हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अब्यक्त पीडा

वैकुण् ढकाल, (दामन, मकवानपुर)

"मुकेश जापानी टोली आउने कुरो के भयो ?" अफिसको हाकिम गर्जंदै भित्र पसे ।
"सर उनीहरुले आन्तरिक कारणले आउन नपाउने भनेर कार्यक्रम नै क्यान्सल गरे । "

बुद्धको जन्मथलो घुम्न आउने भनेका जापानी पर्यटकहरु बुद्धको जन्म भारतमा भएको हल्ला भएर नेपाल नआएका रे । अफिसभित्र साथीसाथीमा यस्तै खासखुस चलेको थियो - चाँदनी चोक टु चाईनाको फिल्मको पछाडि लागेछन जापानीहरु पनि । यस्तै मजाक गरिहेका थिए केहि कर्मचारीहरु । त्यही गफ सुनेर हुन सक्छ हाकिम निकेस कर्मचारीहरुसंग गर्जिएका ।
 
निकेसको धाराप्रबाह गाली शुरु भयो । हाकिमको प्रबेशसंगै सबै कर्मचारीले संधै गाली खानुपर्थ्यो । आगन्तुकको स्वागत बिभागको जिम्मेवारी सम्हालेका मुकेशलाई भने अरुको तुलनामा गालीको मात्रा बढी नै हुन्थ्यो ।

आज पनि त्यही उपक्रम दोहोरियो । मध्यान्हको घामसंगै गालीको ताप पनि बढ्दै गयो ।

'डिलिङ गर्न जानेन अनि बहाना बनाउँछ । बल्ल बल्ल कति समय पछि एक टोलीले बुकिङ्ग गरेको थियो  त्यही पनि भाँडि दियो । यस्ताले न आफू गर्छ न अरुलाई नै गरी खान दिन्छ । लातको भूत बातले मान्दैन भनेको साँचो रहेछ । भात बढी भएको, राम्रोसंग काम गर्न नसक्ने भए बाटो तताउँदा हुन्छ । काला गए गोरा आउँछन् ।"

"मोनिका मेरो को ामा आऊ" हाकिम निकेस आफ्नो कार्यकक्षमा पसे ।

कर्मचारीहरु धारे हात लगाउँदै गाली गर्न थाले । हाकिम भए पछि त कर्मचारीलाई गर्ने ब्यबहार जान्नुपर्छ नि कर्मचारीलाई गर्ने ब्यबहार पनि थाहा न'भाको, कुकुरलाई जति पनि गन्दैन ए हामीलाई त । कत्ति न उसैले पालेको जस्तो  ।

मोनिका हाकिमको बोलावटसंगै हच्किएकी थिईन किन बोलाएको होला ? के भन्न होला ? कतै यसले मलाई जागीरबाट त …………।
ढोका ढकढक्याईन ।

"भित्रै आए हुन्छ ।"
"किन बोलाउनु भएको सर ?
"आउन बस"
"किन र सर ?
'बस न बस "
"आउ नजिकै बस"
"हैन सर मलाई यही ीक छ"
"आउ न आउ , किन डराउँछौं ? म बाघ भालु हो र ?"
"हैन सर मलाई यही ीक छ बरु चाँडो भन्नुहोस मेरो तल धेरै काम छ । "
"किन गर्नु पर्यो काम तिमीले ? आखिर तिमीले मेरै लागि काम गर्ने हो "
"हैन सर मेरो काम छ म गएँ"
"तिमीले मलाई बाहिर रिझाए पनि भित्र रिझाए पनि रिझाउने त मलाई नै हो नि " "तिमीले रिझाउन नसक्ने भए म पनि अर्को बिकल्प खोज्न मैले पनि जानेको छु "

त्यति नै बेला नितेसको मोबाईलको घण्टी बज्यो । "मोनिका तिमी एकछिन बाहिर जाउ त म फेरी बोलाउँछु" फोन रिसिभ गर्यो । फोन घरबाट सानो छोराले गरेको रहेछ ।
" बाबा ! साँझ घर आउँदा मलाई खेलौना ल्याईदिस्यो है ?"
"बाबु मैले तिमीलाई बिहान भर्खर खेलौना छोडेर आएको हैन कत्ति चाहियो खेलौना पनि ?"
"बिहान हजुरले छोडिदिसेको खेलौना त दिज्यूले लिस्यो"
"हुन्छ बाबा हुन्छ म साँझ आउँदा लिएर आउँछु है ?"

फेरी मोबाईलको घण्टी बज्यो
"सुनिस्यो न टोनी बिरामी परेछ छिट्टै डाक्टर बोलाईस्यो है ?"
निकेस मनमनै बोल्न थाल्यो हैन 'यो कुकुर पनि कत्ति बिरामी हुन्छ । कहिले के कहिले के' "ल ल हुन्छ म डाक्टर भण्डारीलाई फोन गरिदिन्छु"

निकेसको पन्जाबाट बल्ल बल्ल मुक्त भएकी मोनिकाका मनमा अनेक तर्कना खेल्न थाल्यो ।

"धन्य भगवान आज त फोनले मलाई बचायो । तर कति दिन यसरी बचाउँछ र ! भित्र रिझाए पनि मलाई नै हो बाहिर रिझाए पनि मलाई नै हो कसरी भन्न सकेको त्यो पापीले ए भगवान मलाई अब कसले बचाउँछ मैले रिझाउन सकिन भने बिकल्प खोज्ने रे । घरमा बिरामी भएर थल्लिनुभएको आमा र भर्खरै प्राबिस्तरमा पढ्दै गरेको भाइको भबिष्य सोचिन ।  बिरामी आमाको उपचारको आधार भनेको यही जागीर त हो फेरी भन्ने बित्तिकै कसले जागीर दिन्छ र । ऐ भगवान मलाई यो भूमरीबाट पार लगाउ न ! पैसा कमाए पनि ईज्जत कमाउन गार्हो छ । जागीर खाए पनि पैसा त आउला तर सबैतिर हाकिमलाई नै रिजाउनुको बिकल्प पनि छैन । यत्रो ूलो शहरमा मानब भित्र मानबीयता कसो नभेटिएला ?
अनेकन तर्कना र तानाबानामै मोनिका घर पुगिन  । बिरामी आमा र भाइलाई खान बनाएर खुवाईन । आफूलाई खाना रुचेन । मानसपटलमा निकेसकै प्रत्येक शब्दहरु कानमा  गुन्जिरहे 'बाहिर रिझाए पनि भित्र रिजाए पनि ………………… ।
 
बिरामी आमाले छोरीमा आएको एकाएक परिबर्तनको कारण बुझ्न कोटी कोटी प्रयास गरिन तर सबै प्रयास बालुवामा पानी खन्याए सरह भयो । भाइले पनि दिदीको पीडा बुझ्ने प्रयास गर्यो । मोनिकाले सानो मान्छेले यस्तो कुरा बुझ्दैनौ भनेर टारिदिईन । मोनिकाको पीडा मनमै गढिरह्यो ।

भोलिपल्ट बिदा परेकाले कार्यालय जानु परेन । पर्सिपल्ट पनि बिरामी भएर कार्यालय आउन नसक्ने जानकारी गराईन ।

bd.palung@gmail.com


Comments

शिव प्रकाश

यो आलेखको राम्रैसँग रसस्वादन गरेँ । आहा !

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |