हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

मुर्दासंग डराएर भाग्दिन , जिउदो मान्छे हुं म

संतोष थपलिया, ( न्यूयोर्क)

मन बिरक्तिएर चीरा चीरा परेको छ माइला दाईको । उमेरै नपुगी चाउरिले गोरेटो बनाएको अनुहार, भास्सिएर स-सानो कुवा जस्तै देखिने आँखा अनि भाटो जस्तो आफ्नो शरीर हेर्दै धक् फुकाएर रुन सम्म रुँदैछन आज माइला दाइ । उनको घुक्क घुक्क रोदन रातको सन्नाटा चिर्दै सारा गाउँको कानमा ोक्किएको छ, तर अफ्शोच! सबै कान बैरा भएका छन मानौं भुस्याहा कुकुर रुँदै छ ।

आफुले ४० बर्ष सम्म मीत लागाएको आफ्नो गाउँ । सबैको खेतबारीमा पसिना बगाएर अरुलाइ हँसाउन सुम्पिएको जवानी, दिन र रात नभनी खानेका पानी पौवा, बनाएका गोरेटाहरु, आफैले डोली बोकी अन्मिएका अनगिन्ति गाउँले चेलिवेटीहरुको सम्झनाले एकातिर रुवाएको छ उनलाई भने अर्कातिर आफैले खाडल खनी पुरेका गाउँका बूढापाकाहरुको लासहरु उ ेर आँसु पुछिदिएको भान भई रा' छ माइला दाइलाइ ।

के गरेनन उनले गाउँ र गाउलेहरुको हित र मनोरन्जनका लागी ! चप्पल बिनाको पैतालाले बेलको कांडामाथि नाचे, अदुवा खोला गाउँतिर छिर्दा एक्लै ढुङ्गे बाँध खडा गरेर खोला फ़र्कन वाध्य गराए, गाउँमा हैंजा फैलिॅदा साना ूला, तरुनी-तन्देरी र बुढा-पाका सबैलाइ काँधमा बोकी स्वास्थ्य चौकी पुरयाए, आफ्नो नाममा एक टुक्रा माटो नभएको गाउँलाइ आफ्नो कर्म क्षेत्र बनाएर माया दिए, रगत र पसीना दिए अनि माया र ममता दिए ।

असार साउनको हाड़ पग्लिने घाममा अर्काको जमिनमा आफ्नो पसिना सिंच्दै हाँस्न सक्ने उदारता छातीभरी बोकेका माइला दाइले आफ्नो पुरै श्रम र क्षमता यसरी नै समर्प्रित गरेका थिए आफ्नो गाउँ र गाउलेहरुलाई । काँधमा हुर्किदै गएका छोरा छोरीहरुको शिक्षाको जिम्मेवारी, आँखामा घाँस काटन गएकी प्रिया "माइली" लाइ गोमन सर्पले डसेर मार्दाको सम्झना, धान रोप्न जांदा खहरेले स्वात्तै तानेर लापत्ता बनाइएकी ६० वर्षीया आमा अनि सम्पतिको नाममा एक हल गोरु उनले सम्झिने अतीत र वर्तमान थिए ।

गाउँमा आफ्नो जमीन नभए पनि उनले देखाएको इमानदारिता र आत्मियाताको कदर गर्दै गाउँकै हुने खाने पोखरेल कान्छाले एउटा झुपडीसम्म खडा गर्न मुस्किलले पुग्ने २ धुर जग्गा दिएर माइला दाइलाइ गुन लगाएका थिए । गाउँमा बाच्दाका जन्ति मर्दाका मलामी थिए माइला दाई । अदुवा खोलाको किनारमा खरकै टाटी र खर कै छानोभित्र आफु र आफ्ना छोराछोरीको सुखद भविष्य खोज्दै निदाउनु उनको प्रत्येक रातको सपना थियो भने घाम झुल्किनु अघि नै आफ्ना हलगोरुमा जुवा नार्नु र छिमेकीको जमीन जोत्नु पर्ने यथार्तता थियो ।

समयले घड़ी घुमाउदै गयो, घड़ी घुम्दै गयो । घड़ीले माइला दाइलाइ पनि छाडेन, उ जस्तै बुढो र वाध्य बनायो उनलाई पनि । निरीह बनायो नाडी र भितामा आफू टाँसिए जस्तै । उनलाई पनि गाउँको भित्तामा जीसस क्रिस्ट बनायो समयले ।

अचम्म ! माइलादाईको आफ्नै पाखुरीले बनाएको चौतारोमा बसेर गाउका भलाद्मी(?) हरु उनलाई अर्ति र उपदेश फयाक्न तंछाड - मछाड़ गरेको दृश्य भने माइलादाईको जीवनको अप्रत्यासित कथा बन्न पुग्यो । शर्मा काका जसले पोखरेल कान्छा संग २ धुर जमीन माइलादाइलाइ दिलाउन कसरत गरेका थिए, भन्दै थिए " सुन माइला, तँ पो राम्रो मान्छे थिस तर तेरी छोरी ममताले गाउँका जवान केटाहरु बिगार्नी भई, कृष्ण बा का छोरालाइ मायाजालमा पारेकी छ तेरी छोरीले, भोली मेरो छोरालाइ पार्ली......., पर्सी......., त्यसैले तेरो र यस् गाउँको यसैमा भलाई छ ...... गाउँ छड़ीदे.......!" पोखरेल कान्छाले पनि आफ्नो जमीन तॅ बाट फ़िर्ता लिए, अब यो गाउँमा कति बिजोग देखाउँछस । तेरी छोरी ममतालाइ पनि यसो बाहिर कसैले नचिनेको ाउमा लगेर टिकाटाला गरिदे, उसले पनि गरी खाइहाल्छे । तॅ पनि बुढो र कमजोर भई सकिस, सक्छस भने यी ला े छोराहरुलाइ यही गाउँमा छाडि दे यसो भर अभरमा हात दिन्छन, धर्मं नै हुन्छ तॅलाई पनि"।

माइलादाईको आँसुले पुरै भुई छिचोली सकेको थियो, तर रोकिने संकेत सम्म थिएन । आफ्नी इज्जतदार छोरीलाइ गाउँलेले पासा बनाएर भुइमा पछारेको दृश्यले उनको मुटु तीन टुक्रा भएर फुट्यो । आख़िर यो सब किन ?

सोच्दा सोच्दै रात रोएरै बित्यो । आख़िर मेरो र मेरो गाउँको सम्बन्ध यती नै हो त ? मैले बगाएको रगत र पसीना को मूल्य यही हो त ? आंखै अगाडी आफ्नी अस्तित्ववान छोरीको इज्जतलाइ बेइज्जत गर्ने हिक्मत र मनोगत अधिकार यिनिहरूलाइ कसले दियो? आफ्नै धर्ती टेक्ने र ओड़ने मेरो अधिकार छिन्ने हक़ यिनीहरुलाई कसले दियो? कसैले छाड़ भन्दैमा मैले मेरो मुटु छोड़नै पर्छ उनीहरुलाई? मैले हुकूमतबाट बच्न गाउँ नै छोडनु पर्छ? बलात लान्छना छोरी चेलीमा मात्रै लगाइन्छ? के म यिनीहरूबाट भाग्दैमा समस्या आफै समाधान हुन्छ ?

माइलादाईमा नजानिदो बल थपिदै जान्छ । उनको रुवाई अब हिम्मतमा बदलिदै जान्छ । उनले अब त्यही चौतारोमा तिनै भालाद्मी? हरुलाई बोलाई आफ्नो छाती भारिका हिम्मत बोल्ने अ ोट गर्छन । उता माइलले गाउँ छाड़ने निधो दिने भो भन्ने अभिलाषा सहित जु ो मुख बोकेर भालाद्मी? हरु चौतारोमा पुग्छन । माइला दाई, जसले कसैको दुई पैसा खाएको छैन, कसैको घरमा आगो लगाएको छैन, कसैको कुभलो चिताएको छैन, नयाँ हिम्मत को सपना बोकेर चौतारो पुग्छन ।

"म गाउँ छाड़दिन, म संग खोला फर्काउन सक्ने अ ोट छ । कसैको मनोरन्जनकालागि कांडामाथि नाच्न सक्ने योग्यता छ, आफू भएर बांच्न खोज्ने जिजिबिषा छ भने तिमिहरूसंग भिड़न सक्ने साहस पनि छ' । "म जिऊँदो मान्छे हूँ, मुर्दासंग डराएर भाग्दिन । मैले मेरी माइलीसंग कसम खाएको छु, ममताको लागि उनको आमा हुं म, इज्जतको खानी हुं म, अनि मेरो गाउँको लागि विश्वास हुं म"। 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |