हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

अमिलो अंगुर

शुषमा मानन्धर, (कुमारीपाटी, ललितपुर)

किन हो किन रत्नमायालाई आज विहानदेखि अंगुर खान मन लागेको थियो । यो जाडोमा अंगुर मात्र हैन उसले कुनै पनि फलफुल मुखमा राखेकी नै थिइन । अक्सर सिजन अनुसारको फलफुलहरु उसले किनेर ल्याइरहेकी नै हुन्थी । आफन्तहरुले पनि यसो भेटघाटमा आउँदा औपचारिकतावश केही न केही ल्याएकै हुन्थे तर अंगुर भने यसपालि कसैले ल्याएका थिएनन् । त्यहिमाथि उसले संधै किन्ने फलफुलको पसल पनि विगत केही दिनदेखि बन्द थियो ।
त्यसैले आज मन्दिरबाट फर्कंदा बाटोमा साइकलमा राखी फलफुल बेच्न बसेको मधेसीसंग उसले अंगुरको लागि निकै मोलभाउ गरी । किलोको सत्तरी भन्दा घटाउनै मानेन । त्यो ाउँमा बेचिरहने मान्छे अर्को नभएर हो कि कुन्नि उसले रत्नमायाको कुरै सुन्न चाहेन । किलोको सा िमा दिनु भनी ढिपी पनि गरेकी हो । "त्यति त हाम्रै परेको छ साहुनी" भन्दै मधेसीले टेरपुच्छर लाएन । एक पाउमात्र लिने भए त झन पन्ध्र नै पर्ने भन्दै थियो । बाह्रमा दिए आधा किलो लिन्छु भन्दा पनि भाउ घटाउन मधेसी टसमस नभएको हुँदा "त्यसो भए आफै खानू" भन्दै रीसाउँदै फत्फताउंदै उसले रहर लाग्दा पोटिला अंगुरका दानाहरु चुक चुक गर्दै छोडेर आई ।

उसलाई त्यो अंगुर खुबै लोभ लागेको थियो । बेदाना र रसिला गुलिया अंगुर उसलाई निकै मन पनि पर्थ्यो । उसले घर आएर सोची पन्ध्रै रुपियांमा भए पनि बरु एक पाउ अंगुर किन्नु पर्थ्यो । अंगुरको तलतल आज त विछट्टै भएको थियो । यो सकसक निकैै बढेकोले उसले श्रीमानलाई अंगुर किन्न बाहिर जान अनुरोध गरी ।

को ामा बसी टि.भी. मा हिन्दी फिल्म हेर्दै गरेका उसका श्रीमान बेखामान "म्हाँ गन पिहाँ वनेगु !" भन्दै बाहिर जान चाहेनन् । पुरानो फिल्म भनेपछि साहै क्रेजी उनी,  हेर्ने लोभ उनी छोड्नै सक्दैनन् । आफ्नो श्रीमानको फिल्मी मोह देखेर रत्नमाया फिस्स हाँसी "हरे ! लोग्नेमान्छे भएर पनि …। ।" उसले त राती धन्दा सकेर एकछिन यसो सिरियल हेर्ने हो । त्यो पनि पुरा कहिल्यै हेर्न सक्दिन निद्राले छोपीहाल्थ्यो । बेखामान डेग नचल्ने भएपछि उसले आफै किन्न जानु पर्ला भनी झ्यालबाट हेर्दा अंगुर बेच्ने मधेसी हिँडिसकेको थियो । पछि घरको काम धन्दामा यताउता अल्मलिएर उसले विहानको कुरा बिर्सी पनि ।

हप्तामा आउने एक दिन विदामा पनि उसलाई फुस्रद हुँदैन । शनिवार झन त्यो काम यो काम … पाहुना पासा… नुहाइ धुवाइ र सरसफाइ गर्नै पर्यो झन बढी थकाइ लाग्ने ।

खाना खाएर लुगा धुन भनी ऊ कपडाको ूलो रास लिएर तल चोकमा ओर्ल्हि । पछिल्लो हप्ता धुन नपाएकीले थुप्रिएका लुगाहरु उसले एक्लैले धुने आँट गर्न सकिन । अलि बढी काम गर्यो कि उसको आंग करकर दुख्ने गर्छ अनि रातभर सुत्न सक्दिन । झन यो पत्थरीको अपरेशन गरेदेखि त ढाड दुख्ने रोगले जरै गाडेको छ । त्यसैले उसले आज पनि छिमेकी कान्छीलाई डाकेर संगै लुगा धुन थाली । घरमा अघिपछि पनि अलि बढी काम भएको बेला ऊ कान्छीलाई डाक्ने गर्थी । काम गरिदिए वापत खाजा ख्वाउने र केही पैसा पनि दिने गरेकीले कान्छीले बोलाउँदा "नाई" भन्दिन ।

"बुझ्यौ कान्छी म त निहुरीएर कामै गर्न सक्दिन ढाडै भाँच्चीएला जस्तो हुन्छ ।"  रत्नमायाले कपडामा साबुन घोट्दै भनी ।

"आ ! दिदीले पनि के कुरा गर्नु भएको हेर्दा त्यस्तो मोटोघाटो देखिनु हुन्छ ।" कान्छीले पत्याइन ।

"मोटो भनेर हुन्छ र ?  म त ूलो र गाह्रो काम गर्ने आँटै गर्न सक्दिन । झन अपरेशन पछि त… कुरै नगर । सधैं तागतिलो चिज खान पाए पो हुन्छ । तिम्रो भिनाजुको तलब उही हो । उसमाथि अहिले फलफुलको भाउ काँ छुन सकिन्छ र ?" उसलाई आज विहानको अंगुरको सम्झना भयो ।

"व ला खः ! " कान्छीले मुन्टो हल्लाउँदै सकारी ।

"ल कान्छी अलि छिटो छिटो गर । घाम जाला फेरि । एकछिन भएपनि आंग तताउनु पर्छ । बाह्र नाध्न पा' छैन हावा चली सक्यो हेर त ।" घामका किरण छेलिएका बादल हेदै रत्नमायाले भनी ।
 
दुबै जना मिलेर छिटोछिटो लुगा धुन सकाए उनीहरुले । कान्छीलाई लुगा कौसीमा ल्याउन अह्राइ ऊ भान्छामा लागी । उसले खाजा तयार गरिसक्दा लुगा पनि सुकाउन सकियो । कान्छीलाई खाजा राखीदिई उसले । अनि सुस्ताउन घाममा बसेकी मात्र के थिई को ामा सुताएको छोरा रोएको सुनेर ऊ दौडंदै को ामा आई । बेखामान छोरालाई फकाउँदै थिए । " य पुता ! भोक लाग्यो ?" उसले छोराको गालामा च्वाक्क म्वांई खाई अनि छोरालाई बोकी श्रीमान अगि लाएर ऊ पनि माथि खाजा खान जान भरेङ चढी । त्यहि बेला तल कलबेल बज्यो । झ्यालबाट हेरी । उसका टाढाको साइनो पर्ने नन्द र ज्वाई रहेछन् अलि बढी नाटीकुटी गर्नु पर्ने ।

"ए नानी पो ! माथि आउनु नी ढोका खुल्लै छ ।" शनिवार भनेर उसले कपालसम्म पनि कोरेकी थिइन । सांच्ची भन्ने हो भने कुनै बेला त विदाको दिन ऐनासम्म पनि हेरिँदैन । उसले हत्तपत्त नमिलेको कपाल सम्याई । "विदाको दिन झन कपाल कोर्ने फुर्सद सम्म पनि हुँदैन भने हेर्नुस न ।" उसले नन्दले गिज्याउली भनेर पहिल्यै भूमिका बाँधेर ीक्क पारी । "सबैको त्यस्तै हो भाउजू । आज यता नेपाली फिल्म हेर्न आएका । बेला भै नसकेकोले भाउज्यूकहाँ पसेको, नआएको पनि त धेरै भैसकॆथ्यो । अनि संचै त हुनु हुन्छ हैन ?"

"खै के संचै भन्नु । ढाड दुख्छ । बुढेसकाल लाग्यो जस्तो छ ।"  उसले बेखामानतिर पुलुक्क हेरी । "अँ भाउज्यू पनि । हामी त धेरै बेर बस्न भ्याउँदैनौ है भाउज्यू हिँडिहाल्छौं । फेरि फिल्म छुट्ला हाम्रो ।"  नन्दले खित्का छाडी ।

"कहिले काहिँ मात्र आउने त्यो पनि यस्तो हतार । एकैछिन भए पनि बसौं आउनुस् न ।" उसले सोफा माथि थन्कयाइएका लुगाहरु हटाउँदै भनी । नन्दले हातमा बोकेका दुइ तीनबटा प्लाष्टिकका झोला झ्यालमा अडाइ र पर्सबाट एउटा क्याडबरी चकलेट निकालेर रत्नमायाको छोराको हातमा राखीदिदै भनी "कस्तो हिसी परेको यो वावु । "

"आ ! किन चकलेट ल्याइदिनु पर्यो, चाहिने हो र ? बच्चाको बानी बिग्रिहाल्छ नि ।" उसले औपचारिकता निभाई ।

नन्दले ल्याएका प्लाष्टिकका पारदर्शि झोलाभरि स्याउ सुन्तला र अंगुर खाँदिएका थिए उसको मुख रसायो । अघिसम्म बिर्सिएको अंगुरको तिर्सना फेरि जाग्यो उसमा । आज चैं अगुर खान पाइने भो दँग परी ऊ ।

"बस्दै गुर्न है ।" ऊ खाजा ल्याउन भान्छातिर लागी । ढाड भसक्कै दुखेको थियो तैपनि छिटो छिटो छ्वयला साँधी उसले । "केही बनाउन भ्याइन है मैले त ।" नन्द ज्वाइको सामु चिया खाजा राखिदिँदै उसले भनी ।

"ओहो भाउज्यू किन दुःख गर्नु भयो चिया मात्र बनाउनु भएको भए पनि त पुगिहाल्थ्यो ।"  नन्दले रिकापी तान्दै भनी । ऊ हाँसी मात्र । उसको आँखा अगाडि अंगुरको झुप्पा आइरह्यो । खाजा खाई सकेर ढिला भयो भनी नन्द ज्वाइंले बिदा मागे ।

 " आउँदै गर्नु न है । " उसले पनि जु ा कप रिकापीहरु सोहोरी भान्छामा पुर्याई । तल ओर्लंदा उनीहरु गैसकेका थिए । रत्नमायाले आफूहरुले पनि खाजा खाइसकेर कुचो लिई को ा चटक्क बढारी । तर अघि झ्यालमा अड्याइएको फलफूलको पोका उसले देखिन । दराज मुन्तिर माथि टि.भी. निर टेबुलमा सबैतिर खोजी, तर अंगुर भेटिएन । श्रीमानले पो कतैतिर राखिदिए कि भनी उसले बेखामानसंग सोधी पनि " हैन अघि नानीले ल्याउनु भएको अंगुर कहाँ राख्नु भयो ?"

" के कुरा गरेकी म के जानुँ उसले ल्याएकी अंगुर उसैले लगी नि ।"  बेखामान हांसे । श्रीमान हांसेको पनि मन परेन । उसलाई साह्रै नरमाइलो लाग्यो । नन्दले कोसेली ल्याइदिएकी भन्ने सोचेकी थिइ उसले तर त्यो त शायद उनीहरुले आफैलाई किनेका रहेछन् । बिहान देखिको अंगुरको तलतल र अहिलेको खिस्रिक्कपनाले उसको मन कुँडियो । उसले मनमनै सोची देख्दा पनि हरियो र सानो सानो गेडा भएको त्यो झुप्पाका अंगुर पक्कै पनि अमिलो थियो । िकै भयो नन्दले नछाडेकी ।

अस्तु ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |