हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

विरोध

सुषमा मानन्घर, (ललितपुर)

नदी किनारमा अवस्थित त्यो शहर आधुनिकता र विकासको हिसाबले प्रमुख नै मानिन्थ्यो । यति रमणीय शहरमा अचेल खै कुन्नि कसको आँखा लागेछ । बेलाबेलामा हुने चक्काजाम, बन्द र हडतालहरुले ऐतिहासिक र सार्वजनिक सम्पतिहरुको थुप्रै खती र शहरवासीहरुको जीवन प्रभावित गरिसकेको छ । त्यहाँ भएका स्कूल, कलेज र अस्पतालहरु समेत पनि त्यसबाट अछुतो रहन सकेका छैनन् । आजित भएर शहरवासीहरुले एउटा बृहत भेला गरेका छन् ।
"हैन, यो देशमा सरकार छैन कि के हॊ ? यत्रो बन्दहरु भैरहँदा पनि सरकारले कुनै वास्तै गरेको देखिँदैन ।"
"म पनि दिक्क भैसकें । एक दिन हैन, दुई दिन हैन सँधै सँधैको यस्तो ताल । जहाँ जे भए पनि बन्दै गर्ने । के हामी ब्यापार गरी खानुपर्नेले पसलै खोल्न नपाउने ?"
"याँ आफ्नो भएको क्या.बि. पनि बन्दमा ब्यर्थै बिदा लिँदा लिँदा सकिसक्यो । गाडी नचल्दा अफिससम्म त्यत्रो लामो बाटो हिँडेर जाने कुरा भएन ।"
"अरु त कुरै छाड्नुस् न । सिकिस्त परेँ भनेर अस्ति अस्पताल गएको त अस्पताल नै बन्द बा ! यो पाराले पनि कहीँ देश चल्छ ?"

सबैका आफ्ना आफ्ना समस्या र गुनासाहरु थिए र उनीहरु प्रतिदिन भने जस्तै हुने बन्दबाट वाक्क र दिक्क पनि भैसकेका थिए । ती सवैजना यस्ता बन्दहरुलाई रोक्न चाहन्थे । बन्दको आयोजना गर्ने व्यक्तिसंस्था वा राजनैतिक पार्टीहरु समक्ष बन्दको विरोधमा सशक्त प्रत्युत्तर दिन प्रतिक्रिया जनाउनै पर्छ भनेर भेलाका दुईचार टा ाबा ाले प्रस्ताव राखे । जनसमुदायले तालीको गडगडाहट सहित प्रस्तावलाई समर्थन गर्यो । उपस्थित सवैले दिमाग लडाए । उनीहरुले सँधै देख्दै आएकोभोग्दै आएको र जानेकॊ एउटा त्यही तरीका थियोबन्द गर्ने । भोलिदेखि बन्दको विरोधमा उनीहरुले पनि फेरि उपत्यका बन्द गर्ने भएका छन् । 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |