हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

टुङ्गना र डम्फु- भाग २

सुन्दर जोशी, (ल्फोरिडा)

(टुङ्गना र डम्फु- भाग १ को लागी यहाँ थिच्नु होस )


केहि दिनदेखि म भ्यानकुभरमा छु । आउने वित्तिकै स्थानिय टेलिभिजनमा काम गर्ने मेरो एकजना साथीलाई आफ्नो आगमनको सुचना दिईसकेकि थिएँ । उनि मलाई उनको एउटा निर्माणाधिन वृत्तचित्रको पात्रसँग भेट गराउन चाहन्थी । भनेकि थिई "मेलिना, म तिमिलाई सरप्राईज दिन चाहन्छु ।" मैले सोचेँ 'मोरी, कतै त्यहि पात्रसँग त लहसिन पुगिन ? अरु के सरप्राईज हुनसक्छ ? जे होस् आजको दिन फुर्सदमा थिएँ र सिँगै दिन उनको लोकेसनमा बिताएर होटल फर्कि सकेकी छु ।

होटलको लबीमा बस्ने बित्तिकै त्यहाँको वातावरण देखेर थाहा भयो आज भ्यालेण्टाईन्स डे हो भनेर । सम्भवतः यहाँ भ्यालेण्टाईन्स् ल्बाष्टको तयारी हुदै छ । रियालिटि टिभिको जमाना, यहाँपनि क्यामरा, लाईट्स र साउण्ड अर्थात टेलिभिजन क्रुहरुको ुलै भिड छ मानौ सिँगै लबी सुटिँग स्थल हो । रमिता हेरेर कहिल्यै नथाक्ने आँखाहरु छन् मेरा । रमिता हेर्न मन लाग्यो मलाई र को ामा नगई चुपचाप अलिपर फायर ल्पेसको नजिकै सिसाको एउटा ुलो पर्खालसँगै भएको काउचमा गई आसन जमाएँ । म त्यहाँबाट सागर, पहाड र हिमालको अद्भुत सँगम नियाल्न सक्छु । यस्तो अलौकिक दृश्य जीवनमै पहिलोपल्ट यहि आएर देख्न पाउँदै छु ।

आजको सुटिँग स्थलको दृश्यहरुले मलाई निकै रोमाञ्चित बनाएको यियो । म तिनै घटनाहरु, दृश्यहरुको बारेमा मनमा अनेक विचारहरुको खिचडि पकाईरहेकि थिएँ । बहकिन र लेख्नु त मेरो रोग नै हो तर यहिबेला मसँग मेरो ल्यापटप थिएन । गोजीमा हात हालेँ, आईफोन भेट्टाएँ । फेसबुकमा गएँ । फेसबूकमा गएर नज फिडमा गएर चियाउन थालेँ । प्राय सबै कुराहरु भ्यालेण्टाईन्स डेसँगै सम्बन्धित थियो । अनायास रिक्वेष्टमा कोहि भएको सँकेत देखेर त्यहाँ छोईदिएँ । नामभन्दापनि उसको तस्विरमा आँखा गयो । कता कता देखे जस्तो चिने जस्तो अनुहार रिम्पुजय कहिल्यै नसुनेको विचित्रको नाम को होला ? यो मानिसलाई साथीको रुपमा स्विकार्ने कि नस्विकार्ने व्दिविधामा परेँ म र त्यो अनुहारलाई सम्झिने कोशीश गर्दै फेरि साथीहरुको अपलोडहरु चाहार्न थालेँ ।

प्राय सबैको वालमा खाली भ्यालेण्टाईन्सको बारेमै लेखिएको थियो । मलाई अनायास पोहोर सालको भ्यालेण्टाईन्स डेको घटनाहरु याद आयो । एकवर्ष वितिसके छ । 'मेलिना तँ त एक्लो, बिल्कुल एक्लो छस् ।' मनले मलाई जिस्क्यायो । म झसँग भएँ । कतै त्यो मानिस त्यहि टुँगना र डम्फु बजाउँदै आउने मानिस त होईन ?

म फेरि फेसबुकमा गएँ र उसको तस्विरलाई नियालेँ । करिब करिब उहि अनुहार । जेसुकै होस् मैले उसलाई इग्नोर गर्न सकिन र कन्फर्ममा छोईदिएँ । फेसबुकले रिम्पुजय तिम्रो साथी भयो भनि प ाएको सूचना पाएर दँग पर्दै उसको प्रोफाईलमा विचरण गर्न थाले ।

सिरानमै लेखिएको थियो 'म आरोहणको तयारीमा छु । उनको विश्वास जित्नु भनेको मेरोलागी एउटा क िन आरोहण सरह नै भएको छ ।'

कसको विश्वास जित्न चाहन्छ यो मानिस ? मनमा प्रश्नहरु आगोको लप्का झै दन्किएर बल्यो । फेरि उसको प्रोफाईलमा गएँ र अरु पोष्टिँगहरु चियाउन थाले । एउटा एलबमको कभर चित्रले चुम्बकले झै तान्यो । चित्रमा मात्रै एकजना युवतिको आँखा थियो । सुन्दर आँखा अकल्पनिय आकर्षण र रहस्य बोकेको आँखा । अनि क्याप्सनमा लेखिएको थियो 'मेरो आँखा कस्तो छ ?'

म लाजले आगो झैँ रातो भएँ । बिलकुल यहि प्रश्न गरेकि थिएँ एक वर्ष अघि उसलाई मैले उसको नजिकै गएर अनि उसले भनेको थियो- 'तिम्रो आँखा कुनैपनि विश्व सुन्दरीको भन्दा राम्रो छ ।'

उसले विश्वास जित्न खोजी रहेको मानिस कतै म आफै त होईन ? अनि मलाई ऐनामा आफुलाई हेर्ने रहर जाग्यो । शँकाको आगोले जलिरहेकि थिएँ म । मेरो आँखामा अझै त्यो आकर्षण बाँकि छ ? कतै मेरो आँखाले त्यो चमक हराईसकेको त छैन ?  छेउछाउ ऐना नदेखेपछि मनले फेरि तानेर त्यहि एलबममा भएका अरु चित्रहरु हेर्न कुत्कुत्यायो ।

आँखा नै आँखाका चित्रहरु । विभिन्न रँग अनि मुद्रामा फरक फरक अर्थ लाग्ने तर कुनैपनि चित्रमा उसले पुर्ण आकृति कोरेको थिएन । केहि चित्रहरुमा आँखाको नजिकै भएर बगेको केश अनि केहि चित्रमा कानमा झुण्डिएको अर्धचन्द्रमामा टाँसिएको माने अर्थात प्रेयर व्हिल । यो त मेरै झुम्का हो । शायद एकवर्ष अघि आजको दिन त्यहि लगाएको थिएँ । म एक्लै बडबडाएँ । अनि मलाई उसको त्यो चित्रमा केहि टिप्पणी लेख्ने हुटहुटी जाग्यो । बहकिन र लेख्न त मेरो रोग नै हो । बहकिन थालेँ म अक्षरहरुसँग ।

"कतै तिमि त्यहि टुँगना र डम्फु घन्काउँदै वाँफको सडकहरुमा आफ्नो सेतो ल्याण्डक्रुजर दौडाउने मानिस त होईनौ ?"
"बिल्कुल, चिनेकोमा धन्यवाद !"
अचम्म उसले तुरुन्तै जवाफ पोष्ट गरिसकेको थियो । मतलब उ पनि फेसबुकमै आँखा टाँसेर बसेको छ । च्याटमा छोई हेरेँ । वास्तवमै उ लाईनमै थियो । म एकछिन दोधारमा परेँ । कुराकानीलाई निरन्तरता दिने कि नदिने भनेर । तर लेखि हालेँ- "त्यो कसको आँखा हो ?"
"ऐनामा हेर" जवाफ आयो ।
"आरोहणको कुन चरणमा छौ ?"
"आफ्नै मनलाई सोध"

मनको ढुकढुकि एकदमै बढ्यो र म त्यत्तिकै टोलाई बसेँ । म आगोको छेउमा छुँ आगो मॆरो आँखा अगाडि नै छ । आगोको न्यानोको अनुभूति अनायास मादक भएको छ र म त्यसको नशामा ल ् िँदै गई रहेकि छु । एकवर्ष अघि आजकै दिन अर्थात भ्यालेण्टाइन्स डेको दिनपनि म नराम्रोसँग बहकिएकि थिएँ । परिस्थिति, परिवेश आजपनि उस्तै छ । एकवर्ष वितिसकेछ । तर आजको विशेष दिनमा मेरोलागी रातो गुलाफको फूल लिएर आउने कोहि छैन । त्यो रिम्पुजय भन्ने मानिस मेरो मन जित्ने प्रयासमा मेरो आँखाको चित्रहरु कोरेर बसिरहेको रहेछ । यतिबेला उ कहाँ छ त्योपनि मलाई थाहा छैन । म यहाँ छु भन्नेपनि शायद उसलाई थाहा छैन होला ।

'के फेरि फेसबूकमा जाउँ र लेखुँ ? तिमि गुलाफको फूलहरु लिएर आउ म यहाँ आगो नजिकै पर्खि बसेकि छु ।' बहकिन छाडेर आँखा यताउता डुलाएँ । क्यामरा, लाईट्स सबै एउटि पियानो बजाईरहेकि केटीमाथि फोकस भएको थियो । साँच्चै नै मनलाई भित्रैसम्म  रोमाञ्चित बनाउने धुन बजाईरहेकि थिइ उ । हेर्दाहेर्दै एउटा सुन्दर युवक उनको पछि उभिन आईपुग्यो र गुलाफको फूलभएको आफ्नो हातलाई उनको अगाडि लग्यो । सँगीत अबरुद्ध भयो । उनि खुशीले चिच्याउँदै उ िन् र दुबै अँगालोमा बाँधिए । म हेरिरहेकि छु । क्यामराहरुको बेवास्ता गर्दै उनिहरु असीम चुम्बनमा लिप्त भए । कति लामो अनि बलियो चुम्बन । मैले आँखा अन्तै मोडेँ । एकछिनपनि आँखा त्यता लैजाँदा उनिहरु बेपत्ता भईसकेका थिए । पियानो खाली थियो । यस्तो लाग्यो मलाई पियानोले निम्त्याई रहेको छ । तर आफुलाई पियानो बजाउन नआउने वास्तविकताले नमी ो पोल्यो र आँखा फेरि आईफोनमै लगेर बिसाएँ । थाहै नपाई यु ट्युबको आइकनमा छोई सकेको थिएँ र बूकमार्कमा नियाल्दै थिएँ । अनायास पियानोबाट फेरि एउटा धून सिर्जना भयो । अर्थात कोहि पियानो बजाउन बसिसकेको थियो । हेर्नपनि मन लागेन । क्यामराहरु उसैलाई फोकस गरिरहेको होला । फेरि त्यहि घटनाहरुको पुनरावृत्ति हुनेछ । सँगीत, गुलाफको फूल, आलिँगन अनि चुम्बन । तर अचम्म पियानोबाट नेपाली गीतको धुन तरँगित हुनथाल्यो । मैले थाहा पाई हाले यो धून त मलाई मनपर्नै गीतको हो । एकदमै परिचित धून । बबिन प्रधानको "गीत मुस्कान त्यो तिम्रो मुस्कान……"

म यु ट्युबमा दिनमा दुईचार पटक यो गीत हेर्ने गर्छु । बिस्तारै मैले आँखा त्यता मोडेँ । लामो केश भएको एउटा लक्का जवान पियानोमा मग्न थियो । काउचमै अडेस लागेर मैले उसलाई नियालिरहें । अचानक उसले मतिर आफ्नो नजर फ्याँक्यो र हाम्रा आँखाहरु गजबसँग ेस लागे । बिलकूल उहि मानिस । मेरो मुटुको धडकन यति धेरै बढ्यो कि म आगो झै दनदनी बलिरहेकी थिएँ । शायद मेरो अनुहारको रँग आगोभन्दापनि रक्तिम भएर गयो । म त्यो गीतको धुनमा ल ि दै गएँ । मेरो आँखामा आफ्नो आँखा अडेस लगाएर उ पियानोमा मग्न भइरह्यो । म त त्यसैपनि बेहोस जस्तै भईसकेकि थिएँ ।

जब उसले गीतको अन्तिम अन्तरा बजाई रहेको थियो मलाई गुलाफको फूल लिएर उनको नजिक जाने रहर लाग्यो । तर मसँग फूलमात्रै होईन उसलाई उपहार दिन केहिपनि थिएन । म यताउता आँखा डुलाईरहेकि थिएँ । शायद फूल खोजिरहेकि थिएँ । अनायास उसले मेरो दुबै कुममा हात राख्यो । हजार भोल्टको करेण्ट लागे झै भयो । वास्तवमै उ बिलकुल मेरो पछाडि उभिएको थियो । म उसको सासलाई कानको नजिकै महसुस गरिरहेको थिएँ ।

"म तिमिलाई एउटा बेग्लै ाउँमा लान चाहन्छु ।"  उसले मेरो कानमा साउतिको भाखामा बरबरायो ।
"कहाँ?"  मपनि त्यसरी नै बरबराउन पुगेँ ।
प्रतिउत्तरमा उसले मेरो हात समात्यो र डोर्यायो । म करिब करिब सम्मोहित भएको मानिस झै चुपचाप हिडिरहे । मानौ मेरो मस्तिष्क मेरो आफ्नै होईन । उसले ह्याक गरिसकेको थियो मेरो मस्तिष्कलाई । यो कुन चरणको अनुराग हो मलाई थाहा छैन ।

म केवल हिडिरहे उ सँगसँगै र हाम्रो हिँडाई उसको सेतो ल्याण्डक्रुजर छेउ पुगेर रोकियो । अगाडिको प्यासेन्जर साईडको ढोका खोलेर उसले मलाई बस्ने ईशारा गर्यो । यहाँसम्म कि सिटबेल्ट बाँध्नपनि सघायो । ड्राईभर सिटमा विराजमान भएपछि उसले मलाई अर्थपूर्ण नियाल्यो । हाम्रा आँखाहरु हामीले नै नबुझ्ने भाकामा केहि बात मारी रहेझै लाग्यो मलाई ।

खोई कुन्नी के भएको हो मलाई मेरो मस्तिष्क मेरो मन मॆरो नियन्त्रणबाट टाढा भागीरहेको छ । सम्मोहित भएकि छु म । तालको किनारै किनार भएर उसको गाडी अग्लो अग्लो सल्लाको रुखहरु बिच लुकेको तर पृष् भूमिमा सुन्दर हिमालसँग टाँसिएझै लाग्ने एउटा का को घर अघि रोकियो ।
उसले मेरो हात समात्यो र घरभित्र लानुको बदला सानो गोरेटो जस्तो बाटोबाट डोर्याउन थाल्यो । चट्टानै चट्टानको चेपचाप हुँदै म चुपचाप हिडिरहे । अनायास मेरो आँखा एउटा चट्टानमा कुँदिएको चित्रमाथि पर्यो । बिलकुल त्यहि चित्र जुन उसले फेसबुकमा राखेको थियो ।

मेरा पाईलाहरु त्यहि जमेर म मुग्ध भै त्यो चित्र नियाल्न थालेँ । सोधिहालेँ-" त्यो कसको आँखा हो ?"
"त्यो एउटा दिव्यमूर्तिको आँखा हो । म यसलाई पुर्ण आकारमा ढाल्ने समयको ताकमा थिएँ ।" उ मेरो कान नजिकै त्यसरी नै बरबराई रहेको थियो । मैले फेरि सोधेँ- "अपुर्ण हुनुको कारण ?"
"बेपत्ता भई दियौ, आज बल्ल भेट्दै छु ।"
मैले सिधै उसको आखामा नियाले । एउटा अन्जान प्रश्नको उत्तर खोजिरहेथे म त्यहाँ ।

"तिमि भाग्न पाउदिनौ" उसले भन्यो
"किन ?" मैले मस्किँदै सोधेँ
प्रत्युत्तरमा उसले फेरि हात समातेर तान्यो । म फेरि उसको पछि लागे । एउटा चट्टानलाई उसले सेड हालेर हिउँबाट जोगाएको थियो । वरिपरि का को रेँलिगहरुमा थुप्रै रँगीन विजुलीका बल्बहरु थिए । म फेरि रोकिएँ र सोधे- "यस भित्र के छ ?"
"हेर्न चाहन्छौ ?"
मैले स्विकृतिमा टाउको हल्लाएँ । उसले ति सबै बत्तिहरु एकैपल्ट बाल्यो । आँखाहरु तिर्मिराए र मैले आँखा बन्द गरेँ । मैले विस्तारै आँखा खोल्दा उसले त्यो चट्टानबाट सेड झिकिरहेको थियो । यतिबेला मेरो आँखा अगाडि एउटा चट्टानमा कुँदिदै गरेको अपूर्ण मूर्ति थियो ।
"यसले पूर्ण आकार कहिले पाउँछे ?" मैले त्यो चट्टानतिर औँल्याउँदै सोधेँ ।
"त्यो तिम्रो समय र ईक्षामा निर्भर छ ।"
"मतलब ?" मैले पुरै फर्किएर उसको आँखामा नियाल्दै सोधेँ ।
"म तिम्रो दिव्यरुपलाई पूर्ण रुपमा जस्ताको त्यस्तै त्यो मूर्तिमा उतार्न चाहन्छु ।"
"अनि मैले के गर्नुपर्छ ?" डराई डराई सोधेँ ।
"तिमिले तिम्रो आफ्नो मस्तिष्क अर्थात विवेकलाई तिम्रो त्यो झोलामा केहि बेर थन्क्याउनु पर्छ ।"
"किन ?"
"नत्र तिमि बहकिने छौ र म तिमिलाई आफुले चाहेजस्तो रुपमा ढाल्न सक्ने छैन ।"

मेरो आँखाहरु अलिक परको एउटि अर्धनग्न युवतिको मूर्तिमाथि अडियो । जुन अपुर्ण नै थियो । उसले मेरो मनको कुरा बुझिसकेछ र त भन्यो "उनले आफ्नो विवेकलाई टाउकोमै राखेकि रहिछे । भड्किईन र भागिन् ।"
 
म साँच्चै असमञ्जसमा परेँ । उसले एउटा रिमोट कण्ट्रोल हातमा लियो र केहि बटनहरु थिच्यो । चट्टानहरुको बीचमा एउटा सिँढि देखापर्यो । मैले आश्चर्य व्यक्त गर्न नपाउँदै उसले मलाई हात समाएर त्यहि सिँढिको नजिक लग्यो र माथि हिँड्न ईसारा गर्यो । चुपचाप भर्याँग चढ्न थाले । उ मेरो पछिपछि उक्लिरहेको थियो । एकदुईपल्ट सिँढिमा सँतुलन नमिलेर म धरमराएँ र उसले आफ्नो हातहरुमा मेरो बदनको सम्पूर्ण बोझ लियो । म लाजले भुतुक्क भएँ तर त्यो अनुभूति मलाई निकै मी ो लाग्यो । त्यसपछि उसले मेरो बदनबाट आफ्नो हात निकालेन । पुरै भर्याँग उक्लियुन्जेल उसले मलाई थामिरह्यो थामिरह्यो ।

त्यो भर्याँग हुँदै एउटा भव्य ग्यालरी जस्तो लाग्ने सिटिँग रुममा पुगिसकेकि थिएँ म । एउटा ुलो चट्टान घरको भित्ता फोडेर भित्र छिरेको जस्तै एकदम स्वाभाविक अवस्थामा विराजमान थियो । उसले त्यसमापनि तिब्बति अक्षरहरुमा कविताजस्तै केहि हरफहरु कुँदेको थियो ।

त्यहि ढुँगाको ओतमा अति लोभलाग्दो आकृतिमा एउटा फायर ल्पेस थियो र त्यसको नजिकै बस्ने ाउँहरुपनि त्यस्तै । मानौ ढुँगे युगका मानिसहरु यहाँ धुनी ताप्न आउँछन् । उ त्यहाँ आगो बाल्ने तयारीमा थियो । म उसलाई नै नियालिरहेकि थिएँ । आगो बाली सकेर उसले आफ्नो ज्याकेट खोलेर एकातिर राख्यो । मैलेपनि अलिकति गर्मी महसुस गरेकि मात्रै थिएँ उ मेरो पछि उभिएर मेरो बदनबाट ज्याकेट निकाली रहेको थियो । त्यहिबेला ल्किप खुस्किएर एक पलकोलागी मेरो सम्पुर्ण केश उसको अनुहारभरि गयो र उसले मेरो बाक्लो कालो केशहरुलाई अञ्जुलीमा थापेर सम्हाली रहेको दृश्यले मलाई भित्रैसम्म कुतकुति लाग्यो र म मज्जाले हाँसिदिएँ । उ मेरो मुस्कानमा ल ् िएको आभास पाएर म झन् धेरै  रोमाञ्चित भईरहेकि थिएँ । उसले भन्यो "कति कन्चन, कति निर्मल ।"
" के ?"
"तिम्रो केश तिम्रो मुस्कान"
"केहि होईन होला…"
"कसम, तिम्रो यो मुस्कानलाईपनि मूर्तिमा स्थापित गर्न पाए हुन्थ्यो ।"
"सम्भव छ र?"
"हेर्न चाहन्छौ ?"

मैले स्विकृतिमा टाउकोमात्रै के हल्लाएकि थिएँ फेरि उसले एउटा भित्तामा भएको कि प्याडमा केहि नम्बरहरु थिच्यो । मलाई आफु उभिएको सतह नै कतै हिडिरहे झै लाग्यो । तर वास्तवमा मेरो नजिकैको एउटा सिँगै भित्ता सर्दै चट्टानको नजिकै विलिन हुँदै थियो । मेरो आँखाबाट अघिका दृश्यहरु परिवर्तित हुँदै थिए र म हेरेको हेर्यै भईरहेकि थिएँ । चट्टानको अर्को भागमा त्यहिसँग टाँसिएको मालिँगोको ुलै झाडी देख्न पर्यो । म त्यसको नजिकै पुगे । अलिपर चट्याँग परेको जस्तो अथवा डढेलाले खाएको जस्तै लाग्ने दुईवटा रुख अनि सबैभन्दा मजाको कुरा त तिनै रुखहरुमा एउटा झोलुँगो बाँधिएको थियो । सिसाको ुलो पर्खाल बाहिर बिलकुल त्यहिँ तल उसको मुर्ति बनाउने ाउँबाट देखिने दृश्यहरु । म झोलुँगेको नजिक पुगेँ । मलाई त्यस्तो झोलुँगेमा पल्टिएर सुनसान रातमा जून हेर्न र ताराहरू गन्न अति मनपर्छ । मैले आफुलाई सम्हाल्नै सकिन । अनि म उसको स्विकृति बिना नै त्यसमाथि पल्टिन पुगीसकेकि थिएँ । म आफ्नै दुनियाँमा हराउँदै थिएँ । अनायास उसले त्यसैपनि मातलाग्नेजस्तो थुप्रै रँगीन प्रकाशहरु मेरो सेरोफेरो पोखिदियो । जब आँखाहरु त्यति थुप्रै रँगीन प्रकाशहरुसँग अभ्यस्त भयो मैले देखे उ एउटा कुनामा ट्राइपडमा राखिएका तीन चारवटा प्रोफेसनल हाई- डिफिनेसन क्यामराहरुलाई मतिर फोकस गरिरहेको थियो । नजिकै एउटा ुलो ल्पाज्मा टिभि स्क्रिनमा म आफै दृश्यहरु भएर तरगिँत हुन थालेँ ।

एउटा बेईमान घोडी जस्तै बिच्किएर भाग्न सक्ने थिएँ म । तर मैले भनि सकेँ आज मेरो मस्तिष्कलाई उसले ह्याक गरिसकेको छ । चुपचाप त्यो टिभि स्क्रिनमा तरगिँत भईरहेको मेरो रुप, मेरो यौवनलाई हेरेर म आफै ल ् िँदै गईरहेकि थिएँ । उ मेरो छेउ आई पुगेको मैले केहि सुँईको नै पाईन ।

बिस्तारै उसले मेरो सबै केशहरुलाई एक साइडमा पोखिदियो र अघि जस्तै अञ्जुली थापेर बस्यो । म फेरि त्यसरी नै खित्का छोडेर हाँसिदिएँ । मलाई थाहा छ हाम्रो गतिविधिहरु सबै उसको क्यामरामा रेकर्ड भईरहेको छ । उसले खोजेको कुरापनि त्यहि थियो । मेरो मुस्कान अनि हाँसोलाई उ उसको मूर्तिमा जीवन्त अनुवाद गर्न चाहन्थ्यो ।

"तिमि बिलकुल यहि मुद्रामा केहि बेर यसरी नै हाँसेर बसीराख है ?" उसले मेरो कान नजिकै बरबरायो ।
म त साँच्चे मूर्ति नै भईसकेकि थिएँ अर्थात मैले केहि प्रतिक्रिया जनाईन न शब्दमा न हावभावमा । उ एकपलमै क्यामरा सम्हाल्न पुगीसकेको थियो । उ घरीघरी फरक फरक रँगको प्रकाशहरु मतिर फ्याँकिरहेको थियो । केहिपलमै उसले ति रँगीन बत्तिहरु निभायो र उज्याले बत्तिहरु बाल्यो । उ एकदम प्रसन्न भएर मेरो नजिक आईपुग्यो र मेरो हात समाएर मलाई सम्हाल्दै झोलुँगोबाट उ ायो ।

"पुग्यो तिम्रो ईक्षा ?" मैले मस्किँदै प्रश्न गरेँ । उसले अस्विकृतिमा टाउको हल्लायो । मैले फेरि केहि बोल्नै लागेकि थिएँ उ एकदमै दौडिएर कुनातिर गयो ।
"आँखा बन्द गर" उसले भन्यो । मैले त्यसै गरेँ । अनि उसले "आखा खोल" नभन्दै खोलीपनि हालेँ । चन्चले छु नि म !

उ मेरो सामुन्ने रातो गुलाफको फूल लिएर उभिएको थियो । मैले एकपलपनि नसोचि उसको हातबाट फूल स्विकारेँ । उसले दँग परेको भाव देखाउँदै लामो सास फेर्यो । उसको कस्सिएको छाति झन फराकिलो भयो र उसले मलाई न्यानो अँगालोमा बाँध्यो । यति बलियो अँगालोमा म कहिल्यै परेकि थिईन । उकुसमुकुस भएँ अनि उसले आफ्नो अँगालो खुकुलो बनाउँदै भन्यो- "तिमिलाई थाहा छ आज भ्यालेण्टाईन्स डे हो ।"  मैले थाहा नभएको स्वाँग पार्दै अस्विकृतिमा आँखाका नानीहरु नचाईदिएँ । उसले पत्याएन । उ सिधै उसको मिनीबारमा गयो र वाईनको बोतलहरु निकाल्यो । म फेरि आगोको नजिक बस्न पुगे । उसको हातबाट रेड वाईनको गिलास स्विकार्दै मैले उसलाई उछिनेर भनिहाले -"अघिको भिडियो देखाउ न ।"
उसले नाई नास्तीको कुनै सँकेत नदेखाई क्यामरा भएतिर गयो । क्यामरा ल्यापटप- ल्यापटप क्यामरा…। उ एकछिन त्यतै अल्झियो । अनि एउटा हातमा रिमोट कण्ट्रोल लिएर उ मेरो नजिकै बस्यो । हामी दुबै रेड वाईनको चुस्कि लिँदै ुलो ल्पाज्मामा हाम्रो करतुतहरु नियाल्न थाल्यौ । म त केहि बोल्नै सकिन । हेरेको हेर्यै भएँ । ति रँगीन प्रकाशहरुमा म जस्तो नै थिईन । विश्वासै नलाग्ने गरि म साँच्चै एउटा दिव्यमूर्ति झै देखिई रहेकि थिएँ ।

"तिमि मुर्तिको रुपमा यसरी नै देखिन चाहन्छौ ?" उसले नशालु पारामा बरबरायो ।
"तिमि कसरी चाहन्छौ ?"
"चाहना तिम्रो, म त एउटा मुर्तिकारमात्रै हुँ । जसरी तिमि चाहन्छौ ।" यति भनेर उ फेरि वाईन थप्न गयो । मैले सोचेँ वास्तवमा हो नि त । म यो झोलुँगोमा सँधै यसरी हल्लिएर बसिरहन त सम्भव छैन । म साँच्चै व्दिविधामा परेँ । वास्तवमा म आफ्नो रुप आफ्नो यौवन जस्ताको तस्तै उसको त्यो मूर्तिमा रुपान्तर भएको देख्न चाहन्थे । उसले मेरो मौनताको के अर्थ लगायो कुन्नी उ त लुई लुई फेरि क्यामरा भएतिर गयो । मेरो मन मस्तिष्कलाई त उसले हयाक गरिसकेको थियो । म ईशारामा चल्ने पुतली जस्तै भईसकेकि थिएँ । म आँखा बन्द गरेर केहि सोचिरहेथेँ । अनायास उसले सबै बत्तिहरु निभायो । अँध्यारोसँग मलाई अति डर लाग्छ । अनि अचानक मैले आँखा खोलेँ । म त बिलकुल जहिँको तहिँ थिएँ । होटलको लबीमा फायर ल्पेसको अघि । मैले यतउता नियालेँ । टेलिभिजन क्रुहरु काम सिध्याएर अन्यत्र जाने तयारी गरिरहेका थिए ।

म भने कल्पनाको सँसारमा बेपत्ता उडेर मेरो साथीको पात्रसँग आफै पो लहसिन पुगेछु । वास्तवमा मेरो साथीले दिएको सरप्राईज नै सपना जस्तो थियो । एकजना युवा नेपाली मुर्तिकार विकसित प्रविधिहरु प्रयोग गर्दै मुर्तिहरुको निर्माण गरिरहेको थियो । सम्भवतः त्यहि मी ो सरप्राईजको प्रभाव हुनसक्छ । म रिम्पुजयलाई त्यहि मूर्तिको रुपमा कल्पनाको दुनियामा भेटि रहेकि थिएँ ।

हातमा भएको आई फोनलाई टोलाएर हेरेँ र फेरि फेसबूकमा गएँ । उसले मेरो वालमा लेखेको थियो- "म त नेपालमा छु । अ ार घण्टाको लोडसेडिँगपछि फेरि भेटौला फेसबूकमा ।"

मलाई हाँसो रोक्न निकै गाहारो भयो । विचरा मैले उसलाई पोहोर साल आजकै दिन एउटा चित्रकारको रुपमा कल्पना गरेकि थिएँ वाँफको त्यो रेष्टुरेण्टभित्र यसरी नै बहकिएर । अनि आज मूर्तिकार ।

वास्तवमा उसितको मेरो सँक्षिप्त भेट अनौ ो परिस्थितिमा भएको थियो । म घोसे लाटी उसित गफिनुको बदला भावनाको दुनियामा डुब्न पुगेकि थिएँ । उसले कसरी मलाई फेसबुकमा भेट्टायो त्यो त बुझ्नु नै छ । जे होस् कमसे कम उ मेरो साथी त बनेको छ फेसबूकमा । अनि म उत्ताउली उसको वालमा लेखिदिएँ "ह्याप्पी भ्यालेण्टाईन डे ।"

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |