हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

परिवर्तन

सुरेन उप्रेती, (अटवा, क्यानडा)

राधाले मन्त्री क्वाटरको वरण्डाबाट तल हेरीन् । मन्द गतिमा आएको हावाले क्वाटरको अगाडि गेट छेउमा झुण्डिएको झण्डा हल्लिदा ख्याट ख्याट आवाज आउंदै थियो । गेटकै छेउमा  राइफल लिएर उभिएको पुलिस टिलिक्क टल्किएका बुट हेर्दै सोचाइमा मग्न भए  झैँ देखिन्थ्यो । घरी बुटको एडी टेक्दै परेड खेले झैँ दायाँ बायाँ फर्कन्थ्यो । सायद उसलाई उभिँदा उभिँदा दिक्क लागेर डिउटी कतिखेर सकिन्छ भन्ने सोच्दै होला राधाले मनमनै भनिन् । 

ऐले क्वाटर पनि सुनसान छ । विहान छ बजे देखि भेटघाटमा आउनेको भिड लागेर खुट्टा राख्ने ाँउ समे हुदैन थियो । भेटघाटमा आउने मध्धे आधा जति कहिलै नदेखेका र नसुनेका आफन्तहरु आउँथे । राधा सुतेकै को ामा आएर साइनो केलाउँथे । थाहा छैन भन्दा पनि मन्त्राणी भएर ूली भइ भन्छन् भन्ने डरले केहि भन्दीन थिइन । चिने जति र थर मिल्ने जति धेरैले काम पाए । उनका छोरा र छोरीहरु पनि कोहि एयरपोर्टमा कोही भन्सारमा त कोही मालपोमा कर्मचारी बने ।

हाम्रा छोरा छोरी मध्यकी कान्छी छोरी राधाले चैँ सारै दुख पाउने भइ । ज्वाइँ पनि नपढेका परे । न धन सम्पति छ । फेरि जुवातास खेलेर घरको केहि राखेका छैनन् अरे । राधाको कर्म पनि कस्र्तो रहेछ भनेर उनका आमा बुवा कुरा गर्थे । अरुले दिएकाले कतिले पनि पुग्दो रहेन छ । केटा केटीहरु साना थिए । उनका श्रीमानलाई घरको कति पनि मतलब थिएन । जुवा तास खेल्न बसे पछि त परिवार छोराछारी सबे विर्सन्थे । उनका आमा वुवाले दिएका गहना पनि लगेर जुवामा हानी दिएछन् । त्यो थाहा पाउँदा त राधालाई पिरले तिन चार दिन सम्म निन्द्रा पनि लागेन । आँशुमात्र आइरहे। सारै रोइन । के गर्नु र जस्तै परे पनि सहनै पर्दो रहेछ ।

उनी सँझनामा अझ डुब्दै गइन । त्यो दिन दशैँको अष्टमीको दिन थियो । सबैका घरमा नयाँ लुगा लगाएर केटा केटीहरु रमाउँदै थिए । मासु र चिउरा खाएर पिँड खेलेर रमाउँदै थिए । उनका घरमा भने भात खाने चामलसम्म नभएर आमासँग मागेर ल्याएको अलिकति चामल र चिउरामा दशै चल्दै थियो । वेलुका अँध्यारो भए पछि तीन धार्नी खसीको मासु लिएर आएछन् । छोरा छोरीहरु मासु भने पछि निन्द्रामा पनि हिँड्थे । घरमा खुशियाली छायो । केटाकेटी सबेले ख़ुशी हुँदै मासु चिउरा खाए । छिमेकका केटाकेटीसँग मासु चिउरा खाएको गफ हाँके । तर त्यो खुशिको क्षण लामो समय सम्म रहन पाएन । भोली पल्ट नै उनलाई र अरु गाँउका तीन जनालाई पुलिसले पक्डेर लग्यो । उनीहरु रोए कराए तर केहि लागेन । गाउँकै एकजना साहुको खसी खोरबाट नै भगाएर काटेका रहेछन । अब त उनीहरुलाई गाउँमा नै बसी नसक्नु भयो । केटा केटीहरुलाई अरु केटाकेटीहरुले खसी म्याँ म्याँ गर्दै जिस्क्याएर स्कूल नै जान छोडे । दाउरा घाँस पानीमा जान हुन छोडयो । 

दशैँ तिहार गर्दै पूरै तीन महिना बित्यो । तर त्यो तीन महिना समयनै उनीहरुका जीवनमा अति महन्वपूर्ण भयो । जेलबसेका बेला दुई चार जना नेता चिनीहाले छन् । अलि अलि राजनीति कुरा पनि सिके छन् । छुटेको पाँच छ महिना पछि छयालिस सालको आन्दोलन चल्यो र प्रजातन्त्र पनि आयो । त्यस पछि त तालुमा आलु फलिहाल्यो नी । पाटीले हाम्रा लोक पृय प्रजातन्त्रकालागि जेल नेल भोगेका कर्म अनि के के हो के के भन्दै साँसदको चुनावमा उ ायो । हिँग नभए पनि हिँग बाँधेको टालो भने झैँ पूर्खाका नामले भए पनि निकै धेरै भोट ल्याएर चुनाव जिते । त्यस पछि त साहु ब्यापारी सबै मेरो टोकन भन्दै नगद बोकेर आउन थाली हाले नी । अब त राधा कस्ता गहना लाउँछेस् । रोजी रोजी लाउन पाएको छ । 

भित्र को ामा फोनको घण्टी बज्यो । उनी मुस्काउँदै भित्र गइन र फोन उ ाइन । "मन्त्री मण्डल बिग न भयो रे । हाम्रा मन्त्रीको नाम आएन नी ।"  फोनमा आवाज आउँदै थियो । राधाले रिसिभरलाई विस्तारै कानबाट हटाएर बेडमा पल्टिइन । 

 
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |