हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नैतिकता !

सुषमा मानन्धर, (ललितपुर)

आज ऊ अफिसबाट छिटै निस्केको छ । टाढैबाट उसले बुढो माग्नेलाई आफूतिर आउँदै गरेको देख्यो । "हजुर…दया गर्नुस्"  बुढोले अनुनयपूर्वक ऊतिर हात फैलायो । माग्नेलाई पैसा दिन भनी पर्स निकाली हेर्यो ऊसँग बीस रुपिँयाभन्दा सानो नोट थिएन । माग्नेलाई तातो भात ! बीस रुपिँया त के दिनु । उसले चित्त सानो गर्दै सोच्यो । भएको बेला सधैँ दिएकै छु, आ …होस् पछि कुनै दिन दिउँला । उसले पर्स खल्तीमा राख्यो र भन्यो "आज त पैसै छैन ।"  ऊ माग्नेको काँतर स्वरबाट पन्छिन छिटोछिटो हिँड्यो । "हजुर… हजुर… ।" बोलाई बोलाई माग्ने त्यो बुढोको बोलाहटमा उसलाई रीस पनि उ ्यो ।

बैंकबाट पैसा निकालेको दिन माइक्र्रॊमा चढेर आफ्नो पर्स गुमाउने मुख्र्याँई त्यो बेला गरेन उसले । त्यसैले बसस्टप पुगेर ट्याक्सी खोज्दै उसले आफ्नो खल्ती छाम्यो । ऊ झसँग भयो उसको पाइन्टको खल्तीमा पर्स थिएन । बाटोभरी आँखा लाउँदै ऊ अत्तालिँदै फर्कियो । कतिबेला कसले उडाएछ उसले चाल पाएन । यदि बाटोमा खसेकै भए पनि नोटले भरिएको पर्स कसले बाँकी राख्थ्यो । ऊ किँकर्तव्यविमूढ उभिरहँदा माग्नेले आफ्नो टालेको खास्टोभित्रबाट उसको खसेको पर्स  ऊतिर बढायो । "बाबु पैसा दुरुस्त छकि छैन राम्ररी गन्नुहोस् ।"  सँकोचले उसका आँखा झुके । धन्यवाद पनि भन्न सकेन उसले । उभिरहेको उसलाई लज्जित छाडेर बुढो भने अरुका अगाडि फेरि हात फैलाइ मागिरहेकोथ्यो "हजुर दया गर्नुहोस् ।"

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |