हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

बाह्र लाखको कविता

सुन्दर जोशी, (वेष्ट पाल्म बीच, फ्लोरिडा)

मेरो मुटु लगलगी कामी रहेको अमेरिकामा तीन महिनामात्रै बस्न पाउने छाप लागेर बाहिर निस्केको दुई घण्टा भई सक्यो गोष्�� िको आयोजकले भन्नु भए जस्तै मेरो स्वागतको प्रतिक्षामा कोही भेटिएन यो बिरानो मुलुकमा डि. एफ्. डब्लु. विमान स्थलको चहल पहल देखेर नै सातो उडिसक्यो, कहाँ जाने -  कसलाई गुहार्ने - घरि घरि गोजी छाम्छु बाह्रलाखको कविता गोजीमा सुरक्षित दौरा सुरुवाल पाल्पाली ढाका टोपिमा छाटिएर आफ्नो छन्दोबद्ध कवितालाई लय हाली हाली पढ्नेछु स्वदेशको नाङ्गो तस्वीरजस्तो मेरो कविताले परदेशमा बसेकाहरूलाई क्वाँक्वाँ रुवाउनेछ मेरो बाह्रलाखको कविता पढि सके पछिको आफ्नो प्रसिद्धिको कल्पना गर्दै अवतरण गरेको थिएँ यो स्वप्न भुमिमा तर यतिवेला मेरो मुटु लगलगी कामी रहेको एउटा अञ्जान भय त्रासले आक्रान्त मेरो मुटु एउटा बबुरो कविले नेपालमा जोहो गरेको सम्पत्ति पुरै बाह्र लाख बुझाएर भिसा हानेको राहदानीलाई टुलुटुलु हेर्छु । 

'ब्यर्थै भागिस देश छाडेर -' मनले मलाई नै दोषि औला �� ड्याइरहेको   'के गर्नु नभागेर ? सबै भागि रहेका छन् पहाड रगताम्य , तराइ दनदनी बलीरहेको , कोशीहरूमा शुद्ध सङ्गलो पानी बग्दैन आजभोली सबै भयभित छन्, सबै भागिरहेका छन् अध्ययन, अनुसन्धान, खेलकुद, मनोरञ्जन, समाजसेवा अनेक बहानामा सबै भागिरहेका छन् कविता सुनाउने वहानामा पनि भागेँ के अपराध गरेँ ?' दिमाग खुस्केको मानिस झै एक्लै बड्बडाउन थालेछु गोष्�� िको नाईकेको छन्दबद्ध कविता जस्तै मधुर वाणीहरू सम्झीन थालेँ, 'डलरको खेति हुन्छ अमेरिकामा बाह्र लाख उकास्न बाह्र महिना कुर्नु पर्दैन अनि हिसाब लगाउ जिन्दगीमा कति कमाउने छौ ?'
 
साँच्चै कविता जस्तै लयबद्ध उस्ले भनेजस्तै सपनाको खेतहरू कहाँ छन् होला अनी खै काहाँ त्यो गोष्�� िको आयोजक जस्ले स्वयं तपाईको स्वागतमा विमानस्थल हाजि हुनेछु भनेको थियो

मेरा आँखाहरू भिडमा उस्को अनुहार खोज्दा खोज्दै थाकी सके त्यै पनि आश मारेको छैन उस्ले दिएको नम्बरमा फोन गर्दा गर्दा साटेको खुजुरा सबै सकिइ सक्यो उनीहरूलाई सर्म्पर्क गर्ने अर्को कुनै माध्यम थिएन त्यत्रो �� ुलो गोष्�� िको आयोजक सम्भवतः अरु काममा ब्यस्त भयो होला      

'आफै आउन नपाए पनि कसैलाई प�� ाउन पनि सक्थे, किन कोही देखा नपरेको होला ?' मेरो मन यति अधिर भै कहिल्यै छट्पटाएको थिएन फेरि भिडमा आँखा डुलाउन थालेँ  

"हैन, तपाईँ नेपाली जस्तो देखिनुहुन्छ नि ?" अनायास यी वाणिहरू �� ोकियो मेरो कानको पर्दामा विजुलीको गतिमा त्यो ध्वनी आएपटि फर्किएँ । एकजना निकै हट्टा कट्टा ज्वाजल्य व्यक्तित्व भएको मानिसलाई सामु पाएर हेरेको हेर्यै भएँ आँखाबाट हर्षको आँसु झण्डै बाँध फुटाइ बगेनन् हत्तपत्त सोधेँ, "हजुर गोष्�� िको आयोजक मध्येकै हुनुन्छ ?" 

" गोष्�� ि ? आयोजक ? खै के भन्नु भा' हो तपाईले मैले केही बुझिन मैले तपाईलाई नेपाली लागेर सोध्या मात्रै  " 

आँसु त त्यसै पनि बग्न आतुर भै सकेको थियो तर अब हर्षको हैन बेदनाको भएर तर रोकेँ रोक्नै पर्थ्यो मैले साहस गरेर बाह्रलाखको कविताको भूमिका सारांशमा सुनाएँ निकै भावुक भयो भने उस्ले कोटको बाहुला बटारेको देखेर खङ्ग्रङ्ग भईसकेको थिए कोटको बाहुला बटार्नेहरूबाट भयभित थिएँ तर, समय हेरि भुतको भोजमा पनि सामेल हुन जान्नु पर्छ भन्थे केही साथीहरू झल्झलि त्यही सम्झिएँ अलिकती अप्राकृतिक मुस्कुराहट अनुहार भरि पोतेर बसेँ एकछिन् गम खाए जस्तो गरी उस्ले भन्यो, "तपाई साँच्चै बिपतिमा पर्नु भएको रहेछ कोही इष्ट मित्र, साथीभाई कसैको फोन नम्बर ल्याउनु भा' होला ?"

" छैन, गोष्�� ि आयोजकको बाहेक अरु कुनै नम्बर छैन "

 अनि मैले खल्तिबाट उस्लाइ त्यो नम्बर देखाउँदै भनेँ "दश चोटी फोन गरी सकेँ खै के भन्छ, के भन्छ एउटी गोरी आईमाईको स्वर पो सुनिन्छ केही बुझिन " अनि उस्ले त्यो नम्बर आफ्नो मोबाईलमा हानेर हेर्यो, खिस्रिक्क मुख बिगार्यो भन्यो "अत्तो पत्तोको नम्बर  हैन, के गोष्�� ि भनेका थिए ?"

 "बृहत साहित्य गोष्�� ि" 

"यही डालासमा ?" 

"त्यसै भन्थे" 

"डालासमा कुन नेपालीको घरमा के पाकिरहेको थाहा हुन्छ मलाई, मेरो जानकारी बिनाको गोष्�� ि ?"  अनि उस्ले मलाई टि�� लाग्दो पाराले नियाल्दै भन्यो, "तपाईँ धरापमा पर्नु भए जस्तो सुन्छु, नेपालमा यसरी तपाई जस्ता सिधासाधालाई खाजा बनाउने थुप्रै गिरोहहरू छन् कति बुझाउनु भयो भेटि ?" 

"बाह्र लाख " अनि उस्ले घडी हेर्दै भन्यो, " काम बिशेषले शहर बाहिर जान लागी रहेको छु तपाईलाई गाडिमा तीन-चार घण्टा बस्न दिक्क लाग्दैन ?
"
किन लाग्नु नि ?

 अनि ढुक्क भएर उस्को पछि लागेँ गाडीमा राखेर लगिसकेपछि कतै बाटोमा लगेर छोड्दैन भन्ने कुरामा विस्वस्त भएँ उस्को गाडी देखेपछि मेरो होसहवासै उड्ला जस्तो भयो कारण नेपालमा मन्त्रीले पनि देख्न नपाएको जस्तो गाडी थियो जे होस, ठूलै मानिसको फेला परिएछ भगवानको घरमा 'देर अन्धेर छैन' भने जस्तै पो भयो दङ्ग परेँ म, कस्तो जाति मान्छे जस्तो सामान्य कविको झोला-सोला पनि आफैले उचालेर गाडीमा हालि दिएपछि झन एउटा असाधारण मानिस नै हो भन्ने सोच्न बाध्य जस्तै भएँ यति कृपालु मानिस पनि हुँदो रहेछ अमेरिकामा !
 
आफ्नो परिभाषाहरूको पुनरब्याख्या सोचि रहेथेँ फोनको घण्टि बज्यो नेपालमा बुढियालाई छाडेर आएको मेरो मोबाईलको झझल्को आयो अचम्म, कानमा अड्काउनेसम्म नेपालमा देखेको थिएँ गाडीमै फोन पनि हुँदो रहेछ गाडीसँगै बोले जस्तै बोलिरहेको थियो दोहोरो कुरा सुनिरहको थिएँ,

"हे ह्वाट्स अप ?"-  नारी आवाज सुनीयो      

आम गुड हनी, हाउ बाउट यु ? 

आइ मीस यु

मि टु

टुडे इज आवर मेरीज एनीभर्सरी यु नो द्याट, र्राईट

, अफकोर्स, म्याटर फ्याक्ट आइ अलरेडी गाट सम्थिङ्ग भेरि स्पेसल गिफ्ट फर यु  

यु आर सो स्वीट हनी  

एस आइ एम, आइल सी यु इन डिनर टु नाईट  

आइल वेट यु डेस्परेटली

वाई हनी
वाई

भनेपछी यो कृपालु मानिसको श्रीमती गोरी पो रहेछ आज मेरीज एनीभर्सरी भनेपछि शँका गर्ने ठाउँ नै भएन उस्को गोरी श्रीमती कस्ती होली भनेर कल्पना गर्दै थिए फेरी फोन आयो

राजा बाबु दर्शन,
दर्शन
, दर्शन
अब
मेरो के हुन्छ राजा ? 

तिम्रो के हुन्छ थाहा छैन तर, मेरो नोक्सान कसरी चुकाऊँछौ त्यो भन ?
काजी
हजुरको शरण परेको मानिस जे मर्जि हुन्छ त्यही गर्छु । उताबाट बोल्ने मानिसले रुन्चे स्वरमा भन्यो

कागज नभएको मानिस, जस्को पायो त्यसको फोन नउठाउ भनेर तिमीलाई कसैले पनि भनेन ? अब सिधै अध्यागमनको मानिससँग वार्तालाप गरेछौ, बुद्धि पनि कस्तो तिम्रो ?
राजाबावु मलाई बचाउनुस्
तिमीलाई बचाउन डुब्नुपर्ने भइसक्यो, कागज नभएकोलाई काम गराएको जरिवाना कति तीर्नु पर्छ थाहा
? व्यवसायी वकिल अरु खर्च गर्दा चालिस पैतालिस हजार डलरको कुरा आई सक्यो
मलाई बचाउनुस राजाबावु, जे मर्जि हुन्छ त्यही गर्छु ।
मैले गर्ने कुरा छँदै , पहिला अध्यागमनबाट पार पाउनु पर्यो सुन
, तिमी अहिले नै  सान एन्जेलो गईहाल एक दुई वर्ष त्यही बसेर काम गर गाउँमा, खर्च कम हुन्छ एक हप्ताको पैसाले राम्रै गुजारा चल्छ, तीन हप्ताको तलबको हिसाबले मेरो नोक्सानिको क्षतिपुर्ति छिटै भर्न सक्छौ, हुन्छ ?
सहस्र मन्जुर राजाबावु

अहिलेलाई फोन राख

बिचराको होला त्यो मानिस ?   जस्तै बाह्रलाखको कविता खल्तिमा बोकेर आएको थियो होला त्यो मानिसको ठाउँमा आफूलाई राखेर सोचेँ, मुटु नै फुट्ला जस्तो भयो मेरो कविताको अवमुल्यन भइसकेको थियो बरु एउटा नयाँ कविता लेख्ने हुटहुटि लाग्न थालिसकेको थियो

"त्यसो भए तपाई कवि ?"  राजाबाबुले मलाईनै प्रश्न गर्नु भयो जवाफमा मैले कपाल मात्रै कन्याए
आफूलाई कविता भनेपछि बालक बबुरो द्विज शुक नाम मात्र याद स्कूलमा पढेको कस्ले रच्या रे त्यो कविता

"लेखनाथ...."
 मेरो वाक्य पनि पुरा भएको थिएन फेरि फोन आयो

हजुर लन्चमा आइसिन्न भन्या ? दुई बज्न लागी सक्यो
सरि हनी, ड्रिमभिलतिर जाँदै छु मलाई पर्खिनु पर्दैन, अबेर हुन्छ
नाई हजुरले नलिएसम्म कसरि
?
त्यसो नभन
माया, यु आर एक्सपेक्टीङ्ग माइ वेवी!  राजाबावुको उत्तराधिकारीलाई भोकै राख्छौ ?
नाइ, हजुरले नलिएसम्म मेरो घाँटीबाट छिर्दै छिर्दैन आइस्योस चाँडो  

माया तिमी अमेरिकामा छौ नेपालमा हैन अनि सुन हाम्रो गेष्ट रुम ठिक ठाक राख्न लगाउ, पाहुना लिएर आउदै छु
हस् तर, डिनरमा चै बाहिर जान पाइसिन्न नी फेरी
कस्तो अप्ठेरोमा पार्र्छौ तिमी मलाई आज मेरो फाइनान्स कम्पनिको मानिसहरूसँग मिटिङ हिल्टनमा, मिलियन मिलियन्स डलरको कुरा अब आफै सोच कसरी घरमा बसेर तिमीसँग डिनर खान सक्छु ? कमसे कम आजको दिनलाई मलाई माफ गर माया

उताबाट कुनै जवाफ नआई फोनको लाईन डिसकनेक्ट भयो जिल्ल परेँ राजाबाबुले अहिले चै सोह्रैआना झुठ बोलिबक्सियो अघि खैरेनी मायासँग मेरिज यनिभर्सरीको डिनर भन्दै हुनुन्थ्यो मतलब ऐना जस्तै र्छलङ्ग थियो   मैले नबुझनु पर्ने कुरा केही थिएन नेपालमा मेरो आफ्नै एकजना पत्रकार मित्रले घरकी श्रीमतीलाई सुइको नदिइ बाहिर अर्कीलाई राखेको रहेछ, एकदिन झुक्किएर श्रीमतीलाई बाहिर राखेको पृयतमाको नामले बोलाएछ, भण्डा फुटिहाल्यो राजाबाबुको पनि कुनै दिन भण्डा फुट्ने तर, मलाई केको चासो

दङ्ग परिरहेको छु राजाबावुको पाहुना कोठाको  र डिनरको कल्पना मात्रै गरेर पनि रोमान्चित भइरहेको थिएँ फेरि फोन आयो हरे, कति फोन आएको होला यसो आफ्नो  व्यथा सुनाउन पाए बाह्रलाखको कविता च्यात्ने कुनै उपाय अथवा अवसरको प्रवन्ध हुन्थ्यो होला उताबाट एउटाले उर्दुमा बेस्सरि बम्किएको आवाजले झस्किएँ र कान ठाडो पारेँ राजाबाबुले स्टेरिङमै केही चलाएजस्तो लागेको थियो स्पिकर फोन बन्द भयो तर, वहाँको कानको ब्लुटुथमा भने पिलिक-पिलिक बत्ति बलिरहेको थियो एकतर्फी कुरा पनि अरुले सुन्न नसक्ने प्रविधिको भने विकास हुन बाँकि नै रहेछ यो असहज परिस्थितिमा राजाबाबुलाई राहत दिन मैले निस्लोट निदाए झै गरी दिएँ तर, एकतर्फी कुराहरू कानमा परि नै रहेको थियो

आलम भाई, प्लिज काम डाउन,
...........................................

आइ नो,

...........................................

मेरि मज्बुरिको समझनेकि कोसिस किजिए

...........................................

थोडा वक्त चाहिए

...........................................

विलिभ मी, एक मिनिस्टर पार्टनर मे आनेवाले हैं ।

...........................................

उस्को मुर्गा बनाना इतना आसान बात नहि हैं, थोडा वक्त चाहिए

...........................................

ठीक  हैं गुस्सा मत होना आलम भाई के ?

...........................................

खुदाहाफीज ।

मनमनै हाँसो रोकेर बसेँ यो वार्तालाप मह जोडीले सुनेको भए क्या जोक बनाउथे होलान अचानक राजाबाबुको गाडी रोकिएकोले झस्किएर बिउझिएको स्वाङ पारे गाडीबाट ओर्लदै राजाबावु ले भन्नु भयो- " लौ मुङ्गलिन आइपुग्यो कविज्यु "

आङ्ग बटार्दै गाडीबाट ओर्लिएँ जिल्ल परेको देखेर राजाबावुले हाउभाउ बाटै केही मर्जि भयो बिना कुनै बादबिवाद नेपालीहरू राष्ट्रिय सहमतिमा पुग्ने विषय थियो मैले फेरि आङ बटार्दै सहमतिको टाउको हल्लाएँ राजाबावु एउटा ठूलै भिडभाड भएको होटलजस्तो घरभित्र छिर्नु भयो भने यसो छड्के पर्ने ठाउँको खोजिमा आँखा घुमाउन थालेँ । थानकोटको पिकनिक खाने ठाउँ जस्तो जतापनि भिड कहाँ छड्के पर्ने होला आत्ति सकेको थिए राजाबावु हाँस्दै आईपुग्नु भयो , मर्जि भयो, "सुचि गर्ने ठाउँ भित्र काँ पाखातिर आँखा डुलाई रहेको ? हजार डलर जरिवाना लाग्छ, जहाँपायो त्यहीँ छड्के पर्नु भयो भने "

सातो पुत्लो उड्यो के को होटल हुनु नि, बालाजु बस पार्कको जापानिजहरूले बनाई दिएको सौचालय पाँ किलोमिटर परै बसाउथ्यो, यो के हो ?

" पस्नुस कवि ज्यु" राजाबावुले गाडी भित्र पस्दै भन्नुभयो चुपचाप पसि हालेँ । लेदरको सिटमा बसेर दाम्लो बान्न पनि भ्याएको थिइन फेरि फोनको घण्टि उताबाट आवाज आयो

अंकल दर्शन
दर्शन, दर्शन के हिरोको, क्वीन लतीफाको हालखबर
?
अंकल डुबें
सागरमा फालहानेपछि डुब्ने नै भईस नि
! न्युयोर्कमा कतिले पोलिटिकल यसेलुय क्लेम गरेर हरियो कागज बनाइ सके तलाई मात्रै पेपर म्यारिजको हावा किन लागेको होला ?
 

के गर्नु परिवन्धमा परेपछि मालिक्नीकै बहिनी, जिउडाल मात्रै लतिफाको जस्तो हो, मुहार रिहाना बेयोन्से भन्दा पनि राम्री

ढुक्कै त्यहीसँग बस्ने गर्छस कि क्या हो ?

नबसेर के गर्नु अंकल ? बेवि सिटिङ्ग असाध्य महँगो

यसको मत्लब बाउ पनि भइसकिस ?

अंकल घर तिरको मानिसलाई नभनिस्योस है मेरो पर्ढाई सकिएपछि राम्रै ठाउँमा काम पाउँछु अनि दुई चार लाख डलर दिएर पारपाचुके गरिहाल्छु नि  

गरिस पारपाचुके ! चाईल्ड सपोर्ट तिर्दा तिर्दै कंगाल हुनेछस् हैन कस्तो बुद्वि हो तेरो ? अनि तेरो भाइको के हालखबर ?

त्यो जेलमा

जेल ? तान्ने मात्रै हैन बेच्ने पनि गर्थ्यो कि क्या हो ?

त्यस्तै जस्तो दुईचार वर्ष भित्रै बस्छ होला  

तिमीहरूको प्रगतिको वर्णन गरेर नसकिने भयो कत्रो सपना थियो तेरो प्यारेनट्सको दे ह्याड स्याक्रिफाईस्ट सो मच फर यु गाईज बदलामा के दिँदैछौ थाहा ? स्लो पोइजन  

.............. राजाबावु निस्तब्ध हुनु भयो  

अंकल यु ह्याब राइटस टु हेट अस, बट आइ वान्ना बि कम ब्याक बेवी, पिपुल मेक मिस्टेक अंकल  निस्तब्धता छायो, सायद उतैबाट फोन काटियो

"कविज्युको बालबच्चा कतिवटा नि ?" अचानक राजाबावुले फेरि मलाईनै प्रश्न गर्नु भयो  

मेरो पनि दुई वटा छोरा तर सानै छन्

गोष्ठी सिध्याएर फर्किने कि यतै हराउने ?

आयोजक कै अत्तो पत्तो छैन खै के गर्ने गर्ने ? 

वर्ष दुई-चारजना आई रहन्छन्, तपाईँ जस्ता बिशिष्ठ अतिथीहरू अनि आयोजक फेला नपरेपछि सबैलाई यतै भास्सिन मन लाग्दो रहेछ  

मैले जिन्दगी भरिको कमाई बुझाएर आएको छु रित्तै कसरी फर्कनु राजाबावु ?

पहिलो पटक मेरो मुखबाट राजाबावु उच्चारण भयो वहाँको प्रतिक्रिया जान्ने उदेश्य सहित मेरा आँखाहरू घुमे केही गम खाए जस्तो गरेर तर, तिर नहेरिकनै मर्जि भयो- अब यतै बसेर महाकाब्य लेख्नु हुन्छ त्यसो भए ?

साह्रै बिझ्यो यो प्रश्न, केही पनि बोल्न सकिन आँखामा श्रीमती नाबालक छोराहरूको आकृति सल्बलायो एरपोर्टमा बिदाई गर्ने बेलामा तिनिहरूको आँखामा छचल्किएको एक एक थोपा आँशुको भार माथी महाकाब्य लेखुँ या नलेखुँ तर रित्तो हात, फुटेका सपनाहरू बोकेर कसरी र्फकन सक्छु ? मन साँच्चै विह्वल भयो आँशु भक्कानो थाम्न गाह्रो भई रहेको बेला फेरि फोनमा वार्तालाप सुरु भयो तर, मेरो मन भने त्यता गएन मेरो मन यतिबेला यहाँ छदै थिएन सँधै आफू हारेर मलाई जिताउन चाहने मेरो अर्धाङ्गीनी, जस्ले मेरो कम्जोरीको खिसी ट्युरी गरेर मलाई निचा देखाउने पनि गरिनन् यहाँ सम्मकी एउटा कविको पत्नी हुनु परेकोमा पनि उनलाई कुनै गुनासो थिएन मेरो मन यतिबेला उनको नजिकै पुगेको थियो उनको आँखामा थुप्रै रंगिन सपनाहरू, ग्यालरिको भित्ताभरि झुण्डिएको थुप्रै अमूर्त चित्र जस्तै सपनाहरूलाई नियालि रहेको थिए उनी सायद, आँखाका दुईवटा नानि जस्तै हाम्रा छोराहरूको केश सुम्सुम्याउदै केही गुन्गनाइ रहेकी छिन् मलाई थाहा त्यो को आफ्नै मुटुको स्पन्दनहरूबाट श्रृजना भएको संगीत हो जुन संगीतले मेरो मुटुलाई सबै भन्दा बढी छुने गर्छ साँच्चै बहकिएर हावामै, अर्थात कल्पनामै उनिहरूको अनुहार सुम्सुम्याउन थाले

यता, राजाबावु फोनमा कसैलाई भन्दै हुनुन्थ्यो "ब्यापारमा भावनाको कुनै अर्थ हुदैन "      

झल्यास्स भएँ वास्तबमा हो नि ! गोष्ठीका आयोजकहरू सायद ब्यापारीनै हुन् उनिहरूले मेरो बिजोगको कल्पना गर्न थाले भने उनिहरूको ब्यापार कसरी चल्छ ? मन दह्रो बनाएँ बनाउनु पर्यो मैले चुपचाप आफ्नो नियतिलाई स्विकार्नुको अर्को बिकल्प थिएन जबसम्म अर्को बाटो देखा पर्दैन हिडिरहेको बाटो छोड्न चाहेन मनले चुपचाप राजाबावुको संवादहरू सुन्नुको विकल्प थिएन मसँग

वहाँ कसैलाई भन्दै हुनुन्थ्यो-

विश्वासघातको यो भन्दा राम्रो अर्को नमुना के होला
?

डुबायो बजियाले

डाकालाई घरमै पालेर राख्ने मानिस पर्नु भयो तपाईँ

विश्वास भन्दा ठूलो कुरा संसारमा अरु केही हुँदैन भन्ने ठान्थे

अब के गर्नु हुन्छ ? ।

केही गर्न सक्दिन, रगतको नाता, समाजको बन्धन, त्यो दुष्टले मलाई रेटेर गए पनि त्यसकोपछि भाग्ने कुरा आएन  

ठीक भन्नु भयो तपाईँले त्यसले तपाईँलाई नियतपूर्वक रेटेकै हो

फेरी बहकिए फोनको वार्तालाप सुन्न छाडेर सोच्न थालेँ, को होला, उस्को भाषामा जुन बेदना मिसिएको थियो हल्लाई दियो मेरो मुटुलाई यति धेरै बहकिए छुँ कि जसरी त्यो वार्तालापको शुरुवातसँग अनभिज्ञ थिएँ, वार्तालापको अन्त्य पनि छुटाएँ

बाहिर क्षितिजको अत्तोपत्तो थिएन आँखाले नभ्याउने गरी फैलीएको वन्जर भूमिमात्रै बेलाबेलामा साना साना पत्थरिला पहाडहरू दौडदै आउँथे र मलाई नै हेरेर बिलिन हुँदै जान्थे विपरित दिसातिर भागीरहेको प्रकृतिलाई हेरेर राजाबावुको गाडीको गतीको तिब्रता अनुमान गरी रहेथेँ अजंगका सारस जस्तै लाग्ने केही चिज चिल्भुल सारसले झै वन्जर भूमीबाट केही तानी रहेको दृश्यले मलाई निकै आकषिर्त गरी रहेको भेउ पाउनु भएछ राजाबावुले भन्नु भयो "भद्रकालिमा लाईन लाग्नु भाथ्यो कहिल्यै पेट्रोलको लागी ? हो त्यही पेट्रोल तान्छ यि फलामे चराले वर्षमा हजारौ डलरको तेल तान्छ " 

"हो ? जिवनमा पहिलोपल्ट देखिरहेको छु " मैले भने

यस्ता चराहरू गोडा बिसेक मैले पनि पालेको छु  

राम, राम, राम, वीसवटा पालिबक्स्या हजुरले ? 

यो आइस्योस, खाइस्योस शैलीको भाषामा आफ्नो जिब्रो पटक्कै अभ्यस्त नभए पनि चेपारे पार्न मन लाग्यो मलाई तर एक मनमा शंका पनि लाग्यो कतै हाम्रो गाउँको एउटा ठिटोले क्यानाडा तिरको एउटी ठिटीलाई नेपाल घुमाउन लगेको बेला चितवनको टाइगर टप्स मचान सबै मेरै हो भने जस्तै होइन ?

, जे सुकै होस राजाबावुको पाहुना हुन पाएकोमै आफूलाई भाग्यमानी महशुस गर्न थाले मेरो नेपाली भाषा बोल्ने शैली नै फरक भैसकेको थियो राजाबावु चुपचाप मेरो प्रतिक्रृया नियालि रहनु भएको थियो निकै नापेर तौलेर केही बोल्ने सुरमा थिए, फोन आई हाल्यो उताबाट बोल्ने मानिसले हेलो पनि भन्न नपाउदै राजाबावुले कलरआईडीमा नम्बर चिनेर होला मुहार उज्याले बनाएर भन्नुभयो - 

दर्शन, मन्त्री ज्यु
भूपू भै सकें
, के को मन्त्रीज्यु ?
एकपल्ट मन्त्री भएको मानिस भूपु कहिल्यै हुदैन भन्छन्
 

हैन तिम्रो फोन कति ब्यस्त हो फोन हान्दा हान्दा रात बित्न लागी सक्यो कति बज्यो त्यहाँ ?

यहाँ अहिले दिउँसोको तीन बज्न लाग्यो अब हजुरको फोन पनि आएन यताको पार्टीले टाइम आउट भन्न लागेको बेला संयोगले एकजना भन्सारको हाकिम लाईनमा आउनु भयो चालीस प्रतिशतमा बस्ने मानिसले प्रोजेक्टको बारेमा जानकारी पाउनै पर्यो, त्यही भएर फोन धेरै बिजि भयो मन्त्री ज्यु  

कुर्सी बचाउने चक्करमा लागेको थिए खैर, प्रोजेक्ट के रे ? 

सपिङ्ग कम्प्लेक्स  

बजेट कति ? 

मलाई झिँङ्गेमा राखेर हजुर पुरै असीमा बस्ने हो भने मात्रै, नत्र वहाँ भन्सारको... 

त्यो भन्सार संसारको नाम नलेउ , मलाई अरुसित मिसाउने कुरै नगर सिधा भन कति चाहिन्छ ? 

जति धेरै डाउन गर्यो बैंकसंग डिल गर्न त्यति सजिलो हुने हो पन्ध्र प्रतिशतको हिसाबले पनि तीन मिलियन त्यसै भईसक्यो

.............................  

हजुरलाई अप्ठेरो भने भन्सारको हाकिमलाई चालीस प्रतिशतमा राख्दा हुदैन मन्त्री ज्यु ? 

के को अप्ठेरो नि ? यो मिलियन भनेको चै कति हो नि फेरि ? त्यही नजानेर अल्मलिई राखेको  

हाम्रो दश लाख बराबर एक मिलियन हुन्छ मन्त्री ज्यु तिस लाख डलर जतिको कुरा आयो
नेपालीमा भन, मलाई यो डलरको हिसाब आउदैन
बहत्तरले गुणा गरी बक्स्योस , पनि गाडी चलाई रहेको छु यतिबेला

ठिक हेरौँला तर यो रुपैयालाई डलर बनाउने कामको जिम्मा चै आफैले लिनु नि फेरि  

पिरै नलिनुस, भोलि भान्जा बावुलाई दर्शन दिनु होला, बाँकी कुरा उस्ले सम्हाल्छ त्यताको चै  

हुन्छ, हुन्छ राखे अहिले लाई

मन्त्रीले फोन राख्ने बित्तिकै राजाबावुले आफ्नो फोनमा नम्वरहरू थिच्नु भयो भने त्यो भन्सारको हाकिमको प्रसंगले जिल परिरहेको  थिएँ मन्त्रीलाई गजब तर्साउनु भयो, राजाबावुले यति कुरा मैले पनि बुझेँ तर, नबुझेको स्वाङ पारेर सोध्नै आँटेको बेला फेरि सुरु भयो अर्को वार्तालाप  

सरी है क्याप्टन साब निन्द्रा बिथोलि दिएँ  

निदाएको भए पो, मित्रको फोन नआएको पिर एकातिर, श्रीमतीको गजल अर्को तिर

गजल ? 

अचाक्ली घुर्छे भन्या, कहिले काहीँ , बिच्छ्यौनामा तबला लिएर बसौं कि जस्तो हुन्छ  

राजाबावु सँगसँगै पनि खित्का छोडेर हाँस्न पुगेछु मुश्किलले रोकें हाँस्दा हाँस्दै राजाबावुले सोध्नु भयो,
लाइसेन्सको चक्कर काहाँ पुग्यो
?
हुँदैछ यार, हप्ता हप्तामा मन्त्री चेन्ज भएर हैरान एउटाको दिमाग ठोकठाक पारेर सेपमा ल्याई
पुर्यायो भोली चट अनि मित्रले अलि बढी पर्सेन्टेजमा बस्न मिल्दैन ? किन कोही आउट हुने भो ?
सम्राटले भाउ खोज्दैछ यार, उस्को पन्डितले जुराएको नाममा एरलाइन्सको नाम राखेन भनेर
नाम के जुराएछ पन्डित ले
?
सम्राट एयरलाइन्स
त्यो हावापानी सुहाउदो नाम भएन कति थप्ने मलाई
?
सम्राटको खप्ट्याउन हुन्न
?
सबैलाई नबाडेर मलाई मात्र खप्ट्याउने
?

तिमी डलर कमाउने पर्यौ नि

भनेपछि मेरो भागमा कति पर्ने भो ?

त्यही दश-बाह्र करोड

डलरमा भन यार, मलाई रुपैयाको हिसाब आउदैन

बहत्तरले भाग गरन

अनि राजाबावु गलल हास्नु भयो अघि मन्त्रीको बोलिको अनुकरण दुरुस्तै गरेको देखेर पनि फेरि झण्डै हाँसि सकेको थिए तर, रोकेँ यो डलर रुपैयाको गुणा भागमा अल्झिन पुगेँ राजाबावु निकै गजक्क परेर कुनै अन्जान गीत सुसेल्दै गाडी चलाई रहनु भएको थियो मैले आफ्नो मनको हुटहुटी साम्य पार्न मुख फोडी हालेँ  

नेपालको मन्त्री यता लगानि गर्ने फेरि हजुर चैँ.......मेरो वाक्य पनि पुरा भइसकेको थिएन फेरि फोन आइहाल्यो

राजाबावु दर्शन

दर्शन, दर्शन, कहाँ पुग्यौ ?

जे एफ केमा, अब दुई घण्टा पछि उड्छु  

राम्रोसँग जाउ काठमाण्डु पुगेपछि भान्जाबावुलाई भेट्नु तिम्रो खातामा साठीलाख ट्रान्सफर गरिदिनु भनेर भनिसकेको छु यो कुरो कतै नचुहाउनु नि फेरि अनर्थ होला  

हस् राजाबावु, तर मेरो ठाउ भने सुरक्षित रहोस है हजुर, तीन चार महिनापछि फर्किएर त्यही ठाउँमा काम गर्छु ।

हुन्छ, हुन्छ पहिला फर्किएर आउ

अनि राजाबावुले मलाई नियाल्नु भयो मैले आफ्नो कुरा दोहोर्याउन सकिन वहाँले पनि यसको प्रसंग उठाउनु भएन ब्यापार कविता कोसीको दुई किनारा जस्तै लागिरहेको बेला राजाबावु बोल्न थाल्नु भयो

सारै असल मानिस थियो अति इमान्दार मेहनती पनि तपाई जस्तै आयोजक बिनाको अर्थात हुदै नभएको सेमिनारमा सहभागी हुन आई पुगेको रहेछ ति भाग्य निर्माताहरूले बिचरालाई अठारलाख भेटि लिएर एकजना कुन्नी केको विषेशज्ञ बनाई पठाएछन् तपाई धन्न संयोगले एयरपोर्ट मै भेट भयो, उनलाई एउटा छिमेकी राष्ट्रको भैयाको रेष्टुरेन्टबाट उद्धार गरेको थिए एकदमै अप्ठेरो परिस्थितीमा हाम्रो टेबलबाट प्लेटहरू उठाउन आएको बेला हामी नेपाली बोलिरहेको सुनेर उनले आफ्नो दर्दनाक कहानी सुनाए साच्ची भन्ने हो भने उस्ले भोगेको सबै कुरा सुनाउन पनि सक्दिन सारै कमलो मेरो मन तपाईलाई र्साईकोलोजिकल्लि डिसकरेज गर्न खोजे जस्तो इम्प्रेशन पनि पर्न सक्छ तर त्यो रियालिटि हो, तपाई कवि पर्नु भएछ, कथाकार हुनु भएको भए सारै दर्दनाक कथा लेख्नु हुने थियो होला

केही बोल्न सकिन मेरो पाईताला मुनिको भुमि भास्सिए जस्तै भएको थियो त्यतिबेला एयरपोर्टमा गोष्ठीका आयोजकहरू नभेटिदा त्यो अज्ञात मानिसको मनस्थिति बुझ्नलाई मेरो अहिलेसम्मको अवस्थाको अनुभुति नै काफि थियो तै पनि मौन बसेँ पीर, ब्यथा बेदना कवितामा पनि फरक हुन सक्छ भनेर भनी राख्नु पनि ठीक लागेन मनभित्र उर्लेका अनेक शब्दहरूलाई भित्रै थाति राखेर चुपचाप सुनिरहेँ मेरो मौनताको के अर्थ लाग्यो थाहा भएन राजाबावु अझै कमलो हुदै गइ रहनु भएको थियो

खान दिएर घण्टाको तीन डलर मात्रै दिएको रहेछ बिचरालाई मानिस हेर्दै संभ्रान्त परिवारको जस्तो उसले नभने पनि कुनै ठूलो समस्याबाट पार पाउन यता भासिएको होला भन्ने ठम्याउन गाह्रो भएन मलाई कागज नभएको मानिसले के भोग्नु पर्छ भन्ने बुझेको मानिस थियो नत्र कति बाघले घाँस खाँदैन भने जस्तो गरेर जस्तो पायो त्यस्तै काममा पटक्कै एडजस्ट हुन नसक्ने रित्तै हात फर्कनेहरू पनि छन् कवि ज्युको के बिचार ?

फर्कने गरी आएको हुदै हैन पैसामा गरिब भए पनि आँट इमान्दारिमा गरिब छुइन राजाबावु

एकदमै भावावेषमा मैले पनि भनि दिएँ राजाबावुको गाडी ठूलै फराकिलो राजमार्ग छाडेर एउटा सानो हाम्रो नेपालको जस्तो दोहोरो गाडी चल्ने बाटोतिर लाग्यो जंगलको बीचमा एउटा पानी ट्याङ्की देखियो जहाँ ठुला ठुला अक्षरमा ड्रिमभिल भनेर लेखिएको थियो । एउटा सानो ढिस्को काट्ने वित्तिकै सानो एउटा बजारजस्तो दॆखियो । गाडीको गति निकै ढिलो हुदै गएकोले यता कतै रोक्न लाग्नु भयो होला भन्ने सोचेको टुइक्क देब्रे मोडिएर एउटा पुल मुनिबाट छिरेर फेरि दाहिने मोडिनु भयो अनि अलिपर गएर देब्रे पट्टि एउटा पुरानो पेट्रोलपम्पमा लगेर रोक्नु भयो त्यो सानो बस्ति यो थोत्रो, हेर्दै सत्यजुगको जस्तो पुरानो पेट्रोलपम्पको बीचमा फराकिलो राजमार्ग थियो जहाँ गाडीहरू अनवरत गुडीरहेका थिए राजाबावु ओर्लनु भएपछि पनि ओर्लिहाले आगोको रापले डामे जस्तै तातो हावाको र्स्पर्सबाट आत्तिएँ तर केही बोलिन उताको त्यस्तो चहलपहल भएको पेट्रोलपम्प छाडेर यो थोत्रोमा किन रोक्नु भा' होला राजाबावुले भनेर सोच्दै थिए हाँले भन्नु भयो -
"यही हो त्यो अघि कुरा गरेको भाइले काम गर्ने ठाउँ पूर्वबाट आउने गाडीहरू उत्तापटिको ग्यासस्टेसनमा छिर्छन्, पश्चिमबाट आउनेहरू यता छिर्छन् "

केही बोल्नै सकिन यस्तो ठाउँमा तीन वर्ष काम गरेर नेपालमा गइ एकमुष्ठ साठिलाख बुझ्दैछ त्यो मानिस - भित्रको कवि बड्बडायो राजाबावु ग्यास स्टेसन भित्र छिर्नु भयो पनि पछिपछि छिरेँ। भित्र बरु चिसो वाताबरण रहेछ एउटी गोरी काम गरिरहेकी थिई, हामीलाई देख्ने बितिकै 'हाई गाईज' भनि कस्तो औपचारिक्ता हो यो - के भन्या हो केही बुझिन

"चिसो पिउनु हुन्छ ?" राजाबावुले एउटा कुलरको ढोका खोलेर कोकाकोलाको क्यान निकाल्दै मर्जि भयो

तिर्खाले प्याक्प्याक्ती भएको थिए, सहस्र स्विकारेँ एउटा सानो पोटेटो चिप्स पनि निगाह भयो खाने कुरा देखेपछि मात्रै भोक पनि अजिङ्गर झै बिउँझियो मनमनै भरे राजाबावुको घरमा डीनर भनी सुताएँ त्यो अजिङ्गरलाई पनि चिप्स चपाउदै चिसो कोक तन्काउन थाले राजाबावु त्यही गोरी केटी भएको ठाउमा जानु भयो कागज पत्रहरू हेर्न थाल्नुभयो आक्कल-झुक्कल पसलमा  छिर्ने ग्राहकहरूको गतीविधी नियाल्दै मनमा अनेक कुरा खेलाई रहेको थिए एउटा कुनाबाट राजाबावुले इशाराले मलाई बोलाउनु भयो सिगरेट अरु के के सामानको थुप्रो लागेको एउटा कोठाको छेउमा पुरानो एउटा सोफा देखाउदै भन्नु भयो, तीन-चार महिना त्यो भाइले यही सोफामै सुतेर काम चलायो            

"अनि खाना ?" अचानक सोध्न पुगेँ मलाई पुलुक्क नियालेर भन्नुभयो, "बर्गर किङ्गको त्यत्रो अग्लो साइनबोर्ड देख्नु भएन अघि ? पारिपट्टि सबैथोक नी टाको वेल, पिज्जा हट....."

अनि वहाँले पछाडिको ढोका खोल्नु भयो अलि परतिरको एउटा सानो घरतिर लाग्नु भयो पुच्छर लागेकै थिएँ

"यसलाई मोबाइल होम भन्छन् यस्ता गुड्ने घर जता आवश्यक पर्यो उतै लान सकिन्छ बिचरा त्यो भाइको प्यालेस हो यो त्यसै भन्ने गर्थ्यो " 

कुरा सकिँदासम्म प्यालेसको ढोका खुलिसकेको थियो पहिलोपल्ट नेपाली मरमसलाको गन्ध ठोकियो नाकमा

"बाहिरबाट हेर्दा सानो देखिए पनि सुत्ने कोठा, सानो लिभीङ्ग रुम, किचन, वाथरुम सबै थोक स्टोर भित्र सोफामा सुत्न सक्ने त्यो भाइले, यो पाएपछि यति दङ्ग पर्यो कि महिनाको तीनसय डलर तिर्न पनि तयार भयो तर, अर्ढाईसयमात्र काट्थे तलबमा "
वहाँको दयालुपनको प्रशंसामा केही बोल्न छन्दहरू बटुल्दै थिए
,
वहाँलेनै मलाई सोध्नु भयो,

कस्तो लाग्यो ठाउँ ?

गजब रमाईलो  मेरो ओठबाट फुस्कि हाल्यो  

रमाइलो त्यतिबेला हुन्छ जब नेपालमा गएर नोटको बिस्कुन सुकाउनु हुन्छ कल्पना गर्नुस त्यो भाइले तीन वर्षमा कमाएको साठीलाख !

केही बोल्न सकिन सायद मेरो मनोदसा हाँको नजरबाट छिप्न सकेको थिएन सोधीहाल्नु भयो-
कि यतै बसेर बाह्रलाख उकास्ने हो ? सुनसान गाउँमा पेपर सेपर बनाई राख्नु पर्ने झन्झट पनि नहुने कसैले चिन्दा पनि चिन्दैनन्, तपाईँलाई यस्तो ठाउमा काम गर्नु परेकोमा हिनतावोध पनि हुदैन नत्र ठूलो सहरको ठूलै रहन सहन, कुराको खेती बाह्रैमहिना लहलह हुन्छ, सहरमा बसि
खान दिदैनन् तपाईलाई के कविज्युको बिचार ?
जस्तो तपाईको मर्जि, हजुरको शरणमा परि सकेको मान्छे-
अलिकति पनि ढिलो नगरी भनि हालेँ  

मैले गर्न सक्ने भनेको यही हो त्यो पनि त्यो भाइ नफर्किउन्जेल तर, तपाईको आफ्नो बिचार है अन्यत्र कतै जाने इच्छा भने पनि तपाइको खुसी

'अन्यत्र' शब्दले तर्सिए कहाँ मेरो लागी त्यो 'अन्यत्र' ? गोष्ठिको आयोजकहरूले देखाएको सपनाको महल यो मोबाइलहोममा रुपान्तर भएको यथार्थ भन्दा पर अर्को अन्यत्रको कल्पना पनि गर्न मन लागेन एकोहोरिएको चाल पाउनु भएछ फेरी भन्नुभयो-
"केही दिन न्याश्रो लाग्ला कविज्युलाई बिस्तारै बानि परिन्छ दुई चार दिन बिराएर आईरहन्छु  
"

अनि राजाबावुबाट किचनमा ओभन चलाउनेदेखि वाथरुम सफा गर्ने सम्मको ओरियन्टेसन पाएँ राजाबावुको गाडीबाट आफ्नो झोली तुम्बा निकालेर ल्याएँ अनि, मोबाइल घरको साचो हातमा लिएर राजाबावुको पछि लागि फेरी ग्यासस्टेसन भित्र पुगेँ कामको तालिम गोरी मैयाबाट पाइने भयो

"अंग्रेजी बोल्न बुझ्न गाह्रो छैन होला कविज्युलाई ?" सोध्नु भयो

"काम चलाउन सक्छु होला"  मैले कपाल कन्याउदै भने

"केही गाह्रो हुदैन अंग्रेजी अक्षर भैंसी बरावर भन्नेहरू काम गरेर खाईराछन्, तपाई कवि ।"

अनि राजाबावु फर्कने हुनु भो गोरी मैयालाई के के निर्देशन भयो कुन्नि उ मुस्कुर्राई रहेकी थिई

साँझ ढल्न लागी सकेको थियो राजाबावुको गाडी राजमार्गमा विलीन नहुन्जेल मेरो आँखाले पच्छ्याइ रह्यो अनि राजाबावुको गेष्टरुम डिनर छुटेको छट्पटी सहित मोबाइलहोममा भित्र छिरेँ

यसरी रुपान्तर भएको थियो मेरो आँखामा मेरो आफ्नै विवशता नियतिले टाँसी दिएको सपना मेरीयट होटल, कवी गोष्ठि, ठुला-ठुला शहरहरूको भ्रमण अनि काम, गोष्ठी आयोजकहरूको रस घोलेको वाणीहरू सबै सुस्तरी सुस्तरी कानमा गुन्जन थाले विमानस्थल देखिको यो मोबाइलहोमसम्मको यो नियात्रा संझिन थालें ति थुप्रै टेलिफोनको वार्तालापहरू, अनौठो अनौठो चरित्र घटनाका विवरणहरू, के मेरो कवितासंग ती भूमीकाहरू, संवादहरूको कुनै साइनो ? मैले गोजीबाट बाह्रलाखको कविता निकालेँ विस्तारै पानाहरू पल्टाएँ आफ्नो हस्ताक्षरलाई नियालेँ एक मनमा लाग्यो च्यातीदिउँ, टुक्रा-टुक्रा पारेर ताकि मेरो उर्वर मनलाई फेरी कहिल्यै कविता लेख्ने रहर नलागोस तर, त्यहाँ अक्षरहरू मात्रै थिएनन् मेरो जीवनसाथीको आकृति पनि थियो मेरा आँखाका नानिहरू, मेरो वास्तविक सपना जस्तै मेरा छोराहरूको अबोध आकृति पनि सल्वलाई रहको थियो अनि मैले आफ्नो हस्ताक्षरलाई सुम्सुम्याएँ र पट्याएर फेरी गोजीमा, मुटु संगैको गोजीमा राखेँ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |