हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नयाँ साथीको पुरानो कुरा

दीपक जडित, (एङकरेज, अलास्का)

" अनि ब्रदरको नेपालमा घर चैं कहाँ नि ? " सामान्यतया हामी नेपालीको बोल्ने शैलीनै यस्तै हुन्छ । झट्ट सुन्दा अलि ाडो लागे पनि प्रसस्तै आत्मियता भएको । हामीले आ-आफ्नो नाम एक अर्कालाई बताईसकेपछि निक्कै गहकिलो गरी न्यानो हात मिलाउदै रमेशले सोध्यो । रमेश मैले आजै भेटेको साथी । म भर्खर डी भी परेर अमेरिका आएको । आउनासाथ कामधन्दा नमिलुञ्जेलको लागी रमेशकै को ामा बस्ने निधो भएको थियो । रमेश पनि झण्डै तिन बर्ष अगाडी डी भी परेरै अमेरिका आएको रहेछ । कस्तो सँजोग मेरो नाम पनि रमेश नै हो ।

" म त पुर्वको हुँ । सुनसरी । " छोटो जवाफ मैले दिन नभ्याउदै उसले भन्यो- " म पनि त सुनसरीकै हुँ नि ब्रदर । हाम्रो नाम मात्रै एउटै हैन ाउँ पनि एउटै रहेछ । सुनसरी कहाँ ? " पुछारमा फेरी उसले प्रश्न राख्यो ।

" तरहरा हो । ब्रदरको कहाँ नि ? " जवाफ दिएर मैले पनि सोधें । सोधाईमा मैले पनि उसले झैं 'ब्रदर' शब्दले सम्बोधन गरें । मैले आजसम्म कसैलाई 'ब्रदर' भनेर सम्बोधन गरेको थिईन र मलाई पनि कसैले 'ब्रदर' भनेर सम्बोधन गरेको हेक्का छैन । पहिलोचोटी मलाई उसले ब्रदर भन्दा त्याहां आत्मियता पाएको थिएं र मलाई पनि ब्रदर भन्न अप् ्यारो महसुस भएन ।

" तरहराको यौटा केटी हामी संगै पढ्थी - सञ्जना , चिन्नुहुन्छ उस्लाई ? चिन्नुहुन्न होला । त्यसको उमेर हामी सँगैको हो । तपाईं भन्दा जुनियर । " मेरो प्रश्नको जवाफ नदिएर उसले फेरी प्रश्न गर्यो र जवाफको आशा पनि राखेन ।

" यौटा सञ्जना त चिन्छु म । अरु पनि होलान त्यस्ता , तपाईंले कुन सञ्जनाको कुरा गर्नु भएको ? " मैले चिनेकै सञ्जना हुन सक्ने अनुमानमा उसले मलाई गरेको आदरकै समान आदरार्थी भावमा सोधें यद्दपी उ उमेरमा म भन्दा त्यस्तै पाँच वर्ष जती सानो लाग्थ्यो ।

" सञ्जना पौडेल हो उस्को नाम । महेन्द्र मोरङ्गमा हामी संगै पढेको । साह्रै राम्री थिई । पढाईमा पनि त्यस्तै तगडा । " उसले कुन सञ्जनाको कुरा गर्दैछ भन्ने बुझ्न मलाई गाह्रो भएन । साह्रै राम्री थिई भन्दै गर्दा मैले उस्को मनोभाव पढिसकेको थिएं । उ सञ्जनाको बारेमा निक्कै कुरा गर्न चाहन्थ्यो ।

" तपाईँ के थरी नि ब्रदर ? " झट्टै उसले मलाई मेरो थर सोध्यो , कतै सञ्जना मेरो नातेदार हो कि भन्ने चिसो उस्को मनमा पसे जस्तो गरेर ।

" म त थापा हुँ । म चिन्छु त्यो सञ्जनालाई ।" छोटो जवाफ मैले दिईनसक्दै उसले ढुक्क भएको भावमा 'ए!' भन्यो र फेरी सोध्यो "अनि ब्रदरले पढाई चैं कता गर्नुभएको ? "

" स्कुल धरानमा । त्यसपछि धनकुटा तिर । ब्रदरको घर कता हो नि ? " उत्तर दिएर फेरी मैले उस्को घर सोधें पहिले नै सोधेको भएपनि उसले जवाफ दिन भने बाँकी नै थियो ।

" मेरो घर त इटहरीबाट अलि तल हो । खनार भन्छ । थाहा होला नि ब्रदरलाई ? " लगभग हामी दुईजनाको घर एकैतिर भएकोले मलाई उसले बिस्तृत रुपमा भन्ने आवश्यकता ानेन क्यारे । त्यसो त मैले पनि आफ्नो घर भएको ाउँ यहिंनेर हो भनेर खुलाएको थिईनं ।

" अँ थाहा छ .... " निक्कै बोलक्कड जस्तो लाग्ने उसले मलाई बोल्नै नदिएर फेरी भन्यो , " म पनि तरहरा तिर निक्कै घुमेको छु । सञ्जनाको घर भएको तिर । " लाग्थ्यो उ पुन सञ्जनामै केन्द्रीत भएर कुरा गर्न चाहन्छ ।

" ए ! " , उ सञ्जनाको नातेदारमा पर्दैन भन्ने थाहा भएर पनि मैले उस्लाई सोधें , " सञ्जना तपाईंको नातेदार हो ? "

"हैन हैन " , मेरो सोधाईले कतै उस्लाई सञ्जनासंग नातानै गाँसीदिन्छ कि झैं गरेर उसले हत्तार भन्यो, " संगै पढेर चिनेको मात्र हो । "

" ए! उसोभए सञ्जना तपाईंको निक्कै राम्रो साथी थिई ? कि चक्कर सक्कर थियो ? " अब सोध्ने पालो मेरो नै आएझै भएको थियो । मनपराएको केटीको पछि लाग्ने या प्रेम पत्र लेख्ने ईत्यादी कृयाकलापलाई आजभोली चक्कर भनिन्छ भन्ने ज्ञान मलाई पनि थोरबहुत थियो ।

" खै, थियो भन्ने कि थिएन भन्ने ? " , थोरै लजाउंदै अनि थोरै गम्भिर भएर उसले भन्यो , " म चाहिँ निक्कै कप्थें उस्लाई तर उ अलि अर्कै खालकी थिई । उसले खासै बाल दिन्नथी मलाई ।" उसले पनि 'कप्थें' , 'बाल' भनेर बिशुद्द आधुनिक नेपाली शब्द प्रयोग गर्यो तर मलाई बुझ्न क िनाई भएन म मनपराउंथें उसले मन पराउन्नथी भन्न खोजेको थियो उसले ।

" अर्कै खालकी भन्नाले कस्ती नि ? मैले त एक नम्बरकी छुच्ची थिई भन्ने सुनेको थिएं । " फेरी सोधें मैले । निक्कै रमाईलो हुंदैथियो हाम्रो वार्तालाप ।

" अँ अली छुच्ची छुच्ची नै थिई । मैले लास्टै ट्राई गरें तर सकिनं । 'लास्ट' मनपर्थ्यो मलाई । "अली बि टी पनि थिई छन त र पनि पाए देखी अझै पनि उस्लाई नै बिहे गर्थें ब्रदर । " मन परेको माया नपाउनुको पिडा ओकल्यो उसले । उसंग अत्याधुनिक नेपाली शब्दावलीहरु यथेष्ट रहेछ र त्यसको प्रयोग पनि रोचक ढंगले गर्दो रहेछ - जस्तो कि अत्याधिक वा अत्यन्तै भन्नु पर्दा लास्टै भनेर अनि ुला ुला कुरा गर्ने घमण्डी भन्नु पर्दा बि टी भनेर । यो बि टी चाहिँ बिग टक भनेको हो उसले भन्ने ज्ञान त मलाई पनि थियो नै तर म उसलेझैं प्रयोगमा ल्याउन अलि कमजोर नै छु ।

" अनि ब्रदर , ट्राई मार्दा चप्पल सप्पल त खाईएन ? " निक्कै रुचि लिएर म नयाँ साथीको पुरानो कुरा खोतल्न पट्टी लागें । त्यसो त उ नै इच्छुक थियो सुनाउनलाई र म पनि उत्सुक थिएं सुन्न ।

" छ्या!!! के भन्नु भएको ब्रदर ? जे भने पनि हामी केटा हो नि यार ! काँ केटीको चप्पल खाईन्छ ? " निक्कै केटीको पछि लागे पनि चप्पल कहिल्यै खाईएन । फुर्ती साथ उसले भन्यो ।

" ए ! अनि आजभोली पनि सञ्जनासंग फोनसोन ,च्याटस्याटमा सम्पर्क हुन्छ त ? " मैले सोधें ," आजभोली कहाँ छे ? के गर्दैछे ? खोजखबर छ ? "

" छैन ब्रदर , पढ्दा पढ्दै यता आईयो डी. भी. परेर । म यता आकै साल उसको बिहे भयो रे भन्ने सम्म सुनेको थिएं, त्यती हो । कस्तो केटा संग बिहे गरी होला? अझै माया लाग्छ ब्रदर मलाई त । ब्रदरलाई थाहा छ कहाँ छे अहिले ? अब त बच्चा बच्ची पनि भयो होला ।" एक प्रकारको गुनासो सहित सञ्जना प्रतिको चाहना पोख्दै उसले मलाई सोध्यो कतै मैले सञ्जनाको खबर दिन सक्छु कि भनेर ।

"अँ थाहा छ नि ब्रदर । मैले त बिहे गरेको छु सञ्जनालाई । यौटा छोरा पनि भएको छ । सञ्जना पनि दुई तिन महिना पछि आउछिन । म चाहिँ यसो बस्ने ओर्नेको चाँजोपाँजो मिलाउन अगाडी नै आएको ।" मैले यती मात्रै के भनेको थिएं , मैले कोट्याउन खोज्दा पनि फुर्तीसाथ उसले अर्कै कुरा गर्दै टार्न खोजेको चप्पल काण्डको यथार्थको पोल मसंग पहिले नै खुलीसकेको छ भन्ने ज्ञात भएझैं उस्को अनुहार सडेर निलो कालो भयो । उ केहि बोल्न सकेको थिएन । स्थितीलाई सामान्य बनाउन आखिरमा मैले नै 'टेक ईट ईजी ब्रदर । यस्तै हुन्छ सबैको जीवनमा एकपल्ट' भन्नु पर्यो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |