हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

देश हराएको सपना

विद्या सापकोटा, (हालः शंकरदेव क्याम्पस, का माडौं)


त्यो रात साच्चै भयानक थियो । घण्टौदेखी लगातार पानी बर्षेकोवर्ष्यै थियो । जस्ता र टिनका छानाबाट एकतमाससँग आइरहेको टिङटिङ टिङटिङ आवाजले असिना पनि परेको भान हुन्थ्यो । पल्लो गाँउतिरबाट एकोहोरोरुपमा कुकुर भुकेको आवाज आइरहेको थियो । निष्पट्ट अध्यारो झ्यालबाट चिहाउँदा न केही देखिन्थ्यो न केही बुझिन्थ्यो । पर जुनकिरी पिलपिलाएजस्तो देखिन्थ्यो तर हेर्दाहेर्दै विलाउँथे ।

बेलाबेलामा दौडादौड़ भागाभाग भएजस्तो स्या………सि……सरक सरक जुत्ताको पदचापको जस्तो आवाज आउने त कहिले मुसा र विरालोको लुकामारी चलेजस्तो घस्याङघुसुङ्ग भइरहन्थ्यो । म त्यत्तिकै डराइरहेको थिएँ । रातपनि कत्ति लामो, कत्ति पट्यारलाग्दो पटक्क निद्रा लागिरहेको थिएन । खन्-याङ्ग ढोका खोल्दै पल्लो को ामा सुतेको मेरो भाइ 'दिदि डर लाग्यो' भन्दै अँगालो मार्न आइपुग्यो । 'केही हुन्न बाबु जाबो पानी परेको त हो नी' मैले केही नभएको जस्तो पार्दै सान्त्वनामा भाइलाइ थुमथुमाए तर मन त्यसै आत्तिरहेको थियो । छि कस्तो हुस्सु म पनि स्विच थिचेको थिच्यै रहेछु । कसरी वत्ति बलोस् लोडसेडिङको देशमा । यताउता छामें सलाइको बट्टा भेटियो तर काँटी एउटा मात्र रहेछ । कोर्दाकोर्दा बल्ल बालेँ मैन बल्न थाल्यो ।

मन अनौ ो पाराले धरमराइरहेको थियो । के के हराएजस्तो केही अशुभ हुनेवाला जस्तो । कुकुरको एकोहोरो भुकाई र उल्लुको उहुउहुले रात कोलाहलमय भइरहेको थियो । मेरो भाइ मैनको उज्यालोमा कायर आँखाले फलुक्क मेरो मुख हेर्थ्यो अनि फेरी झुकेर रुन थाल्थ्यो । म त्यो मैनसँगै जल्दै गइरहेको थिएँ  अज्ञात त्रासमा । आखिर के भइरहेको हो केही भेउ पाउन सकिएको थिएन । आमा भन्नुहुन्थ्यो कुकुर विरालो रोएकॊ राम्रो होइन । तर मानव स्वरमा च्या िरहेको त्यो विरालो मेरै घर वरीपरी चक्कर लगाइरहेको हो की जस्तो लाग्थ्यो ।

आफै निसासिए जस्तो लागेर त्यो मैन पनि निभाईदिएँ । फेरी बाँकी रह्यो त्यही भयानक निस्सारता । मनभरी देशमा चलिरहेका गतिविधीहरु आफ्नै ढंगमा मडारिन थाले । भाइ मलाइ सकेसम्म बल लगाएर समात्दै निदाउन लागेको थियो । देशमा अस्थिरता छ कति बेला के हुने हो कसैलाइ केही थाहा छैन । देश चलाउछु भन्नेहरु भागवण्डामै व्यस्त देखिन्थे । महगीं यति आकाशिदै थियो कि झोलामा पैसा बोकेर जाँदा पनि एकछाकको जोहो गर्न गाह्रो पर्न थालेको थियो । सडक किनारामा हात पसार्नेहरुको लर्को बढेको बढ्यै थियो । दिए मागेर, नदिए लुटेर भएपनि पेट भर्न उद्दिग्न थिए जनताहरु । कोहि अझै आलिशान महलमा बसेर गरिवी घटेको प्रतिवेदन पढिरहेका हास्यास्पद दृश्यहरु पनि देखिन्थे ।

म सुनिरहेको थिएँ । सडकमा एक्कासी पटपट र भटभटका आवाजहरु सुनिन लागेका थिए । बुट र जुत्ताका रवाफी आवाजहरुलाइ चिर्दै मुर्दावाद र जिन्दावादका नाराहरु बढिरहेको हो कि जस्तो थियो । गाँउगाँउमा सिमाङ्कन हुन थालेकोले तामाङ्ग नेवार थारु लिम्वु………आदिआदी राज्य भन्दै देश टुक्राइदै थियो । त्यसैले आफ्नो ाँउमा पनि विचारेर हिड्नुपर्ने परिस्थिती सृजित हुँदै थियो । केहीदिन यताका राजनितिक घटनाक्रमहरु राम्रा थिएनन् । यो सम्झदासंझदै मलाइ रिगंटा लाग्लाजस्तै भइरहेको थियो । थाहै पाइन भाइ त कत्ति वेरदेखी रोइरहेकोरहेछ । एकअर्कालाइ अगाल्दै हामी निदाउने यत्नमा लाग्यौ ।

लौन के भो आम्मामा………………। मरेनी………………भागौं भागौं………॥ स्वर चर्किदै गयो । के भो हँ ………? पल्लाघरका माइला काका मारिएछन् छिमेकी राज्यमा विना अनुमती प्रवेश गरेको आरोपमा । राममाया फुलमायाहरु लुटिए रे बदलाको भावमा । आफ्नै आफ्नाहरु अपहरणमा परेछन् कालो महत्वाकाँक्षाको लोभमा । लौन मेरा बाआमा पनि त गाँउ जानुभएको के हुने हो मुटु चर्कन थाल्यो । भटटटट…………।भटटटट…………॥ गोली पो चल्न थाल्यो । देख्दादेख्दै राता निला खैरा कपाल र अनौ ा आँखा भएका मान्छेहरु जताततै उभिइरहेका । खोलो उर्लेर आउदै थियो हाम्रो घरतर्फ । रातो रंगको खोलो आफन्तहरुको रगतको खोलो । भुँडे नेताहरु अनि पैसावालहरु महत्वपुर्ण सामान च्यापेर उड्न शुरु गरे । मलाइ कहाँ जाने के गर्ने सोच्नै आएन । आफ्नै देशमा आफ्नै घरभित्र बन्दी पर्यौं हामी । सधै स्वस्थानीको कितावमा पढेजस्तै दर्दनाक म भोगिरहेकी थिए । हामी निमुखा जनता भोग्दै थियौ । आकाश झन् गड्गडाउदै थियो । लाग्थ्यो कतै रगत कै वर्षा भइरहेकोछ । एक्कासी के भयो मेरो देशमा मेरो धर्तिमा म के गरुँ ……॥ सोच्दानसोच्दै कसैले मेरो पाखुरा समात्यो । डरले खङ्रङ्ग हुदै कर्के नजरले हेरे । एउटा डरलाग्दो आकृती मलाइ घच्याउदै थियो । को हो हजुर ? किन किन…………… म यत्ति मात्र बोल्न सके । हुकुमी शैलीमा म घिसारिए लछारिए । कहाँ के अपराध गरें र मलाइ यस्तो गरिदैछ नजर अन्दाज लगाउन पनि सकिन । तिमीहरु सब अव हाम्रो दास…अघि वरीपरी छरिएका बेरङ्गी अनुहारहरु चिच्चाएँ । म जान्न……मलाइ छाड……यो मेरो देश……बुद्धको देश…सगरमाथाको देश……स्वाभिमानी नेपालीको देश……॥ म सकेसम्म कराएँ । बल गर्दागर्दौ फालिएँ म हेलिएँ म खोलामा……॥ रगतको खोलामा…………। धमिलो आखाले देखें……॥ मेरो सगरमाथा………। हाम्रो शान गर्लम्मै ढल्यो । त्यसपछि के भयो मैले केही थाहा पाइनँ । हाम्रो स्वाभिमान वेचिएको थियो । मेरो देश हराएको थियो……।


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |