हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

प्रेरणा

सुषमा मानन्घर, (ललितपुर)

(सन्दर्भ: अन्तर्राष्ट्रिय महिला दिवस)


"एकैछिन पर्खनुस् न है, मलाई पनि बाहिर निस्कनु छ ।" आफ्नो श्रीमान तयार हुँदै गरेको देखेर दिल कुमारीले भनी ।
"भो भो । कतै भाषणै दिन जान लागेकी हो के हो ? खुरुक्क घर सम्हालेर बस । त्यति मात्र गर्न जाने पनि पुग्छ । " श्रीमानबाट आज पनि पुग्नेगरी नसिहत पाई उसले ।
'घर त तपाईँको पनि हो । एकदिन तपाईँले पनि हेर्दा के बिग्रन्छ र ?"
"धेरै बिग्रन्छ । अरु दिन जस्तो हो ? आज त नारी दिवस । ूल् ूला र आँटिला काम गर्ने महिलाहरुलाई सम्मान गर्ने । उनीहरुसँग चिया खाँदै गफ गर्ने दिन । केही बुझ्यौ तिमीले ? दिमाग भए पो ! भाषण दिन जानु छ मलाई, डिस्टर्व नगर ।" उसले बाहिर दिनुपर्ने भाषण घरमा आधै सकेर बाहिरियो ।

आयोजना स्थल पुग्दा त्यहाँ मानिसहरु टन्नै आइसकेका थिए । दर्शकदीर्घातिर हेर्दै नहेरी ऊ गमक्क फुलेर मन्चमा सजाइएको मेचमा बस्यो । छेउमा दुइ तीन अन्य अतिथी महिलाहरु पनि बसिरहेका थिए ।

कार्यक्रम शुरु भयो । महिला पुरुषका सम्बन्ध र समाजमा महिलाको भूमिका बारे सवैले प्रकाश पारे । उसले पनि महिलाको देनबारे ब्याख्या गर्दै उनीहरुलाई जननी,संगिनी,बहिनी र प्रेरणा भन्दै प्रशंसा गरेर भीडको ताली बटुल्यो ।

कार्यक्रमको अन्तमा आयोजकले एउटा विशेष सम्मान ग्रहण गर्न नाटकीय ढंगमा दर्शकदीर्घामा एउटा नाम बोलाइन् । साधारण गृहिणी भैकन पनि आफ्नै बुध्दि, इच्छा र लगनले लेखिका बन्न सफल, छद्य नामले लेख्ने ती महिला मन्चमा आउँदा ऊ भने चार छक्क पर्यो । सम्मान ग्रहण गर्नु अगाडि दिल कुमारीले भाषण गरी "म आज जे छु त्यसमा मेरो श्रीमानको ूलो हात छ । उनले यति राम्रो प्रेरणा र शक्ति नदिएका भए म आज यो ाउँमा पुग्नै सक्दिनथें । त्यसैले म उनको गुण कहिल्यै बिर्सन सक्दिन । मेरो श्रीमान मेरोलागि ूलो प्रेरणा हुन् ।"

अपराध बोधले दिल कुमारीका श्रीमानलाई भने आफू जमिनमा भासिँदै गएको अनुभव भैरहेको थियो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |