हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

क्याम्पसको भेट

सुरेन उप्रेती, (ओटावा, क्यानाडा)

प्रविणलाई कक्षा शुरु हुनु अगावै एउटा किताव लिनु थियो । उ हतार हतार लाइब्रेरीतिर जाँदै थियो । 'हाई प्रविण' भनेको सुनेर यता उता हेर्यो । सिन्थियाले बोलाएको रहेछ । उनले आएर प्रविण सँग हात मिलाइन । सामान्य भलाकुसारी पछि 'म अलि हतारमा छु, पछि कुरा गरौँला हुन्न ?' भनेर अगाडी बढयो । सिन्थियाले 'प्रविण, तिमीलाई थाहा छ उ मेरी साथी पनि नेपाली हुन नी !  उनको नाम कुसुम हो' भनेर साथीतिर देखाइन् । 'नमस्ते, म प्रविण' भनेर कुसुमतिर हेर्यो । 'म कुसुम' भनेर उनले पनि हात हल्लाइन् ।

प्रविण उनीहरुसँग छुट्टिएर लाइब्रेरीमा गयो । हतार हतार किताव लिएर कक्षामा आयो । उसलाई कता कता कोहि चिनेको आफन्त भेटे जस्तो लाग्यो । हुन त विदेशमा पुगे पछि आफ्नो देशको मान्छे भने पछि आफन्तनै भेटेजस्तो हुनु स्वभाविक नै हो तर पनि उसलाई अझ नजिकको कोहि भेटेजस्तो भएको थियो । उ कक्षामा पुग्दा शिक्षक आएर पढाउन शुरु गर्दै रहेछन् । उ सँधै पहिलो लाइनमा नै बस्थ्यो । आज पनि त्यहीँ ाउँमा गएर बस्यो । शिक्षकले पढाएका कुरामा ध्यान केन्द्रीत गर्न निकै प्रयास गर्यो । तर छिन छिनमा उसको मन अन्यत्रै घुम्दै हुन्थ्यो । आधा उधी मात्र नोट गर्यो । कति अगाडी पछाडी छुटेर बिचका बूदाहरुमात्र टिप्न भ्यायो । एक पटक शिक्षकले उसलाइ के सोधेको रहेछ थाहानै पाएन । सबै साथीहरु हाँसेपछि मात्र थाहा भयो । उसका गाला राता भए । उसले आफुलाई तातो भएको महसुस गर्यो ।

कक्षा सकिए पछि क्याफ्टेरियामा गयो । उसका आँखाले सबैका अनुहार सरसर्ती पढे । हरेस खाइसकेका आँखाले हलको दाहिने तिरको कुनामा सिन्थिया र कुसुमलाई देखे । उ कसैले डोर्याएको मान्छे झैँ केहि नसोची उनीहरु बसेको ाउँमा मेच तानेर बस्यो । उनीहरु पिज्जा खान लागेका रहेछन् । उसलाई पनि खाउँ भने तर उ म लिएर आउँछु भनेर ब्याग चेयरमा राखेर क्याफ्टेरिया भित्र गयो ।

'उ पढनमा मात्र हैन जुन खेलमा भाग लिन्छ त्यसमा पनि दोश्रो हुँदैन । सारै मेहनती प्रतिभाशाली र असल छ ।' सिन्थियाले प्रविणको प्रतिभाको बारेमा कुसुमलाई सुनाइन । चिकेन ड्र्मस्टीक र राइस लिएर प्रविण आयो । उनीहरुलाई पनि ड्र्मस्टिक खान भन्यो । दुबैजनाले एक एक पिस लिए । सिन्थियाले 'गत बर्ष नेपाल जाँदा कसुम र उनका बा आमासँग भेट भयो र उनीहरुकै घरमा बसेँ । बुबा आमा सारै असल हुनुहुन्छ' भनेर सुनाइन । तिमीहरु नेपाली भाषामा कुरा गर न मलाई सुन्न सारै मन पर्छ भनेर कुरा गर्न अझ सजिलो बनाइ दिइन । दुबैले एक अर्काका बारेमा सोध खोज गरे । प्रविण तेश्रो बर्ष र कुसुम प्रथम वर्षमा वातावरण विज्ञान पढ्दै थिए । उनीहरुले पढाइका बारेमा पनि कुरा गरे । कसुमले आफुलाई अप् यारो लागेका विषयका बारेमा सुनाइन । प्रविणले आफ्ना पुराना नोट खोजेर दिन्छु । न आएका कुरा सोध्नु भन्यो । फोन नम्बर आदान प्रदान गरेर उनीहरु छुट्टिए ।

कुसुम सिन्थियाको घरमा नै बस्थिन् । त्यहाँ बस्दा सबै सुविधा भए पनि अलग अलग साँस्कृतिक पृष्टभूमिबाट आएका हुनाले सिन्थिया र उनमा थुप्रै भिन्नताहरु थिए । एक अर्कासँग मिल्नलाई दुबैले परिस्थितिसँग थुप्रै सम्झौताहरु गरेका थिए । तर पनि जीवनका दुई दशक भन्दा लामो दिनचर्यासँग अभ्यस्त जीवनबाट मुक्त हुन त्यती सजिलो थिएन । भोली भनेको अनिश्चित छ त्यसैले जीवनको मज्जा आजनै लिनु पर्छ भन्थिन सिन्थिया । उनी बारडान्स, रेष्टुरेण्टमा गएर हप्ताअन्त बिताउन चाहन्थीन् । तर यो सबै कुसुमको सोच विपरित थियो । यो समय भनेको भोलीको सुन्दर सँसार निर्माण गर्नमा लगाउने हो । आज मेहनत गर्यो भने भोली सुख हुन्छ । परिश्रमको फलमात्र मि ो हुन्छ भन्नेमा कुसुम  विश्वास गर्थिन् ।

कुसुमलाई सिन्थियालाई जति सजिलो पनि त थिएन । नेपालबाट प ाएको पैसाले क्याम्पसको फि तिर्नु, कपी, किताव खानबस्न सम्पूर्ण खर्च पुर्याउनु पर्थ्यो ।  काम गर्दै पढ्नेबारेमा पनि नसोचेको होइन तर पढाइको बोझले उनलाई उ ्नै दिएको थिएन ।

घरमा पुग्नासाथ सिन्थियालाई ब्वाइफ्रेण्डको फोन आयो र बाहिर निस्किन् । कुसुम बेडमा पल्टिएर दिउँसो पढेको नोट हेर्न थालिन् । तर उनका आँखा मात्र नोटमा अडिए । उनको मन प्रविणको बारेमा प्रश्नोत्तर गर्न थाल्यो । कति सरल छ उसको स्वभाव । त्यस्तो प्रतिभावान भएर पनि रतिभर घमण्ड छैन । लेखनाथ पौडेलको "झुक्छन् वृक्ष सदैव फलफूलले, भारी हुँदामा अति' भन्ने कविताको हरफ उनका बुवाले सँधै भन्ने गरेको याद आयो । उनलाई फोन गर्न मन लाग्यो । फेरी के सोच्ने होला भन्दै नोटकपिमै आँखा विछ्याइन् । तै पनि आँखाले फोन नम्बर फेला पारे । मन डराउँदै थियो । उनका ती साना सुरिला औँलाले फोन डायल गरे । अब के भन्ने होला भन्दै डराउँदै रिसिभर कानको छेउमा राखिन् । तीन घण्टी जाँदा पनि फोन नउ े पछि फोन राखिन् । उनलाई त्यसै खल्लॊ लाग्यो । कस्तो फोन गर्दा पनि नभेटिने मान्छे भन्दै अर्का तिर फर्किएर बेडमा पल्टिन । केहिबेर पछि उ ेर नुहाउन गइन् । आज उनको मन निकै खुसी छ । उनी गीत गाउन भने पछि चारकोस भाग्ने मान्छे तर आज उनलाई गीत गुनगुनाउन आयो । 'खुसी छु म आज तिमी भन्दा धेरै' भन्ने गीतको पँक्तिलाई पटक पटक दोहोर्याई तेहर्याई गुनगुनाइन् । कपाललाई टावलले पुछ्दै ऐनाको अगाडी गएर उभिइन । आफैँसँग लाज लाग्यो । आँखा चिम्लिएर दुई हातले आँखा छोपिन् र अर्कातिर फर्किन् ।

प्रविण र कुसुमको भेट दिन दिनै हुन थाल्यो । कुसुमलाई प्रोजेक्ट गर्नु पर्दा परिक्षाको तयारी गर्नुपर्दा प्रविणले सँधै सहयोग गर्थ्यो । प्रविणको प्रशँसा गर्दै सबै कुरा आमालाई फोनबाट सुनाइन् । 'परदेशमा पनि त्यस्तो सहयोग गर्ने मान्छे कहाँ पाइन्छ र तिमी त सारै भाग्यमानी रहिछौ छोरी' आमाले भन्नु भयो । कुसुमको जन्म दिनमा उनलाइ सारै मन पर्नै एक जोडी लुगा किनिदियो । सिन्थिया र कुसुमलाइ रेष्टुरेण्टमा लगेर खाना ख्वायो । 'आमा लुगा त कति महँगो पो किनेको, कस्तो राम्रो छ' भनेर कुसुमले आमालाई सुनाइन् ।

विदेशमा गए पछि आफ्ना चाड पर्वको झनै महत्व बढ्छ । दसैँ मनाउन अटवामा बस्ने सबै नेपालीहरु भेला भए । प्रविण र कुसुमपनि कार्यक्रममा सहभागी भए । बिभिन्न साँस्कृतिक कार्यक्रम नाचगान गरेर टिका लगाए । सबैका अनुहारमा हाँसो र खुसी छायॊ । यस पालीको दसैँ त नेपालमा हुदाको भन्दा रमाइलो भयो भनेर कुसुमले आमालाई फोनमा भनिन् ।

क्याम्पसमा परिक्षाहरु आउने जाने क्रम चलिरहेको थियो । यो हप्तामा तीनवटा विषयको परिक्षा दिनु परेकाले कुसुम पनि पढ्दा पढ्दै दिक्क भएकी थिइन् । शुक्रबार बेलुका प्रविणको फोन आयॊ । परिक्षाका बारेमा कुरा गरी सकेपछि भोली विहान मेरामा आउ है कुसुम भनेर प्रविणले बोलायॊ । छट्पट् हुँदै पटक पटक बिउँझिएर घडी हेरिन् । मनले थुप्रै सपनाहरु बनायो । रात भरी राम्रो निन्द्रा लागेन । विहानी पख भए पछि निदाइछन् । सपना पनि कस्तो देखेको । उनले त तिजका महिलाहरुले जस्तै पूरै राता लुगा लगाएको रहेछ रे । बिउँझदा सात बज्न लागेको रहेछ । हतार हतार गरेर नुहाइन । एक कप चिया खाएर ऐना अगाडी गएर उभिइन् । आँखा सुन्नीए जस्ता भएर विझाए ।

प्रविणकोमा पुग्दा साडे नौ नै भइ सकेछ । बै कको सोफामा गएर बसिन् । बै कको टेवलमा फलफूलहरु सजाएर राखेका रहेछन् । अगाडी भित्तामा एउटी साडी लगाएकी केटीको फोटो झुण्डिएको थियो । उनका आँखा त्यही फोटोमा गएर ोक्कीए । 'अहा कस्तो मेरो जस्तै फोटो यो कस्को फोटो ?' कुसुमले सोधिन् । प्रविण उनका छेवैमा आएर सोफामा बस्यो । फोटोतर्फ तेर्सिएका आँखाभरी आँसु बनाउँदै 'अब उनी छैनन् । यस धर्तिमा बाँच्न दिएनन्' भनेर उ बोल्न सकॆन । आँखाका आँसु पुछ्दै लामो सास तानेर फेरी बोल्न खोज्यो । उनी मेरी एकमात्र …भनेर फेरी अड्कीयो । उनी तिमी जस्तै छन् है कुसुम भनेर कुसुमका हात समाएर चुम्यो । 'दुई बर्ष अगाडी दाइजो कम ल्याइ भनेर पटक पटक कुटेछन् र मट्टीतेल खन्याएर …' भनेर फेरी वोल्न सकेन । उ ेर बाथरुम तिर गयो । मुख धोएर टावेलले मुख पुछ्दै भान्सामा गयो । भान्साबाट एउटा ूलो थाली लिएर आयो । थालीमा मैनवत्ती बल्दै थियो । एउटा ग्लासमा पानी थियो । ग्लासका छेउमा तीन चार थुँगा फूल थिए । छेउमा रातो निलो पँहेलो र सेतो रँग थिए । 'आज मैले चार वर्ष पछि मेरी बहिनीलाई भेटेँ । तिमीलाई थाहा छ कुसुम आज भाइ टिका हो नि' भन्दै थालीलाई सोफा छेउको टेवलमा राखेर निधारबाट कपाललाई हातले पन्छाउँदै कुसुमतिर फर्किएर बस्यो ।

ईमेल: surendrap890@hotmail.com

Comments

bikash devkota nayaghare

 namaskar.nepali bhasa ra sahitya ko laagi garnu bhayako prayesh ko laagi dhanyadad.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |