हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

फोहोर र देउता

सुषमा मानन्धर, (ललितपुर)

उसको घर दोबाटो वीचको मोडमा छ । सडक छेउको हल्लाले विथोल्ने त छंदैछ गाडीले उडाउने धुलोले पनि कम्ती दिक्क बनाएको छैन उसलाई । धुलो त देख्नै हुन्न एलर्जी भै हाल्छ । त्यही भएर हरेक महिना भने जस्तै उसलाई रुघा लागिरहेकै हुन्छ । त्यति मात्र भए त तै विसेक हुन्थ्यो । घर अगाडिको सडक छेउ अलिकति खाली जग्गामा मानिसहरुले फोहर फालेर हैरान पारिसके । कति दिन बाटो ढुकेको छ उसले झिसमिसेमै पनि उ ेको छ तर फोहर फाल्नेहरुलाई सबुद सहित भेट्न सकेको छैन । कामबाट थाकेर घर आई यसो पल्टन पाएको हुदैन िझंगालाम्खुट्टे र फोहरको डंगुरबाट उ ्ने सडान्धले को ामा बसिसक्नु हुन्न । त्यसो त झ्याल ढोकामा जाली टांगेको छ उसले तैपनि लाम्खुट्टेका बटालियन कतै न कतैबाट छिरि हाल्दा रहेछन् । सम्सांझै भन्दा पनि राती सुत्ने बेला पो उधुम मच्चाउंछन् यिनीहरु । कहिले काहीं त म्याटले पनि छुंदैन अनि ऊ अिनंदो बसेर लाम्खुट्टे मारिरहेको हुन्छ ।

घर अगाडिको फोहर देखेर उसकी श्रीमतीले पनि उदेक मानी सकीन् । धेरै चोटी बरान्डामा बसेर फोहर फाल्नेहरुलाई गाली गरे जस्तै उनले छरछिमेकलाई पनि सुनाईसकीन् । कहिले काहीं आउंदा जांदा केही नभए झैं गरी त्यस ाउंमा फयाट्ट फोहर फाल्ने टोलेहरुलाई उसले त्यसरी फोहर नफाल्न भनी अनुरोध गर्दा फालिएकै ाउंमा फोहर फालेकोमा किन टाउको दुखाको भनी उनीहरु नै रिसाउंछन् । मान्छेका मानसिकतामा परिवर्तन भएन न त त्यहांबाट फोहरको मात्रा नै घट्यो । जति बढी फोहर उति बढी दुर्गन्ध । गर्मीको मौसममा त अझ उसलाई सासै फेर्न गाह्रो हुन्छ । दुर्गन्ध हटाउन कति मात्र रुम स्प्रे छर्कने घरभरि सस्तो पनि हैन फेरि एक पटक मात्र छर्केर केही पत्तै हुंदैन । घरभरि डुंगडुंती गन्हाउने गन्ध हटाउन उसको घरमा सांझै विहान धूप बालिने गरिएकोले कहिले काहीं आउने आफन्तहरु घरमा पूजा लाएछन् कि भनी झुक्किन्छन् ।

सुन्नेलाई क्यै न क्यै तर उसलाई ूलो दुखेसो भएको छ । भन्नलाई ऊ आफ्नो टोल सुधार समितिको सदस्य पनि हो । उसको आफ्नै घर अगाडिको फोहरको थुप्रोलाई उसले तह लाउन सकेको छैन । हुन सम्मको धेरै उपाय उसले गरिसकेको भए पनि दोबाटोको त्यो कुना कहिल्यै सफा भएन । उसले कति पल्ट त संकोच त्यागेर आफैले पनि झाडु लिएर बढारेको छ जति सफा गरे पनि फोहोर भने जस्ताको तस्तै । साँझपख हो कि जस्तो अलि सफा देखिन्छ आश्चर्य  रातभरिमा कहांबाट कसले ल्याएर फेरि फोहर फालिसकेको हुन्छ । यताबाट आउनेले पनि उताबाट आउनेले पनि पैदल हिड्नेले पनि र गुडेर आउनेले पनि फोहर फाल्ने ाउँ त्यही बनेको छ । टोलवासीहरु पनि हैरान ।

एक दिन सूचना टाँगियो त्यो कुनामा । 'कृपया यहाँ फोहर नफाल्नु होला । यहाँ फोहर फाल्न मनाही छ । फोहर फालेको भेटिएमा हदैसम्मको जरीवाना गराइने छ । यहाँ फोहर फाल्नेलाई सख्त कारवाही गरिनेछ । यहाँ फोहर फाल्ने मुर्ख हुन हामी सभ्य बनौं । खबरदार, के यहां फोहर फालेर पशुवत व्यवहार देखाएको ?' सूचनाका भाषा र शैली फेरिँदै गए तैपनि त्यहाँ थुप्रिनॆ फोहरमा कुनै कमी आएन ।

भोलिपल्ट अचम्मै भो । साह्रै मिलनसार सहयोगी र सवैसंग हांसी बोल्ने उसमा केही चढेछ । विहानदेखि दोबाटोको मोडमा उभिएको उसको बोली नै फुटेन । उसका परिवार भन्छन् । उसमा त्यही बाटो कुनाको वायु लागेको हुनुपर्छ । ऊ प्राय जसो त्यहींनिर घुम्दै हल्लिरहेको देखिन्छ । न परिवार न कुनै साथीभाइसंग उसले कुरा गरेको छ । बाटो िहंड्ने हरेकका अनुहारमा संशय र आश्चर्यले हेर्दै एक दिन हैन दुइ दिन हैन पुरै हप्ता दिनसम्म उसमाथि केही लागिरह्यो ।

सात दिन पछि फोहर थुप्रिने त्यो कुनामा पर्वत शैलीको माटोको एउटा सानो थुम्को बनाइएको भेटियो । थुम्कोको टुप्पामा सानो त्रिसुल गाडिएको थियो । थुम्कोभरि अबिर लतपत थियो । त्यसैको छेउमा उभिरहेको उसले तरकारी किन्न निस्केका छिमेकी शर्माजीलाई हातको इशाराले बोलायो । अक्क न बक्क पर्दै अगाडि आएका शर्माजीलाई उसले खुब नियालेर हेर्यो । "नफाल्नु है शर्माजी नफाल्नु । आज राती सपनामा मलाई भैरवले दर्शन दिनु भएको छ ।" उसका हात नमस्कारको शैलीमा उ े । अलिकति आक्रोशित भएर फेरि ऊ शर्माजीतिर उन्मुख भयो "तपाईले यहां धुलो फाल्नु भयो भने तपाईको जीवनको कुनै गोप्य पोल तपाईको सवैभन्दा नजिककाले थाहा पाउंछन् ।" उसको कुराले शर्माजी झसंग भए,  दांया बांया पल्याकपुलुक हेर्दै िहंडी हाले ।

उसले आज करिब दिनभर अरुलाई यही खबरदारी गर्ने काम गरिरह्यो । एक कान दुइ कान मैदान धेरैमा यो कुरा फैलिसकेको छ कि थुम्कोमा फोहर फाल्यो भने भैरवले समाउंछन् र जसले फोहर फालेको हो उसको जीवनको कुनै गुह्य कुरा अरुले थाहा पाउंछन् । मान्छेहरु अव डराएका छन् धुलो फाल्न भन्दा पनि आफ्नो गोप्य कुरा अरुले थाहा पाउलान् भनेर । त्यही दिनदेखि त्यो कुनाबाट फोहर स्यालको सिङ्ग झैँ हरायो । अब अहिले उसले त्यहां त्यो फोहर थुप्रने कुनामा टोल सुधारको तर्फबाट एउटा कालो भैरवको मूर्ति राख्दैछ जसमा एउटा तख्ता पनि रािखंदैछ । त्यसमा ूला अक्षरले लेखिएका छन् ' मैले देखिरहेछु ।'
उसले अहिले पनि घरमा सांझै विहान धूप बाल्छ गन्हाएर हैन फोहर सफा गरेका भैरवलाई समर्पित गरेर ।

Comments

bishnu

सबै कविता सुनेपछि 
मलाई प्रतियोगिताको निणर्ायक बन्ने रहर जाग्यो ।
म मूल्य अंकन गर्दै जान्छु । 
खै के भएको हो, पछिको रहन्छ पहिलेको मेटिन्छ ।
रोशन शर्माको कविता
सबैभन्दा अन्तिममा भेटिन्छ ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |