हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

विवशता

शेखर ढुङ्गेल, (क्यालिफोर्निया)

आज उसलाई अँध्यारो को ा प्यारो भएको छ । कता हुन् परिवार कता छन् आफन्त साथी ऊ बेखबर छे र पत्ता लगाउनुको पनि कुनै अर्थ रहँदैन भन्नेमा विश्वस्त छे ।

उसका रहरहरु एकपछि अर्को गर्दै विहानीको शीतको थोपाझैं विलाइ जान्थे । सम्पूर्ण जवानी घृणा डर त्रास शोषणको िबंडो थाम्दैमा बित्यो । त्यस्तो कुनै पनि दिन भएन- आराम र शान्तिसित वितेको होस् । कताकता भट्किएका आत्माहरु उसमा समाहित हुन आउँथे र सम्पूर्ण समय खोसेर लान्थे । रात मात्र होइन बिहान अनि मध्यान्हसमेत उसको भएन । नचाहेको पाहुना नचाहेको खाना नचाहेको काम उसको लागि अनिवार्य दैनिकी भएर बित्यो । प्रत्येक रात झपक्कै भएपछि मात्र उसले अपवित्र विछ्यौना पुग्ने मौका पाउँथी । कहिले काहीं बेहुली भएको सपना देख्थी अनि विउँझिदै बलिन्द्रधारा आँशु पोख्दथी । उसको दुलही बन्ने रहर कलिलैमा बन्धकमा परेको थियो- यो समाजको बन्द को ामा चल्ने अवैध व्यवसायको लागि ।

बच्चामै आमा-बाबु गुमाएकी रोजी (रुक्मिणी) १३ बर्षकै उमेरमा स्वर्गको भ्रमण गराउने सुखको महासागरमा डुवुल्की मार्ने सपना देखेर शहर पसेकी थिइन् । रोजीको भाग्यमा त्यसै दिनदेखि विषाक्त खिया लाग्न थाल्यो जुन दिन उनकी घरबेटी आमाले उनलाई नारकीय बाटोमा धकेलिन विवश बनाइदिइन् ।
ूलो घर मोटर नेता व्यापारीसितको उ बस के के सपना देखाइनन् उनकी घरबेटी आमाले रोजीको जीवनमा । सहारा विहीन अनि अभावमा पिल्सिएकी रोजीको लागि घरबेटी आमाले कोरिदिको सपना भाग्यरेखा साँच्चिकै स्वर्गमै प्रवेश गर्ने मार्ग हो कि भन्ने भान परेको थियो । त्यसैले अँगालिन् घरबेटी आमाबाट प्रशिक्षित धन्दाको बाटो ।

आज भोलि पर्सी गर्दै उनी बेचिदै गइन् लुटिँदै गइन् । मायाको नाटक गर्ने ब्वाँसाहरु उनलाई चुस्दै थुक्दै गर्ने क्रम निरन्तर भै नै रह्यो । न त एक दिन कोही सपनाको राजकुमार आयो सिन्दुर बोकेर डोली चढाई लैजान न त बन्यो सपनाको महल । आमा बन्ने उनको रहर बिनाविवाह कैयौं भ्रुणहत्यामा पिल्सिन पुग्यो । प्रत्यक आगन्तुक उनको सुन्दरताको बर्णन गर्दै कुनै न कुनै कसम खान चुक्दैनथ्यो तर दोहोर्याएर ऊ फेरि आउँदैनथ्यो ।

समयको गतिले उनलाई शहरको प्रचलित नगरबधू बनाइसकेको थियो । प्रहरीको चिसो कुना उनको लागि सामान्य भैसकेको थियो । सडकमा उनी स्वतन्त्र हिँड्न सक्दैनथिन् । नाम-उपनामले चिन्नेहरु खिज्याउने जिस्काउने गर्थे । त्यसले गर्दा उनको मौजुदा मूल्य पनि घट्न पुग्थ्यो । एकदिन घरबेटी आमासित उनले हिसाब मागिन् परिणाममा मनमुटाब हातलाग्यो । उनी छुट्टै को ा लिएर बस्न थालिन् । आफूजस्तै नगरबधुसित सम्पर्क बढाई उनी स्वयं धन्धा चलाउन
थालिन् । नाम चलेका पत्रकार नेता समाजका ेकेदार भनाउँदाहरु मुख कालो गर्न आउने गर्दथे । अँध्यारो को ाभित्र नाङ्गिएका कैयौं नकाबहरु उनको आँखामा छन् । गोप्य राख्नुपर्ने सामाजिक नियम उनले इमान्दारीसाथ निभाएकी थिइन् । त्यतिमात्र नभै सत्य सेवा सुरक्षणमका ेकेदारहरुको लागि निःशुल्क सेवा गर्दागर्दै एकदिन अपरिचित 'सत्य सेवा' को चङ्गुलमा फस्न पुगिन् । निशुल्क सेवाको बावजुद अतिरिक्त नजरानाको आपूर्तिमा कमी भएकोमा सदरखोर पुगिन् रोजी । उनले सैयौं आश्वासन दिने र महारानी भन्नेहरु कसैको पनि सहयोग पाइनन् । रोजीलाई यस पटक जिउ बेच्ने मास्ने मुद्दामा सात बर्षको लागि सदरखोरमा राख्ने निर्णय दियो अदालतले ।

उनको जीवनमा न त कुनै दिन माइतिघर अनि तीज आयो न त भाइटीका । घरबेटी आमासँगै मनाएको दशैंको उनलाई याद छ । घरबेटी आमाको जेलभन्दा कडा नियमभित्र बाँधिएकी थिइन् उनी कसैसित मनको बह व्यथा पोख्ने मौकासमेत मिल्दैनथ्यो उसलाई ।

सदरखोरमै थाहा भयो उनलाई असाध्य रोगले गाँजिसकेछ । उनले बुझिन् उनको जीवन नर्कमय भैसक्यो । उनी जिउँदै मरिसकि छन् । उनका सपना सिसाझैं टुक्राटुक्रा भैसके छन् । सदरखोरबाट निस्किएर सीधै गाउँ जाने योजना बनाएकी रोजीको इच्छा पनि पूरा भएन । उनले सम्झना भएसम्मका आफन्तको पत्ता लगाउन नखोजेकी होइन्- कोही मुगलान पसेका कोहीले चिन्नसमेत अस्वीकार गरेका खबर उनले पाइन् ।

अब केही समयमात्र बाँकी छ उनको सदर खोरभित्र बस्न पाउने अधिकार । कहाँ जाने कसरी बाँच्ने- त्यही कुरा मात्र आइराखेको छ रोजीको मनमा । खोरबाट निस्कने दिन नजिकिँदै गर्दा खुशी हुनेहरुलाई देखेर आफूले आफैंलाई टोक्दछिन् रोजी- थुक्क जिन्दगी ! उनलाई थाहा छ- न कोही लिन आउँछन् सदर खोरको ढोकामा न त कोही खुशी हुन्छन् उनको रिहाइमा ।

त्यही चिसो कुना त्यही सुरक्षा गार्डको खरो आवाज प्यारो भैसकेको छ उनलाई । त्यहाँ कोही छैन तैपनि त्यै ाउँमा जीवन विसर्जन गर्न पाए आनन्द मान्ने मानसिकतामा पुगेकी छन् रोजी । त्यस्तै सोच्दासोच्दै आँखाबाट तुरुक्क आँशु झर्यो । उनलाई पुछ्न पनि मन लागेको छैन । बगोस् सबै बगोस् फेरि फेरि रुनु त पर्नेछैन । रोए पनि कसैले बुझ्ने छैन आँशु विनाको रुवाइ………॥ यस्तो उनको दैनिकी नै हो । एकान्त को ामा एउटै साथी आँशु मात्रै त छ । अशक्त शरीर विरक्तिएको मनले चाहोस् पनि के गम्छाले ओ को कलेटी मेट्न खोज्दछिन् त्यहाँ त धेरै छिद्रहरु बनिसकेका छन्……।खटखट……।टिङटिङ……ढोका खुल्दछ ………सदरखोरको सिपाहीले 'पोको-पन्तरो बोकेर घर जान निस्क' भन्ने आदेश दिन्छ । रोजी आदेश सुनेको नसुन्यै गरी घोप्टो परेर धेरै बेर रोइ रहन्छिन् । सिपाहीले तानेर उनलाई ढोकाबाहिर पुर्याउँछ ।

भोलिपल्ट सबै समाचारपत्रमा फोटो छापिन्छ रोजीको । लाशको फोटो । शीर्षक प्रायः एकै खालको हुन्छ- बेवारिसे लास पशुपति जङ्गल छेउमा ।

Shekhar1962@gmail.com


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |