमी कार्लोसको ह्दयको एकदम नजिक थियौ । मैले तिमीलाई तुरुन्तै खबर गर्न सकिन , माफ गर । तर यतिबेला हामी फ्युनरल होममा छौ । तिमीसंग एक घन्टा समय छ । यदि तिमी उसलाई अन्तिम पटक भेटन चाहन्छौ भने ।"

अनि म एक घन्टा बित्नु भन्दा पहिले नै कास्केट भित्र चीर निन्द्रामा निदाई रहेको आफ्नो दर्पण छाँयालाई हेरी रहेको थिएँ । मेरो साथी कार्लोसको दाहिने कानको छेउमा गोलीले पारेको प्वाललाई लास सजाउनेहरुले सकेसम्म नदेखिने बनाउने प्रयास गरेका थिए ।

उसको चेहरामा पीडाको कत्ति पनि रंग थिएन । श्रद्धान्जलीका फूलहरु उसको छाती माथि राख्दा मेरो जमेको रगतहरु अनायास पग्लिएर आँसु झै छछल्कीयो र म बड्बडाएँ ।

"तिमीले हरेक कुराको दोष आफुलाई नै दिन्थ्यौ । सायद त्यसैले दण्ड पनि आफैलाई दियौ र दुष्ट प्रवृतिहरु जसबाट तिमी आक्रान्त थियौ उनीहरुलाई आनन्दसंग बाँच्ने सजाय दियौ । घाम जुनसुकै कुनाबाट उदाओस अब मैले मेरो छाँया देख्न पाउने छुइन । "तु एरेस मि रेफ्ले हो कार्लोस् । " 

 

Comments

parbati

Dai so beautiful  story. 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |