हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

भ्रम

शेखर ढुङ्गेल, (क्यालिफोर्निया)

नमस्कार !'

कोही अपरिचित व्यक्तिले किरणतर्फहात फर्काउँदै अभिवादन गर्‍यो । किरण अकमक्क पर्‍यो । पछाडि फर्केर हेर्‍यो, सायद अरु कसैलाई नमस्कार गरेको होला ! तर पछाडि कोही थिएन । औपचारिकताका लागि नमस्कार फर्कायो । हाँस्दै हात मिलायो अनि सोध्यो- 'हाम्रो भेट कतै भएको थियो र - माफ गर्नुहोला, मैले त म्याउन सकिनँ । यहाँको नाम जान्न सक्छु होला -'

'मेरो नाम दीपक हो, म माथिल्लो टोलमा बस्छु ।' अनि सोध्यो- 'तपाईं डाक्टर साहेब होइन -' उसको प्रश्नले आफ्नो व्यक्तित्वप्रति किरण आफैं गद्गद् भयो एकछिन । प्राकृतिक रुपमा हँसमुख अनि व्यक्तित्वको धनी किरणलाई बेला-बेलामा अलग-अलग जात र पद दिई सम्बोधन गरेको यो पहिलो पटक भने थिएन ।  यस पटक एक्लो उपस्थितिमा कसैले नितान्त एकदमै भिन्न दर्जा दिएकोमा किरण चकित पर्‍यो । किरणले एकदमै सहज तरिकाले जवाफ दियो, 'होइन, म खाते हुँ । दीपक !'

'के भन्नु हुन्छ - किन मजाक गर्नु भो डाक्टर साहेब -' किरणले फेरि दोहोर्‍यायो, 'होइन, म खाते नै हुँ ।' दीपकले भन्यो- 'यो सेतो कोट....,' किरणले हल्का हाँस्दै भन्यो, 'विश्वास गर्नुहोस्, म खाते नै हुँ ।' दीपकले विश्वास गरेन र फेरि थप्दै गयो, 'सेतो कोट, यो महँगो घडी, यो व्यक्तित्व तपार्इं डाक्टर नै हो । ल किन ढाँट्नु हुन्छ ूलो मान्छे भएर -' दीपकको जिद्धी देखेर किरणले मनमनै भन्यो, 'यो कस्तो मर्ुर्ुख मानिस होला, एक त अपरिचित त्यसमा पनि नभएको पगरी गुथाएर उस्टो हो भन्ने गराउन जोडदिइरहेको छ । म त्यो होइन भन्दा विश्वास नै गर्दैन ।'

घरमा बच्चाीले मम, तन्दुरी, चिकेन लेराउन भनेकाले किन्न रेष्टुराभित्र पसेको किरणको पछिपछि आएको दीपकले गरेको प्रश्न, उसको विश्वास अडान देखेर मनमा अनेकौं प्रश्नहरुको ओइरो पनि लाग्यो- म साच्चिकै डाक्टर भैदिएको भए, हो म फलानो अस्पताल, क्लिनिक वा कुनै ूलो मान्छेको निजी डाक्टर हुँ भनिदिन्थें, ऊ खुसी हुन्थ्यो होला । अझ कतै मैले मेरो ूला- ूला नेतासित पहुँचको गफ छोडिदिएको भए, फोन, ेगाना वा बिजनेस कार्ड माग्दथ्यो होला । उसको आफ्नै नभए अरु कोहीको काम फत्ते गर्न सिफारिस गरिदिन अनुरोध गर्दथ्यो होला । म 'पक्का काम हुन्छ, चिन्ता नगर्नुहोस्' भनी विश्वास लाग्ने गरी आश्वासन दिन्थें होला । ऊ झुक्दै नमस्कार गथ्र्योहोला । मेरो मम र चिकेन तन्दुरीको पैसा तिरी मलाई किन्न बैनाबट्टा गथ्र्यो होला । त्यो प्याकेट गाडीसम्म पुर्‍याउन आई गाडीको ढोका बन्द गरिदिन्थ्यो होला ।

तर किरण न त डाक्टर थियो न त नभएको गफ दिएर झुकाइ खाने स्वभाव नै थियो उसको । सामान्य रुपमा भद्र नै देखिने दीपक नै बरु कुनै सरकारी कर्मचारी हुनर्ुपर्दछ । अपरिचितसित अप्रसंग नै नजिक हुनखोज्ने स्वभाव उचित कि अनुचित - जेहोस्, जोसुकै होस्, दिएको सत्य जबाफलाई विश्वास नगरी आफ्नै जिद्दीमा अडान राखेको छ दीपकले । रेष्टुरा व्यस्त थियो, किरणको सामान अझै तयार भैसकेको थिएन । दीपक अझै अक्कबक्क भै किरणलाई नियालि रहेको थियो ।  अरु दर्ुइ ग्राहक भित्र पसे । दीपकले उनीहरुलाई सोधेर किरणलाई डाक्टर सावित गराउन खोज्यो । दुवै अपरिचित गलल हाँसे र टेबुलमा बसे । दीपक भने खिन्न मन लगाएको जस्तो देखियो ।

किरणले दीपकलाई उसकै बारेमा सोध्यो । दीपकले पनि सीधै जबाफ दियो- 'म व्यापारी । घर, जग्गा, गाडीको खरिद-विक्री गर्दछु । राम्रै चलेको छ ।'

किरणले १० बर्षघि मात्र नोकरीको खोजिमा राजधानी पसेको दीपक साइकल, मोटरसाइकल खरिद-बिक्रीको प्रगतिले उसलाई समाजमा ूलो मान्छे बनाइसकेको सोच उसमा पलाएको पायो ।

कुराकानीको क्रममा दीपकको पहुँच निकै माथिसम्म रहेको किरणले थाहा पायो । दीपकको गाडी किरणकै कारपछाडि रोकिएको थियो । तर कार वास्तबमा उसको थिएन, बिक्रीको लागि कसैले उसको ग्यारेजमा राखेको कार थियो त्यो । तर ग्यारेजमा यसरी राखिने सबै कारको स्वाद उसले चाखिसकेको थियो ।

किरणलाई त्यस्तो अप् ्यारो अवस्था पहिले पनि नपरेको होइन । केही बर्षपहिलाको कुरा हो, उसको एकजना नातेदार प्रहरीका ूलो हाकिम थियो । ऊ जिल्ला भ्रमणमा जाँदा किरण पनि साथै गएको थियो । जिल्ला तहका हाकिम डिएसपीले आपmना हाकिमलाई जस्तै उसलाई ड्याम्म यसरी सेलुट गरेकी ऊ झसंग भएको थियो । पसिना-पसिनाजस्तो भएको थियो किरण ! अब के भनेर परिचय गर्ने - तर चलाक किरणका आफन्तले कुरा मोडिदिए । तर चलाक किरणका आफन्तले कुरा मोडिदिए, परिचय गर्नै परेन ।

यस्तै उनलाई भेट्न प्रहरी प्रधान कार्यालय जाँदा कतिले किरणलाई सेलुट नगरेका पनि होइनन् । किरणको ब्यक्तित्व मारवाडी, ब्यापारी, प्रहरी, सेनाका अधिकृतजस्तै थियो- छोटो कपाल र टोपीमा ऊ सधैं हुन्थ्यो । नचिनी सेलुट गर्नेहरुदेखि किरण मनमनै खुबै हाँस्दथ्यो ।

आज किरण, डाक्टरको रुपमा छ दीपकको अगाडि जो ऊ होइन । 'हजुरको मम तयार भयो,' दीपक पनि सामानको पर्खाइमा थियो, दीपकले अझै पनि किरणलाई हेरिरहेको थियो । दीपकको आँखाले 'मलाई किन ढाँटेको -' भनिरहेकै थियो । दीपकको भ्रमले किरणलाई पनि मजा भने दिएको थिएन- कहाँको यथार्थ कहाँको भ्रम -

किरणले आफूमाथि विश्वास गर्न अनुरोध गर्ने के सोचेको मात्र थियो, दीपकले फेरि जबरजस्ती प्रहरीले केरकार गरेझैं सोध्यो । 'यो सेतो कोट, महँंगो घडी, महँगो कार चढ्ने डाक्टर नभए को त -' दीपकको जिद्दीले किरणलाई अब आफ्नो साच्चिकै औकात देखाउन प्रोत्साहित गर्दैथियो । नम्रता र शिष्टता पनि टुट्यो अनि कारको सिटबाट चिच्यायो- 'दीपकजी म खाते नै हो । हिजोका खातेले प्राडो, पाजेरो चढेको देख्या छैन - खातेहरुले नयाँ-नयाँ महल बनाएको देख्या छैन - महँगो अत्तर र्छर्केर र्टाई ढल्काएको देख्या छैन - लुगाजस्तो लायो मानिस त्यहीं हुन्छ ! भ्रष्ट गरिब, चुसुवा, महान समाजसेवी बन्या सुन्या छैन - हामी नेपालीले समय र मानिस चिन्न आजसम्म किन सकेका छैनौं - यो कोट मेरो मालिकले जापानबाट, यो घडी मालिकको छोरीले अमेरिकाबाट ल्याइदिएको । यो गाडी - म यो गाडीको ड्राइभर ! किरणको र्छराझैं निस्केको जवाफले दीपक तिल मिलाउन पुग्यो । ऊ ढोकाको आड समातेर थुचुक्कै बस्यो । 'अब त उसको भ्रम पक्कै टुट्यो होला -' किरण हाँस्दै अगाडि बढ्यो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |